जीवनका रंगहरु ( Colors of Life)-डा. दिपेन्द्र अर्याल एवम् सान्त्वना अधिकारी

इनेप्लिज २०७४ जेठ ८ गते १०:३३ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ नर्थ क्यरोलाइना राज्यमा बसोबास गर्नु हुने डा. दिपेन्द्र अर्याल एवम् सान्त्वना अधिकारी |

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१) जीवन (Life) के हो ?

समग्रमा भन्नु पर्दा जन्म र मृत्यु बिचको यात्रा नै जीवन हो | यो यात्रालाइ सुखद, समुन्नत, समृद्ध एवं सहयोगीमुलक बनाउन सक्नु सहीरुपमा जीवनको उपलब्धि हो|

२) खुशी (Happiness) के हो ?

मनको सन्तुष्टि नै ख़ुशी हो |

३) कर्तब्य (Responsibility) के हो ?

आफु, परिवार, समाज अनि देश प्रति को ज़िम्मेवारी नै कर्तव्य हो ।

४) सम्बन्ध (Relationship) के हो ?

एक अर्का प्रति को भरोसा, माया, विश्वाश अनि इमान्दारी को संगम नै सम्बन्ध हो |

५) आत्मीयता (Intimacy) के हो ?

हृदयदेखिको असिम विश्वासले गाँसिएको अटुट संबन्ध |

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता सुवास ढकाल :

प्रतिक्रिया