एसिएन सर्भिस अवार्ड टेक केसीलाई प्रदान

इनेप्लिज २०७४ जेठ ३ गते १:०९ मा प्रकाशित

मे १६ मा इलिइनोइज सेक्रेटरी अफ स्टेटका जेसी ह्वाइटद्वारा सिकागो डाउन टाउनमा एसियाका करिब बीसभन्दा बढी देशका समुदायका अगुवा समाजसेवीबीच आयोजित अवार्ड बितरण कार्यक्रममा ५०० भन्दा बढी एसिएन अमेरिकीहरूको उपस्थिति रहेको थियो । केसी सङ्गै एसियाका करिब २० जना अन्य समाजसेवीहरूले कम्युनिटी अवार्ड पाएका थिए । काउसिन्लले हरेक वर्ष आ–आफ्नो कम्युनिटीभित्र समाजसेवामा लागेका अगुवाहरूलाई दिने गर्दछ ।

यो काउन्सिलबाट नेपालीहरू शारदा थापा, बिष्णु फुयाल, बाला घिमिरे र सुवर्ण प्रधान तथा सिकागोल्यान्ड नेपाली फ्रेन्ड्शिप सोसाइटीका पूर्व सभापतिहरू खेम पाठक र गोपाल कंडेलले प्राप्त गरिसकेका छन् ।

अवार्ड सेरोमनी प्रोग्राममा नेपाली, कोरियन र भियतनामी कलाकारहरूबाट आ–आफ्ना देशको सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
ललिता पौडेल, बिष्णु दर्लामी र सिन्जु न्यौपानेले प्रस्तुत गरेको नाच निकै प्रभाबकारी रहेको थियो ।

प्रतिक्रिया