मैले अमेरिका आउदा देशको एक मुठी माटो बोकेर ल्याउने मौका पाए ? तपाईले ?

इनेप्लिज २०७४ जेठ १७ गते २३:२२ मा प्रकाशित

तिमीलाई दुविधा भयो भने हत्केलामा नेपालको एक मुठी माटो उचालेर सोध उसले जे भन्छ त्यही तिम्रो अन्तरात्माको आवाज हुन्छ ।’ लेखक तथा साहित्यकार स्व जगदीश घिमिरेले बीपी कोइरालासँग एक वार्ता शिर्षक नामक कवितामा लेखेका छन् l यस्ले मलाई पनि छोयो र पढ्नेलाई छोएको हुनु पर्छ l

यो पंक्तिकार अमेरिका आएको बर्ष समेत जोड्ने हो भने एक दशक भएछ l अझ पनि मन भुरुंग भै रहन्छ l स्वदेशको मायाले त्यति नै सताई रहन्छ l अमेरिका उड्नु अगाडी नै जन्मभूमिको यादले तड्पाउने छ भन्ने पूर्व अनुमान नगरिएको पनि हैन l अमेरिकाले बिस्तारै आफुलाई भसाउदै छ र क्रम बढ्दो छ l कर्मभूमिले मोहनी लगाएको लगायै छ l कर्मभूमि र मातृभूमिको सम्झना ,भोगाई र भावना छातीमा लिएर जीवन चलि रहेको छ l

यसरी अमेरिका सपरिवार उड्ने भए पछि ३ वटा ऐतिहासिक काम गर्न मन लाग्यो l सम्भवत यस्तो अरुले गरेका छन् या छैनन् ,थाहा भएन l मुग्लानमा पनि मातृभूमिको यादमा सदैब डुबी रहिन्छ भन्ने सोचेर पहिलो काम अमेरिका छोड्नु अघि बिराटनगरमा अवस्थित आफ्नो घरको माटोलाई हत्केलामा उठाएर हेरे l

यति अवधि सम्म मेरो भाग्यमा लेखेको रहेछ , हे नेपाल आमा भन्दै श्रद्धा भक्तिको साथ हात जोडेर जमिनलाई ढोगे l त्यति मात्र गरिन ,अमेरिका आउनु अघि आफुले पाखुरी चलाएर बनाएको घरको एक मुठी माटो अमेरिका लिएर जाने निधो गरे l र ,माटो लिएर आएको छु l

यसै गरि अमेरिकाको धर्ति टेक्ने बित्तिकै लम्पसार परेर ढोगे l वाशिंगटन डिसीको डलस विमानस्थल बाहिर आए पछि गाडी चढ्नु अगाडी हे धर्तीमाता ! बिरानो ठाउँमा आएको छु मलाई रक्षा गर भने l मातृभूमि छोड्नु अघि नेपाल आमालाई पनि ढोगेको थिए र तिमिलाई पनि ढोगे भनि अन्तर आत्मा देखि बर्बराए l मेरा पाठक ,शुभ चिन्तकले यस्लाई कथा र काल्पनिक लेख कदापी ठान्नु हुने छैन भन्ने मैले विश्वास गरेको छु l

अमेरिकामा यस्ता कुराहरु लान नदिने हुनाले सुरक्षित गरि एउटा पोकामा हालेर ल्याउन सफल भए l अमेरिकामा आफ्नो घर किने पछि आफ्नो करेसा बारीमा नेपालको धर्तिको माटो मिसाएको छु l र अमेरिकन जमिन भित्र गाडेर अमेरिकन र नेपालको माटो मिश्रित गरि दिएको छु l जहिले आफुलाई सताउछ त्यहाँ गएर उभिन्छु र ढोग्ने गर्छु l

मानिसले अमेरिका आउदा अनेक चिज ल्याए पनि मातृभूमिलाई नभुलु भनेर एक दशक अगाडी माटो समेत ल्याएकोमा आफुलाई सन्तोष भएको छ l यसले मलाई हौशला दिन्छ l आनन्दको अनुभूति हुन्छ l थोरै भए पनि नेपाली माटो छ भन्ने सम्झन्छु l

अझ मात्री भुमिलाई नबिर्सने भनि २२ बर्ष देखि नेपाली समुदायका नेपाली मूलका कुनै पनि मानिस संग जहिले पनि नेपाली भाषामा मात्र कुरा गर्ने अभ्यास गरेको छु l अमेरिका आउने भए पछि उत्साह र उमंग आयो l शुन्य बाट जीवन सुरु गर्नु पर्ने ,चुनौती ,अप्ठ्यारा र भोग्नु पर्ने अनेकौ कुरा मनमा खेल्दा अमेरिका आउनु भन्दा अगाडी धेरैलाई हर्ष हुँदा हुदै पनि पिर बढ्छ र मानसिक तनाव बढ्दछ l बसाई कर्मभूमि तर मातृभूमिको सम्झनाले दिनरात सतायो भने मानिस घर न घाट को हुन्छ l न यता को हुन्छ न उता को हुन्छ l

अमेरिका आउनु भन्दा अगाडी र आए पछि यस्ता कुरा मनमा पटक्कै खेलाउनु हुदैन l अमेरिकामा खुट्टा टेके पछि मातृभूमि तथा परिवारको सम्झनाले सतायो भनि झोक्राउनु हुदैन l मष्टिश्क चल्दैन भन्ने दिमाग बाट हटाउनु पर्छ l हात खुट्टा लुलो पार्नु हुदैन l

यस्ता कुराहरु आफुले पनि भोगिने डरले नेपाल छोड्नु अघि धर्तिमा ढोगे र अमेरिकाको धर्तिलाई पनि ढोगे l यति मात्र गरिन नेपाल आमाको एक मुठी माटो पनि ल्याए l तपाई ले यस्तो गर्नु भएको छ त ?

प्रतिक्रिया