हाल क्यानडाको टोरन्टो निवासी उत्तम कुमार मकाजुको प्रयासमा भक्तपुरको शान्ती निकेतन माबीमा साईबर अपराध र सुरक्षा सम्बन्धी करिब १३० बिधार्थीहरुलाई ७०औं प्रयोगात्मक तालिम

इनेप्लिज २०७४ जेठ २० गते ३:२९ मा प्रकाशित

बिष्णु प्रिया रिजाल (डिसीनेपाल डटकम, काठमाण्डौ, जुन ०२, २०१७) – भक्तपुरमा जन्मनु भएका र हाल क्यानडा निबासी समाजसेवी उत्तम कुमार मकाजुको प्रयास र प्रायोजकमा भक्तपुरमा स्थित शान्ती निकेतन माबिमा साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा करिब १३० बिधार्थीएहरुलाई २ समुहमा बिभाजित गरि ८ घण्टे लामो प्रयोगात्मक प्रशिक्षण सम्पन्न भयो।

विद्यायलयका बिधार्थीहरुलाई साईबर प्रशिक्षक पुल्चोक क्याम्पसका प्रोफेसर कुमार पुडासैनी, साईबर सुरक्षा काठमाण्डौकी ब्यबस्थापक मनिशा रानाभाट द्वारा प्रयोगात्मक तालिम दिईएको थियो । कार्यक्रमको सुरुवातमा प्रायोजक उत्तम कुमार मकाजुको बाल्यकालीन अवस्थाको बारेमा बिजय प्रजापती द्वारा बिधार्थीहरुलाई जानकारी दिनुको साथै प्रायोजक मकाजुले क्यानडाबाट पठाउनु भएको सन्देश भिडियो बाट सुरु गरिएको थियो । बाल्यकालमा श्री उत्तम कुमार मकाजु यहि स्कुलमा पढनु भएको थियो ।
फेसबुक, कम्प्युटर, ईन्टरनेट, फोन र वाईफाईलाई सुरक्षित तरिकाले कसरि चलाउने र साईबर अपराधबाट हुने घटनाबाट आँफु कसरि बच्ने भन्ने बिषयमा केन्द्रित रहेको कार्यक्रम दिईएको थियो ।

आँफुले अध्ययन गरेको स्कुलका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने लक्ष्मण चापागाईंलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ ।

अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने [email protected] मा संर्पक गर्न सक्नु हुनेछ ।

 

प्रतिक्रिया