अमेरिकामा तुलसी दिवस द्वारा स्रष्टा शिखर दुलाल काे पुस्तक लाेकार्पण कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ जेठ २१ गते २३:२६ मा प्रकाशित

आज जुन ४ २०१७ तथा जेष्ठ २१ गते २०७४ मा नर्थक्याराेलाइना साहित्य समाजले स्थानीय सस्था हरु नर्थक्याराेलाइना नेपाली समाज र नेपारिदम सास्कृतिक परिवार संग संयुक्त रुपले साहित्य र संस्कृति का धनी तुलसी दिवस लाई अभिनन्दन गर्यो l

विहान ९ बजे देखि सुरु भएकाे उक्त कार्यक्रम २ चरणमा सम्पन्न भएकाे थियाे l पहिलाे चरणमा कवि दिवसलाई सम्मान गरिएकाे थियाे भने दाेस्राे चरणमा स्थानिय स्रस्टा कवि शिखर दुलाल काे तेस्राे कृति “यात्रा अविरल ” नामक पुस्तक काे लाकार्पण कार्यक्रम सम्पन्न गरिएकाे थियाे l लाेकार्पणकै क्रममा कार्यक्रमका प्रमुख अतिथी तुलसी दिवस ले कवि शिखर दुलाल लाई बधाई दिदै नेपाली साहित्य लाई विदेश मा पनि यसरी विकास गर्दै लैजानु पर्छ l शिखर दुलाल ले गर्नु भएकाे याे कदमकाे सर्हाना गर्दै भविष्यमा अझै लेख्दै जानका लागि शुभकामना दिनु भएकाे थियाे l

दुलाल का कविता ले विदेश वाट राष्ट्र काे प्रतिनिधित्व गर्न अधि बढि सकेकाे छ यसलाई अझ निरन्तराता पाआेस भन्ने कुरामा कवि दिवस विस्वसत हुनुहुन्छ l दुलाल मात्रै हाेईन भाेलि अरु कलमहरु पनि यसरी नै अगाडि बढिरहाेस भन्ने सुभकामना समेत दिनु भएकाे थियाे l कार्यक्रम का विसेष अतिथि वसन्त श्रेष्ठले पनि कवि दुलाल लाई बधाई दिदै नेपाली साहित्य लाई हामी सवै मिलेर विकास र सम्बर्धन गर्दै जानुपर्ने कुरामा जाेड दिनु भयाे l

वहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाका अध्यक्ष हुनुहुन्छ l लाेकार्पण का क्रममा कवि दुलाल काे ब्यक्तिगत परिचय दिदै स्थानिय अभिभावक इश्वर देवकाेटाले कवि दुलाल का कविता दिनहु जसाे आउछन आउदा आउदै कुनै न कुनै रुपले देशकाे समाचार दिई रहेकाे हुन्छ l

हाम्राे आफ्नाे माटाे संस्कृति समझाई रहेकाे हुन्छ भन्दै कविलाई बधाई दिनु भयाे l त्यसै गरि कविकाे पुस्तक का बारेमा राम्रा र नराम्रा दुवै पक्षलाइ केलाउदै स्थानिय साहित्यकार विक्रम गाैतमले कवि सिखर दुलाल हामी संग जस्ताे बाेल्छन त्यस्तै सरल लेख्छन भन्दै वहाँ लाई लेखन मा हताराे नगरीहाल्न सुझाव दिनु भएकाे थियाे l यसरी कवि दुलाल कैले काबुल काे बीभत्स बम आक्रमण मा पुग्छन त कैले बारपाक त कैले ९११ काे घटना मा l कैले विदेसकाे दसै सधै अपुराे भाे भन्छन त कैले माता तिर्थकी आमा सम्झिन्छन उनका कवितामा भन्दै कवि दुलालका “यात्रा अविरल ” काे समीक्षा स्थानिय समालोचक बिक्रम गाैतमले गर्नु भएकाे थियाे l

समाराेहमा कवि दुलाल का कविता हरु काे वाचन गर्ने क्रममा स्थानिय साहित्यकार ऋषि वस्ताकाेटीले यसरी नै लेख्दै गएमा कवि शिखर दुलाल बास्तबमै शिखर बनेर चुलिन सक्ने कुरामा दुईमत हुनसक्दैन भन्दै भुकम्प काे पीडा द्वारा ग्रसित परदेशी ले पाेखेकाे भावात्मक कवि सिखर दुलालकाे ” आमा मलाई माफ गरीदेउ ” भन्ने कविता सुनाएर सबैलाई स्तब्ध पारिदिनु भएकाे थियाे l

यसैगरी कवयित्री सुजाता ढुङ्गेल ले ” जन्मायाै आमा हुर्कायाै बाबा ” भन्ने गित लाई कविताकाे सारमा वाचन गर्नु भएकाे थियाे l कविता बाचन कै क्रंममा ” बारपाक काे पीडा” शिर्षक काे कविता पढ्दै स्थानीय साहित्यकार शिशिर खनालले भुकम्प काे बेला घरविहिन बारपाक वासिहरुले हिमपात हुदा भाेग्दाकाे पीडा बाेध भएकाे कविता सुनाउनु भएकाे थियाे l

कार्यक्रम काे पहिलाे चरण सहभागिहरुलाई स्थानिय साहित्य प्रेमी सुजाता ढुङ्गेल काे स्वागत मन्तब्यवाट सुरु भएकाे थियाे l कार्यक्रममा कवि दिवस का बारेमा संक्षिप्त परिचय दिदै स्थानीय कवियत्री नम्रता गुरागाँई कवि दिवस का २ कविता पनि सुनाउनु भएकाे थियाे l

कवि वसन्त श्रेष्ठले कवि दिवस का बारेमा आफूले जतिसुकै परिचय दिएपनि नपुग्ने भन्दै कवि दिवस एक प्रखर ब्यक्तित्व हुनुहुन्छ वहाबाट हामी र राष्ट्र अन्तर्राष्ट्रिय ले नै सिक्नुपर्ने कुरामा जाेड दिनु भएकाे थियाे l कार्यक्रममा दिवस लाई वहाले गर्नु भएकाे साहित्यीक याेगदान काे कदर गर्दै तिनै सस्था का अध्यक्ष हरुले सम्मानपत्र प्रदान गर्नु भएकाे थियाे l

प्रमुख अतिथि र विषेश अतिथी द्वयलाई संस्थाका अध्यक्ष मनाेज प्रधानले मायाकाे चिनाे प्रदान गर्नु भएकाे थियाे l कार्यक्रम मा कवयत्री निरा सर्मा लगायतका स्थानिय कविहरुले आ आफ्ना कविता सुनाउनु भएकाे थियाे l

कार्यक्रम का सभापति तथा नर्थक्याराेलाइना नेपाली साहित्य समाजका अध्यक्ष मनाेज प्रधानले कवि सिखर दुलाल लाई बधाई दिदै सम्पूर्ण उपस्थित पाहुना हरु विशेषगरी कवि तुलसी दिवस लाई धन्यवाद दिदै कार्यक्रम समाप्ति काे घाेषणा गर्नु भएकाे थियाे !l कार्यक्रम काे प्रथम चरण बिक्रम गाैतम र दाेस्राे चरण नम्रता गुरागाँईले गर्नु भएकाे थियाे l

प्रतिक्रिया