मेरिल्याण्डमा भटभटे चोर्ने चोरको गाडीमा ठोकिएर मृत्यु

इनेप्लिज २०७४ जेठ २२ गते १:३० मा प्रकाशित

मेरिल्याण्ड प्रहरी अधिकारीका अनुसार चोरी गरिएको भटभटे चालकको सानो सवारी साधनमा ठोकिएर मृत्यु भएको जनाएको छ l गत शनिबार ३ तारिखका दिन मेरिल्याण्ड राज्य प्रहरीका अनुसार अपर मार्लबोरो भने ठाउँमा घटना हुँदा चोरको मृत्यु भएको हो l

प्रारम्भिक चरणको जाच पड्ताल अनुसार दुर्घटना हुनु अगाडी मेरिल्याण्ड को दक्षिण तर्फ जाने २०२ सडकमा जव निसान गाडी देब्रे तर्फ मोड्ने क्रममा भटभटे ठोकिन गई चोरको मृत्यु भएको जनाएको छ l

प्रहरी का अनुसार ति ३६ बर्षिय मृतक को परिचय माइकल आर डेविस नाम पहिचान भएको छ भने उनि डिसी निवासी रहेको तथ्य खुलेको छ l उनले त्यो भटभटे होवार्ड काउन्टी बाट चोरी भएको सुचिमा परेता पनि उक्त भटभटे भने भर्जिनिया बाट चोरिएको जनाईएको छ l

निजि सवारी साधन निसान मा बस्ने सवै ४ सवारी यात्रीहरु किशोरहरु भएको र एक मात्र लाई सामान्य चोट लागेको प्रहरीले बताएको समाचार एनबिसी४ ए लेखेको छ l

प्रतिक्रिया