शिकागोमा अमेरिकीहरुले नेपालको मुक्त कण्ठले प्रशंसा

इनेप्लिज २०७४ जेठ ९ गते २२:५४ मा प्रकाशित

अमेरिकाको नेपालीहरुको प्रतिष्ठित संस्था दि एसोसियसन अफ नेपलिज इन मिड वेस्ट अमेरिका (एन्मा)ले नेपाल पर्यटन बोर्ड संग को सहकार्यमा अमेरिकाको शिकागोमा एक भब्य कार्यक्रमको आयोजना गरेको छ l

उक्त नेपाली पर्यटन प्रवद्धन सम्बन्धी कार्यक्रममा अमेरिकी राजनितीज्ञ तथा कुटनितिज्ञ तथा बिबिध क्षेत्रमा सक्रिय रहेका अमेरिकनहरुले नेपालीहरु सहयोगी र मिलनसार भएको मुक्त कण्ठले प्रशंसा गर्दै नेपाल सुन्दर देश भएको समेत बताए l उनीहरुले भने एक पटक नेपाल पुगे पछि नेपालले मोहनी लगाउने हुनाले नेपाल जौ जौ लाग्ने बताए l

कार्यक्रममा अमेरिकी सांसदमा शिकागो क्षेत्रबाट प्रतिनिधीत्व गर्ने सांसद डान्यी डेभिस र ईलिनोईस राज्यका सेक्रेटरी अफ स्टेट जेस्सी ह्वाईटले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपालका लागि पुर्व अमेरिकी राजदुत स्कट डेलेसी लगायत नेपालको भ्रमण गरेका अमेरिकनहरुका साथै स्थानीय राजनीतिज्ञहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व एन्माका अध्यक्ष तथा पर्यटनदुत बाला घिमीरेले गरेका थिए l कार्यक्रममा नेपाल सम्बन्धि बिबिध प्रकारका नेपालको पर्यटन स्थलहरु तथा नेपाली नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

छायाचित्र सौजन्य : बाला घिमिरे/व्हाइट हिमाल टीवी 

प्रतिक्रिया