“मोना” ले गर्यो बाल्टिमोरमा पुर्ब राजदुत डा. शंकर शर्मालाई स्वागत

इनेप्लिज २०७४ जेठ १२ गते १०:५२ मा प्रकाशित

२६ मे २०१७ – अमेरिकाको लागि पूर्व नेपाली राजदुत डा. शंकर प्रसाद शर्मालाई बाल्टिमोर शहरमा भब्य स्वागत गरियो। अमेरिकाको चार बर्षे कार्यकाल पुरा गरी नेपाल फर्केका पूर्व राजदुत डा. शंकर शर्मालाई हिजो मे २५ तारिख बिहीबार साँझ बाल्टिमोरको व्हाईट मार्श स्थित पार्कर्स रेस्टुरेन्टको ब्यांगक्वेट हलमा रात्रिभोज आयोजना गरेर स्वागत गरियो।

नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महत, बिबिसी नेपाली सेवाका पत्रकार नारायण श्रेष्ठ,मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा. भिम कट्टेल, जोन्स हप्किन्स युनिभर्सिटीका प्राध्यापक डा. चक्र बुढाथोकी लगायत संघ, संस्थाका पदाधिकारीहरु कार्यक्रममा उपस्थित थिए।

नेपाल फर्के पछी अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, कृषी मन्त्रालय, बन मन्त्रालय, जलश्रोत मन्त्रालय लगायतका विभिन्न मन्त्रालयहरुको उच्च स्तरीय टास्क फ़ोर्शहरुमा रहेर मुलुकको बिकाशको लागी आवश्यक पर्ने निती निर्माणमा नेपाल सरकारलाई सल्लाह र परामर्श दिने काम गरिरहेका पूर्व राजदुत डा. शर्मा संग उपस्थित नेपालीहरुले जिज्ञाशा राखेका थिए l

बिदेशमा रहेका नेपालीहरुले नेपालमा संचालन गर्न सक्ने आयमुलक ब्यबसायहरु स्थापना गर्नको लागी नेपाल सरकारले दिन सक्ने भन्सार छुट, भ्याट कटौती कर छुट र सरकारले गरिदिने सब्सीडाईज लगायतका कानुनी ब्यबस्था बारेमा राजदुत डा. शंकर शर्मा संग नेपालीहरुले अन्तरक्रिया गरे।

कार्यक्रम आयोजक संस्था म्याग्दीबासीहरुको अन्तर्राष्ट्रिय संजाल म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) को नर्थ अमेरिका क्षेत्रीय उपाध्यक्ष मोहन थापाको स्वागत मन्तब्य पछी अन्तरक्रिया कार्यक्रम संचालन भएको थियो।

म्याग्दीबासी डा. महाबिर पुनको सक्रियतामा म्याग्दी जिल्लालाई पहिलो वाई फाई फ्री जिल्ला घोषणा गराउनको लागी मोना ले रु १,००,००,०००/= एक करोड नगद चन्दा संकलन गरिसकेको छ।

म्याग्दी जिल्ला ताकम धारापानी घर भई अमेरिकामा एक सफल युबा ब्यबसायी मोहन थापा संचालक रहेको रेस्टुरेन्ट, बार, ब्यांगक्वेट हल,३-४ सय दर्शक अट्ने सभा हल भएको पार्कर्सको स्पोंसरसिप (सौजन्यमा) मा उपस्थित ६२ जना लाई नि:शुल्क रात्रिभोज खुलाईएको थियो।

डा. शर्माका साथै श्रीमती कल्पना शर्मा र सुपुत्री डा. शिल्पा शर्मा पनी रात्रिभोजमा सहभागी थिए। “मोना” को युएस निर्देशक खेम भट्टचन र नर्थ अमेरिका क्षेत्रीय उपाध्यक्ष मोहन थापाको संयोजनमा पुर्ब राजदुत डा. शंकर शर्मासंग रात्रिभोज सहितको भेटघाट कार्यक्रम आयोजना भएको थियो।

अर्को हप्ता जुन २ तारिखमा डा. शंकर शर्मा संग हार्वर्ड बिश्वबिध्यालयले अन्तरक्रिया कार्यक्रम राखेको छ।

प्रतिक्रिया