स्थानिय निकायको निर्वाचन र बदलिँदो राजनीति “गोली भन्दा मतपेटिका बलवान हुन्छ।” – अब्राहम लिंकन

इनेप्लिज २०७४ वैशाख ३१ गते ३:०४ मा प्रकाशित

आज करिब २० वर्षपछि अब्राहम लिंकनको माथिको अमर उक्ति फेरी पनि सही साबित भएको छ। देशमा उथलपुथल ल्याउँछु भनेर माओको “वास्तविक शक्ति बन्दुकको नालबाट निस्कन्छ” भन्ने मन्त्र जपेर जंगल पसेका केही अवशरवादीहरुले जनताको यो नैसर्गिक अधिकार स्थानीय तहमा लामो समय सम्म हनन गरे पनि आँखिरमा सत्यको जीत भयो। एक जमानामा जनताको निर्वाचित स्थानीय सरकारको साटो आफ्नो “जन-सरकार” अनि स्थानीय न्यायपालिकाको साटो आफ्नो “कंगारू अदालत” प्रतिस्थापन गर्न खोज्ने माओवादी जस्ता “आफ्नो विचार लाद्न खोज्ने” अतिवादीहरुको आज ठूलो पराजय भएको छ। यो “ऐतिहासिक पाठ” सायद सबै खाले अतिवादी पार्टीले सिक्लान। अब, सायद यस्तो भूल कसैले नगर्लान। लोकतन्त्रको छातामा “निर्वाचनको” बाटो हुँदाहुँदै “हिंसाको” बाटो रोज्नु “जनमतको” तिरस्कार गर्नु हो। हिँसाबाट समाधान निस्कन सक्दैन अनि निर्वाचनको विकल्प छैन भन्ने कुरा सबै अतिवादी पार्टीहरुले बुझुन।

(१) लोकतन्त्र जरैदेखि बलियो
बैसाख ३१, २०७४ मा भैरहेको यो नेपालको करिब २० वर्षपछिको “स्थानिय निकायको निर्वाचन” वास्तबमै ऐतिहासिक छ। लोकतन्त्रलाई वास्तविक रूपमा बलियो बनाउन संसद वा संबिधान सभाको निर्वाचन भन्दा यो निर्वाचनले महत्वपूर्ण भूमिका खेल्छ। यो निर्वाचनले लोकतन्त्रलाई जरैदेखि बलियो बनाउनेछ। यो निर्वाचनले लोकतन्त्रको वास्तविक उपयोग जनतामाझ ल्याउनेछ। नेताबाट टिका लगाएका सात दलको सर्वदलिय समितिका “खाने पाटी” हरु मध्ये कतिको यो निर्वाचनमा उभिने हिम्मत नै छैन त कतिको लज्जाजनक पराजय हुनेछ। एक-दुइ जन नेतालाई रिझाएर गाउँको विकासको लागि आएको बजेट के-के समितिको नाममा खाने दिन अब गए। अब, जनताले चुनेका निर्वाचित व्यक्तिहरुको हातमा बजेट हुनेछ अनि राम्रो गरेमा अर्को चुनावमा पुरष्कृत र नराम्रो काम गरेमा दण्डित हुनेछन।

(२) विकासको रानजीति
नेपालको अबको रानजीति विकासको रानजीति हुनुपर्छ। खालि सामाजिक मुद्दाहरुमै अल्झिने हो भने हामी कहिले उभों लाग्ने छैनौं। हो,सामाजिक मुद्दाहरुको बहस र निराकरण हुनु पर्छ र यो एकै चोटी हुने कुरो पनि हैन। यो निरन्तरको प्रक्रिया हो जसरि समाज बदलिंदै जान्छ। अहिलेको माहौल देख्दा नेपालमा विकासको रानजीति सुरु भएको छ भन्नु पर्छ। जनताहरु २० वर्ष भन्दा अहिले धेरै सचेत भएका छन्। नयाँ पुस्ताको अधिकांश मत कसैको थर वा अनुहारमा भन्दा उसको “भीजन” र “काम”मा जानेछ। जातिय राजनीति वास्तबमा स्थानीय भन्दा पनि संसदीय राजनीति हो। जति संसदीय चुनावमा भिन्न भिन्न ठाउँका नचिनेका मान्छेहरुलाई साम्प्रदायिक/जातीय राजनीतिले फ़ुताउन सजिले हुन्छा एउतै गाउँमा मिलेर बसेका एक-अर्कालाई चिनेर बसेका मान्छेहरुलाई फुटाउना सजिलो हुन्न।

