जेफर्सन ओबामा डिनर २०१७ मा नेपाली बिद्यार्थी प्रकृति देउजा लाई अमेरिकन राष्ट्रगान गाउन अर्को सुवर्ण अवसर

इनेप्लिज २०७४ जेठ ९ गते २२:१२ मा प्रकाशित

नेपाली मूलकी बिद्यार्थी प्रकृति देउजालाई नर्दन भर्जिनिया साउथ एसियन डेमोक्रेटिक पार्टीमा अमेरिकन राष्ट्रगान गाउन अर्को सुवर्ण अवसर प्राप्त भएको छ l उनलाई केहि दिन अगाडी मात्र वाशिंगटन डीसीका नगर प्रमुख म्युरिएल बाउजर ले बोलाई एउटा ठुलो मौका दिएकी थिइन् l डीसी क्षेत्रमा दिन प्रति दिन अमेरिकन राष्ट्रिय गान गाउन उनको चर्चा परिचर्चा भै रहेको छ l

गत मई २१ तारिख आईतबार जेफर्सन ओबामा डिनर २०१७ नामक कार्यक्रममा उनलाई दक्षिण एसियाली प्रजातान्त्रिक दल सयौ को संख्यामा रहेका बिद्यार्थी मध्ये उनलाई मौका मिलेको हो l डिसी नजदिक शेरा टन टाइसन होटलमा उक्त कार्यक्रममा बिदेशी तथा बिशेस अतिथिहरु बिच अमेरिकामा जन्मेकी देउजाले अमेरिकन राष्ट्रिय गान गाएकी हुन् l भर्जिनिया को सेन्टरभिलमा बसोबास गर्ने प्रकृति नेपाली समुदाय ,अमेरिकन समुदायको साथै अन्य समुदायमा स्वयम् सेवक रुपमा गएर राष्ट्रिय गान गाउने गर्छिन l

उक्त कार्यक्रममा सिनेटर टिम केन ,गोल स्टार (सुनौलो तारा )पिता खीजहर खान तथा भर्जिनियाका गभर्नर टेरी म्याक्ल्फ़ आदि रहेका थिए l उपस्थित सवैले नेपाली मूलकी अमेरिकामा जन्मेकी दोश्रो पुस्ता कि बिधार्थी प्रकृतिको प्रशंसा गरेका थिए l अत्यधिक प्रतिस्प्रद्धामा नेपालले अवसर पाउनु नै ठुलो मान्नु पर्दछ l

प्रतिक्रिया