एनआरएन एनसीसी युएसए को सदस्यता संबन्धी पछिल्लो अवस्थाप्रति मेरो ध्यानाकर्षण भएको छ!!!

इनेप्लिज २०७४ जेठ ६ गते ७:५० मा प्रकाशित

 

सम्पूर्ण अमेरिका निवासी  आदरणिय एनआरएन नेपाली दाजुभाई दिदीबहिनीहरुमा नमस्कार !

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को सदस्यता सम्बन्धी अहिले संचार माध्यमहरु र सामाजिक संजालमा व्यापक भाईरल भएका समाचारहरुको विडियोको एथार्थता प्रति म संस्थाको जिम्मेवारी उपाध्यक्ष पद र आगामी कार्यकाल २०१७-२०१९ को अध्यक्षको आकांक्षी समेत भएकोले मेरो ध्यानाकर्षण भएको जानकारी गराउदछु।

एनआरएनए अमेरिकाका आदरणिय अग्रज, समाजसेवी एवम सम्मानित व्यक्तित्वहरुले अमेरिका निवासी गैर आवासीय नेपालीहरुको हक अधिकार र समृद्ध मातृभूमिको साथ सहयोगी संस्थाको स्थापना गर्दै उहाँहरूको योगदानले यहाँसम्म आईपुगेको एउटा विशुद्ध गैर राजनैतिक, सम्मानित एवम गौरवशाली संस्थाको रुपमा एनआरएनएन अमेरिकाले आफ्ना निरन्तर अभियानहरु संचालन गर्दै रहेको यहाँहरूलाई सर्वविदित नै छ।

अहिले संस्थाले बिधिबत रुपमा इतिहासलाइ निरन्तरता दिन २०१७-२०१९ को कार्यकालको लागी नेतृत्व चयन गर्ने प्रकृयामा चलिरहेको अबस्था छ। यस चुनावी माहोलको अभियानमा म उपाध्याक्षको नाताले संघलाई निरन्तरता दिन आगामी कार्यकाल २०१७-२०१९ को अध्यक्षको उम्मेद्वारको रुपमा चुनावी मैदानमा छु।

हरेक व्यक्तिलाई आफ्नो कार्यकुशल र क्षमता देखाई अमेरिका निवासी गैर आवासीय नेपालीहरुको सेवा गर्ने, अमेरिकामा नेपालीहरुको प्रतिनीधित्व देखाउन र अन्य थप हक अधिकारको संरक्षण गर्ने उधेशय लिएर म अगाडि बढेकी हुँ।

सबैलाई दिने मौका एक पटक मात्र हुनुपर्दछ भन्ने मान्यतालाई अमल गर्दै  संघमा अग्रजलाई उचित सम्मान सहितको स्थान र नया नेतृत्वको विकास हुनु पर्दछ। संस्थाको मुल्य र मान्यताको आदर्श सबैले अनुशरण गर्नुपर्दछ। नेतृत्वको क्षमताको विकास, कार्यकुशलता र योजना तथा कार्यक्रमहरु जसले अमेरिकामा रहेका नेपाली डायस्पोरालाई उत्साहपूर्वक जोस जाँगरले गतिशील उर्जा प्रदान गरोस।

एनआरएनए अमेरिकालाई संचालन गर्ने कार्यबिधि, बिधान र आईसीसीबाट निर्देशित निर्देशनहरुलाई पूर्ण रुपमा पालन गरी संघको बार्षिक साधारण सभाले दिएको म्यान्डेट तथा संघको कार्य समितिको निर्णय अनुसार कार्यान्वयनमा ल्याउनु नेतृत्वको जिम्मेवारी र ईमान्दारी पुर्वक कर्तव्यनिष्ट हुन आउछ। तर संघको बिधि-बिधान, आईसीसीको नीति-निर्देशन, साधारण सभाको म्यान्डेट र निर्वाचन आचारसंहितालाई पालना नगर्नु, एकल रुपमा सिंङ्गो संस्थालाई गुम्राहमा राख्नु कहाँ सम्मको नैतिकता हो?

यो अबैधानिकता र संघ प्रति लाहाचारको पराकाष्ठ हो। संघको मेरुदण्ड पंजीकृत सदस्यताको छानबिनका बिषयमा दुइ/तीन पटक बैठकबाट सदस्स्यहरुको लिस्ट निर्वाचन आयोगलाइ सोही दिन बुझाउने निर्णय भैसक्दा पनि सो को कार्यन्वयन नगर्नुको पछाडी कुन खेल सुरु भएको छ ?  यो सत्य तथ्यको बारेमा मेरो ध्यानाकर्षण भएको छ। तुरुन्त निर्णयको कार्यन्वयन हुनुपर्यो।

रविना थापा
उपाध्यक्ष
तथा
आगामी कार्यकाल २०१७-२०१९ कार्यकालका लागि अध्यक्षकी प्रत्यासीको
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA)

प्रतिक्रिया