(३) नयाँ पार्टी र युवाहरुको राजनीतिमा प्रवेश
घर कतिको बलियो हुन्छ भन्ने कुरा कस्तो काठले बनेको घर हो भन्ने कुराले निर्धारण गर्छ। हिजोसम्म नेपालीहरुको मानसपटलमा राजनीति “फोहोरी” खेल भनेर एउटा छाप बसेको थियो जुन अहिले बदलिंदै छ। राजनीति आफैमा “फोहोरी” खेल हैन कि राजनीतिक खेलाडीहरु “फोहोरी” भएर यस्तो भएको भन्ने कुराको चेत हुदै छ। राजनीति खालि “झोला बोक्ने” अनि “एस. एल. सो, +२” फेल गर्नेले मात्र गर्ने भन्ने कुरा केहि साहसी सिक्षित युवाहरुको प्रवेशले परिवर्तन हुदै छ। “पोखरी फोहोर भयो भनेर कपाल फुलुन्जेल अरुको मुख ताकेर अनि अरुलाई गालि मात्र गरेर बस्ने कि आफै सफा गर्न अघि सर्ने” भन्ने कुराको जवाफ केहि युवाहरुले दिएका छन्। अवको राजनीति पहिको जस्तो हुन्न। देश-विदेशमा पढेका सिक्षित र इमान्दार हुवाहरुको प्रवेशले नेपालको राजनीतिक हावालाई पक्कै पनि राम्रो साही दिशा तर्फा धकेल्न मद्दत गर्नेछ। नेपालमा अहिले खुलेका केहि नयाँ पार्टीहरु बारे भन्नु पर्दा माथिको कुरा एकदम ठिक छ तर कति पार्टी जस्तै विवेकशील नेपाली र साझा पार्टी – हरुमा “राजनीतिक सिद्धान्त” कुन हो भन्ने कुरा अस्पष्ट छ। राजनीति लामो दुरीको खेल हो र त्यो खेलको लागि “राजनीतिक सिद्धान्त” अपरिहार्य छ। “नयाँ शक्ति” मेरो बुझाईमा अरु केहि नभई डा. बाबुराम भट्टराईको आफूलाई माओवादीकालको आफ्ना कर्तुतको जवाफदेहिताबाट टाढा रहन एउटा प्रयोग मात्र हो।

(४) राजनीतिज्ञ, कार्यकर्ता, र मतदाता
लोकतन्त्र त्यतिखेर मजबूत हुन्छ जब राजनीतिज्ञ र कार्यकर्ता पनि “राजनीतिक विचार र सिद्धान्त” हेरी रानजीति गर्छन अनि जनता केवल एक मतदाता भएर झण्डा हेरेर हैन उम्मेदवार हेरेर मतदान गर्छन। आम जनताले रानजीति गर्ने हैन, राजनीतिज्ञलाई साही बाट देखाउने काम गर्ने हो। नेपालीहरुमा चाहिने भन्दा बढी राजनीति भएरै देश-बिदेशमा हामी पछि परेका हौं।

(५) जनताबाट नागरिक
नेपालको लोकतन्त्रको दूरगामी हीतको लागि हामी नेपालीहरु जनताबाट नागरिक बन्नुपर्नेछ। जनतालाई चतुर राजनीतिज्ञ, निरङ्कुश साशकले आफ्नो चंगुलमा बाँध्न सक्लान तर एक सचेत नागरिकलाई कदापि सक्दैनन्। सिक्षित अनि आफ्नो अधिकार तथा दायित्वाको सचेतना भएको नागरिकले मात्रै लोकतन्त्रको सच्चा जगेर्ना गर्न सक्छन। यो एकै चोटी हुने कुरा हैन। यस्को लागि नेपालको शिक्षामा आमूल परिवर्तनको खाँचो छ । तर पनि, संचारको विकासले नेपाली हरु सचेतना बढ्दै “भोट बैंक” जनताबाट “सचेत” नागरिक बन्ने क्रम जारी छ, बामे सर्दै किन नहोस।

प्रतिक्रिया