नेपाल हिन्दु राज्य हुनु पर्छ

इनेप्लिज २०७४ वैशाख ३१ गते ५:३३ मा प्रकाशित

भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिंह ८२ प्रतिसत जनता हिन्दु रहेको नेपाल हिन्दु राष्ट्र हुनु पर्ने तर्क गरेका छन् । उनीसँग ऋषि धमलाले गरेको कुराकानी

नेपालको राजनीतिक अवस्थालाई कसरी हेरिरहनु भएको छ ?

मैले नेपाललाई एक दमै नजिकबाट हेरिरहेको छु । तपाईलाई त थाहाँ नै छ , म बारम्बार नेपाल आउने गर्छु तर दिल्लीमा रहँदा पनि नेपाली मित्रहरुसँग भेटेर नेपालको राजनीतिक अवस्थाको विषयमा जानकारी लिई रहन्छु । त्यहाँ के भईरहेको छ भनेर । मैले बुझे अनुसार नेपालमा सत्ता केन्द्रीत राजनीति हावी छ । यसै कारणले गर्दा त्यहाँ अहिलेको जटिल राजनीतिक र सबैधानिक गतिरोध उत्पन्न भएको हो ।  दलहरुले राष्ट्र स्वार्थलाई सर्वोपरी राखेर मिलेर अघि बढ्नुको विकल्प छैन । नेपाललाई प्रचुर सम्भावना भएको मुलुक हो । यत्रो सम्भावना भएको मुलुक यसरी पछि पर्नु दुखद पक्ष हो । मलाई ब्यक्तिगत रुपमा भन्नु हुन्छ भने यस्तो सम्भावना बोकेको मुलुक यति लामो समय देखि राजनीतिक दलहरुको कारण अवरुद्ध हुँदा चिन्ता लागेको छ ।

कस्को नेतृत्वमा सहमतिको सरकार बनाउने ?

नेपालका कस्को नेतृत्वमा सहमति बनाउने भन्ने कुरा नेपाली जनता र नेपालका राजनीतिक दलहरुको हो । यसमा भारतको हस्तक्षेप कहिले पनि छैन र अब पनि हुँदैन । हामि नेपालले निकास पाएको हेर्न चाहन्छौ । यति बेलाको अवस्था हेर्दा नेपालका राजनीतिक दलहरुवीचको सहमतिमा मात्रै नेपालको निकास अन्र्तनीहीत छ । त्यसैले नेपालका दलहरुले छिटो सहमति गरेर निकास दिनु पर्छ ।

फेरि संविधानसभाको निर्वाचन गर्न दलहरुले सहमति गरिसकेका छन्, निर्वाचनले त नेपाललाई निकास देलानी त ?

मेरो विष्लेसणमा त्यस्तो कुनै सम्भावना छैन । मैले जसरी नेपाली नेता र नेपालको अहिलेको जटिलतालाई बुझेको छु । त्यसको आधारमामा म एउटा कुरा ठोकुवा गरेर भन्न सक्छु कि जतिपटक संविधानसभाको निर्वाचन  गरे पनि नेपालमा नयाँ संविधान बन्न सक्दैन ।
किन बन्न सक्दैन ?
संविधान बन्न त संविधानका सिद्धान्त मुल्या मान्यता लगायतका आधारहरु तय हुनु पर्यो नि । नेपालको संविधान निर्माणको क्रममा अहिलेसम्म त्यस्तो आधार बनेको मैले देखेकै छैन । अनि कसरी संविधान बन्छ त ।

त्यसो भए के गर्नु पर्छ ?

मैले पहिला पनि भने नेपालमा संविधान बन्ने आधारहरु निर्माण भई नसकेकोले फेरि संविधान सभाको निर्वाचन भए गरे पनि संविधान बन्न सक्दैन । पहिला संविधानका आधारभुत सिद्धान्तहरुमा सहमति गर्न सक्नु पर्छ । संविधान निर्माणका आधारहरु अहिले नै तय गरेर संविधानसभा पुनःस्थापना मार्फत संविधान जारी गरेर निर्वाचनमा जानु पर्छ । फेरि संविधानसभामा छलफल गरेर संविधान निर्माण सहज छैन । अहिले नै सहमति गरेर पुनःस्थापना मार्फत जारी गरेर निर्वाचनमा गयो भने नेपालले स्थिरता पाउन सक्छ । नभए फेरि पनि अप्ठ्यारो छ ।

तपाईहरु हिन्दु राज्यको बकालत गर्दै आउनु भएको छ, नेपाल पुन हिन्दु राज्य हुन सक्छ ?

किन हुन नसक्नु, जुन मुलुकमा ८२ प्रतिसत भन्दा बढी जनता हिन्दु धर्ममा आस्था राख्ने छन । त्यो मुलुक हिन्दु राज्य नभए के हुन्छ त ? नेपालको सम्भावना हिन्दु राज्य घोषणा मै छ ।  नेपालले हिन्दुत्वलाई अगाडि बढाउन नसके आफै अगाडि बढ्न सक्दैन ।

तपाई त्यसको लागि पहल गर्नु हुन्छ ?

मैले पहिला देखिनै भन्दै आएको हु । अहिले पनि भन्छु । नेपालको पहिचान हिन्दु राष्ट्रमै छ । त्यसैले नेपाल हिन्दु राष्ट्र हुनु पर्छ । म त्यसको लागि पहल गरिरहेको छु ।

अरु धर्मलाई स्वतन्त्रता दिनु पर्दैन र ?

तपाईलाई म स्पष्ट पार्न चाहन्छु, संसारमा कुनै पनि धर्म भन्दा पनि हिन्दु धर्मले मात्र धार्मिक स्वतन्त्रता दिन सक्छ । यो धर्ममा अरु धर्म जस्तो रिजिटनेस छैन । तपाई हेर्नुस मुस्लिम र क्रिश्चियन मुलुकमा अरु धर्म मान्ने मानिस डरले बाच्नु परेको छ तर नेपालमा कहिले अरु धर्मले पीडा पाएका छन् । मुस्लिम र क्रिश्चियन खुलेआम गतिविधी गरिरहेका छन् । यस्तो धार्मिक स्वतन्त्रता  हिन्दु भन्दा अरु धर्ममा हुनै सक्दैन ।

नेपालमा राज संस्था फर्कने सम्भावना छ त ?

नेपालमा राजसंस्था फर्किने वा नफर्किने कुरा गौण हो तर हिन्दु राष्ट्र हुनु पर्छ । नेपाल लोकतन्त्र तर्फ उन्मुख रहेकोले अब फेरि सक्रिय राजसंस्था फर्कन नसक्ने सम्भावना छैन तर दलहरुले चाहेमा बेलायत जस्तै सेरेमोनियल राजा भने फर्कन सक्छ । तर एउटा कुरा निश्चित छ, अब नेपालमा सक्रिय राज संस्था फर्किदैन ।

प्रतिक्रिया