मानवीय सेवालाई आफ्नो जिवनको मुल कर्म ठान्ने गौरी जोशी -सुरेश कोईराला

इनेप्लिज २०७४ जेठ ६ गते १९:०२ मा प्रकाशित

टेक्सास को ड्यालस मा रहेका सामाजिक क्षेत्रका उज्जवल नक्षेत्र , सकारात्मक सोच ,सृजनशीलता सामाजिक भावना र मानवीय सेवालाई आफ्नो जिवनको मुल कर्म ठान्ने गौरी जोशी !!! एन आर एन अमेरिका को आगमी कार्यकाल को अध्यक्ष पदमा उम्मेद्वार घोषणा गरेका चर्चित व्यक्ति हुन !

अमेरिकामा यतिबेला गैरआवसीय नेपाली संघ एनआरएनको तेश्रो महाधिवेशन हुने तयारीमा छ । एनआरएन अमेरिकाको आगामी निर्बाचनका लागि अध्यक्षका गौरी जोशी चुनावी मैदानमा उत्रिएका छन । जतिपनि नेपालीहरु अमेरिकामा बसेका छन उनीहरुलाई सहयोग, सदभाव र एकतालाई कायम राख्ने प्रमुख एजेण्डा छ ।

को हुन गौरी उनी कसरी अमेरिका पुगे ?

नेपालको चितवनमा जन्मेका गौरी जोशी अध्ययनका क्रममा अमेरिका पुगेका हुन । उनी अमेरिकाको पुगेर आइटी अध्ययन गरेसैगै आइटी कम्पनी खालेर व्यवसायमा प्रवेश गरेका हुन । उनी व्यवसायीमात्र नभएर एक समाजसेवी पनि हुन । उनी उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेपछि त्यहा अध्ययन गर्दागर्दै उनी नेपाली समाज टेक्सासमा सदस्यका बन्न पुगे । सोही संस्था मार्फत उनले विभिन्न समाजिक गतिविधि सञ्चालन गरे फल स्वरुरुप उनी महासचिव हुदै संस्थाका अध्यक्ष समेत बन्न पुगे ।

उनको समाजिक कामको मूल्याकन गर्दै गौरीलाई त्यस संस्थाको सबै सदस्यहरुले अध्यक्ष बनाएका हुन । उनले टेक्सासमा यतिबेला आइटी कम्पनी मार्फत पनि विभिन्न नेपालीलाई रोजगारी दिएका छन । जसका कारण नेपालीले रोजगारी पाउन सफल समेत भएका छन । उनले विभिन्न सफटवेयरको निर्माण गरी सेल्स गर्ने गरेका छन ।

गौरी जोशीको समाजिक कार्य अमेरिकामा मात्र सिमीत उनले नेपालमा पनि विभिन्न क्षेत्रमा सामाजिक तथा व्यवसायिक रुपमा सहयोग गर्दै आएका छन । जोशीले विशेष गरेर नेपाल शिक्षा स्वास्थ्य तथा सास्कृतिको जगेर्नाका लालि सास्कृतिक केन्द्र तथा दुःखमा परेका विद्यार्थीहरुलाई विशेष सहयोग गर्दै आइरहेका छन ।

यसरी समाजिक क्षेत्रमा सेवा भावले लागि परेका गौरी जोशी अमेरिकाको आगामी हुने निर्वाचनमा अध्यक्षका उम्मेदवार बनेका छन । उनलाई अमेरिकामा रहेका गैरआवसीय नेपालीरुले तन मनबाटै सहयोग गर्नेमा आफु विश्वस्त रहेको उनको सोचाइ रहेको छ ।

यस्तो छ एनआरएन अमेरिकाको इतिहास

अमेरिकामा गैरआवसीय नेपाली संघ एनआरएनको स्थापना सन २००५ मा भएको हो । हाल अमेरिकामा लगभग २ लाख नेपाली एनआरएन रहेका छन । पहिलो निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी हुन । उनले नौ महिनाको कार्यकालमा ३ हजारबाट १० हजार सदस्य विस्तार गरेका थिए ।

सन २०१५ मा केशव पौडेल दोश्रो अध्यक्ष बनेका छन । उनले आफनो कार्यकालमा १० हजारबाट १७ हजार सदस्य विस्तार गरेका छन । अब २०१७ मा हुन लागेको तेश्रो निर्वाचनमा गौरी जोशी चुनावी मैदानमा उत्रिएका छन । उनले सदस्यता विस्तार तथा अमेरिकामा विभिन्न तरिकाबाट बसेका नेपालीलाई वैधानिकता दिन त्यहाको नियम अनुसार पहल गर्ने मुख्य एजेण्डाका साथ चुनावी मैदानमा उत्रिएका छन !

उनको उमेद्दवार लाई लिएर अमेरिका भित्र रहेका सामाजिक सग संस्था मा रहेका अभियन्ता लव्ध प्रतिष्ठित व्यक्ति हरू ले वढो चासो को रूपमा लिएको छन l

प्रतिक्रिया