लुइभेल हिमालयन लायन्स क्लव लुइभेल, केन्टकीको प्रेस विज्ञप्ति

इनेप्लिज २०७४ जेठ ७ गते २:०७ मा प्रकाशित

मिति ः मे १९, २०१७
लुइभेल, केन्टकी । अमेरिकाको लुइभेल शहरमा वसोवास गर्दै आएका नेपाली समुदायले सामाजिक सेवा गर्ने उदेश्यले लुइभेल हिमालयन लायन्स क्लव गठन गरेका छन् । हेमन्त भेटवालको अध्यक्षतामा गठित लायन्स क्लवको हालै पदस्थापना कार्यक्रम सम्पन्न भयो । लायन्स क्लवका अन्तराष्ट्रिय निर्देशक सञ्जय खेतानको उपस्थिति रहेको पदस्थापना कार्यक्रममा लुइभेल इष्ट लायन्स क्लवका अध्यक्ष तथा डिष्ट्रिक्ट गभर्नर इलेक्ट डेभिड मुसले क्लवका पदाधिकारीहरुलाई पदस्थापना गराउनुभएको थियो । केन्टकी राज्यको लुइभेल तथा लेक्जिनटन शहरमा रहेका अन्य लायन्स क्लवमा आवद्ध अमेरिकी नागरिकहरुको समेत उल्लेख्य सहभागिता रहेको पदस्थापना कार्यक्रममा लायन्स क्लवका पूर्व अन्तराष्ट्रिय निर्देशक टम म्याट्नी समेत उपस्थित हुनु भएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै अन्तराष्ट्रिय निर्देशक खेतानले विदेशमा रहेका नेपालीहरुले सेवाको लागि लायन्स क्लव गठन गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहांले नेपालमा लायन्स क्लव मार्फत सेवाका कार्यहरु अत्यन्त प्रभावकारी रुपमा अगाडि वढेको वताउंदै काठमाडौ उपत्यकामा मात्रै ३ सय ५० भन्दा वढी लायन्स क्लव गठन भइसकेको जानकारी दिनुभयो । लायन्स क्लव सेवाको क्षेत्रमा सवैभन्दा ठुलो अन्तराष्ट्रिय संस्था भएको वताउंदै अन्तराष्ट्रिय निर्देशक खेतानले अहिलेसम्ममा क्लव २ सय मुलुकमा रहेको र ४६ हजार क्लव मार्फत १४ लाख भन्दा वढी सदस्यहरु आवद्ध भएको जानकारी दिनुभयो । नेपाली नागरिक नै अन्तराष्ट्रिय निर्देशक भएको समयमा नेपालीहरुले नेपाल वाहिर पनि लायन्स क्लव स्थापना गरेकोमा खुसी व्यक्त गर्दै उहांले अन्य नेपाली संघसंस्थाहरुले लायन्स क्लवलाई आफ्नो समानान्तर संस्थाको रुपमा नहेरेर यसलाई संसारसंग आफुलाई जोड्ने माध्यमको रुपमा हेर्नुपर्ने वताउनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै लुइभेल हिमालयन लायन्स क्लवका अध्यक्ष भेटवालले नेपालको स्वास्थ, शिक्षा र अन्य क्षेत्रमा सहयोग पु¥याउने उदेश्यले क्लव गठन गरिएको जानकारी दिनुभयो ।
अमेरिकी र नेपाली राष्ट्रिय गीत गाएर सुरु गरिएको पदस्थापना कार्यक्रममा नेपाली लोकनृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

हेमन्त भेटवाल
अध्यक्ष
लुइभेल हिमालयन लायन्स क्लव

प्रतिक्रिया