अमेरिका आउने हो भने बोधो खोपडीले काम गर्दैन ?

इनेप्लिज २०७४ वैशाख २८ गते २३:४६ मा प्रकाशित

सिधा औलाले घ्यु आउदैन l अमेरिका आउन पनि त्यस्तै त्यस्तै हुन् थालेको छ l अमेरिका आउन हसिया जस्तो सिधा भैयो भने कुनै युगमा पनि अमेरिका पुगिदैन l अमेरिका आउन चतुर दिमाग बनाउदा भन्न सकिन्न l सपनाको संसार आउने हो भने बोधो खोपडीले काम गर्दैन l गैर कानुनि रुपमा अमेरिका छिर्ने भन्ने आशय पक्कै हैन l अमेरिका नगई नछोड्ने युवायुवती जीवन हत्केलामा राखेर पनि आई पुगेका छन् l

अरु अमेरिका खुरु खुरु आएको आयै छन l सुरुसुरु छिरेका छिरैछन् l कल्पनामा डुब्नेहरु जहिको त्यहि टुलु टुलु हेरेर बसेको बसैछन् l मन भित्र अमेरिका जान्छु जान्छु जाने भन्ने पुरुष तथा महिला हजारौ हजार अमेरिका छिरेका छिरैछन् l अमेरिकन दुताबासले पटक पटक प्रवेश आज्ञालाई अस्वीकृत गरे पनि बिभिन्न बिकल्प अपनाई अमेरिका आएका आयै छन् l

बिद्यार्थी,चिट्ठा प्रणाली ,खेलाडी ,कारहरु तथा अन्य विभिन्न पेशाका मानिसहरु अमेरिका भित्रिएका भित्रियै छन् l बिएमडब्लु ,मर्सिटिज ,क्राईस्लर ,फोर्ड ,टोयोटा ,होन्डा सवारी साधन नभई पत्रकार ,कलाकार ,साहित्यकार ,उपन्यासकार ,निबन्धकार ,कथाकार ,नाटककार आदि ईत्यादी प्रसस्त भित्रिएका भित्रियै छन् l
यसको अतिरिक्त अनेकौ जुक्ति गरि अमेरिकन दुताबासलाई प्रवेश आज्ञा दिने बनाउने कागजात पेश गरि सपनाको संसार अमेरिका सुरु सुरु र अनेकौ तरिका शृष्टि गरि खुरु खुरु आएको आयै छन् l

संघ तथा संस्थाका सम्मेलनमा सहभागी भनि अमेरिका आएका आयै छन l राष्ट्र तथा अन्तर राष्ट्रिय स्तरमा खेल खेल्ने खेलाडीहरुको अन्तिम लक्ष्य अमेरिका भएकोले खेलमा सहभागी हुन् ,तालिम लिन ,बिशेष कार्यक्रम ,निमन्त्रणा ,आमन्त्रण ,बिशिस्ट तालिम आदी इत्यादीमा सहभागी बन्न अमेरिकामा पसेका पसै छन l
कबि सम्मेलन ,साहित्यक जमघट ,भेला ,अभिनन्दन ,साहित्यिक सम्मेलन ,गोष्टि ,पुरस्कार ग्रहण ,पुस्तक बिमोचन ,मन्चन आदि ईत्यादीमा अमेरिका भित्रिएको भित्रियै छन् l

त्यति मात्र हैन बिबिधता चिट्ठा (डिभी)पर्नेहरु अमेरिका प्रत्येक बर्ष आएका आयै छन् l कलाकारहरुलाई अरु भन्दा सरल हुने गरेकोले अमेरिका छिरेका छिरै छन l नेपाली समुदायको चाप बढेकोले अमेरिकामा सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको आयोजना बर्ष भरि नै खाली नहुने भएकोले नेपालका कलाकारलाई बोलाएको बोलायै छन् l उनीहरु अमेरिका आए पछि अमेरिका बस्ने गरेका गरै छन् l

यसको अतिरिक्त अन्य तीक्ष्ण बुद्धि प्रयोग गरि अमेरिका खुरु खुरु आएका आयै छन l भरपर्दा र विश्वासिला कागजात पेश गर्दै सुरु सुरु पसेका पसै छन् l अमेरिकामा उच्च शिक्षा हासिल गर्न ,छोराछोरी तथा आफन्तको पढाई समाप्त पछि ग्राजुएसन (दिक्षान्त समारोह)को निमंत्रनामा आएका आयै छन l यसै गरि अमेरिकामा हुने ब्रतबन्ध ,बिबाह ,नरन ,दहि खुवाउने (बेबी सावर )दशैँ ,तिहार ,तिज ,पास्नीमा सहभागी हुन् तथा चलचित्र, वृतचित्र ,नाटक ,चित्रकला प्रदर्शनको नाममा पनि पसेका पसै छन l

यसै मौकामा चलचित्र निर्देशक ,नृत्य निर्देशक ,निर्माता ,कलाकार तथा अन्य आएका आयै छन् l यसै गरि बुहारी ,छोरी ,नन्द ,दिदि ,बहिनि ,आफन्त ,साथीभाई ,कुटुम्बको सुत्केरीको रेखदेख गर्न पनि अमेरिकाले मौका दिएकोले अमेरिका भासिएका भासियै छन् l यसै गरि गोष्टि ,तालिम,बैठक ,पेशागत प्रशिक्षणमा पनि आई यता कै कागजात बनाई घरजम गरेका गरै छन् l

सिकिस्त बिरामी ,सडक दुर्घटना,हत्या ,मधुर १६ उत्सब ( स्विट सिक्सटिन ),अभिभावक पुराउन र छोड्न ,कपाल मुडुलो उत्सव ,कविता प्रतियोगिता ,समाचार संकलन ,समाचार प्रशारण ,नृत्य प्रतियोगितामा पनि सहभागी हुन् आएका आयै छन् l यस्तै बिदेशी संग बिहे,किर्ते बिहे ,गिटार बजाउन ,तबला बजाउन ,मादल बझाउन ,बासुरी बजाउन,नेपाली सांस्कृतिक तथा परम्परागत मौलिक नृत्य प्रदर्शन तथा प्रस्तुति गर्न पनि आएका आयै छन् l

त्यति मात्र हैन किन सरकारको प्रतिनिधित्व ,छायाँकन ,बार्षिक कपाल खौरने ,अन्य चाड पर्व ,टाकुरा चढ्ने ,ब्यापारको नाममा पनि अमेरिका आई यतै तारतम्य मिलाई रमाएर उफ्रेका उफ्रै छन् l अन्य देशमा बसेका प्रवासी नेपाली अमेरिका घुम्न जान्छु भनि अमेरिका आई अड्डा जमाई बसेका बसै छन् l असामयिक मृत्यु ,परिवारमा आपत बिपत ,दुर्घटना,परिवार सौजन्यता तथा धर्म परिवर्तनको नाममा सहित सपना को संसार अमेरिकाको प्रवेश गरेका गरै छन् l अमेरिका जसरि भए पनि छिर्ने दाउ खोजि अमेरिका आई पुगेका मात्र नभई बाध्यता र वास्तविकताले समेत आएका आयै छन् l

अमेरिका यति उदार छ कि एक पटक अमेरिकाको धर्तीमा गोडा टेके पछि कसैले दुख पाउदैनन l गरि खाओस भनि अवसर दिने राष्ट्र अमेरिका बनेको छ l जति पनि अमेरिका आएका ,भासिएका ,छिरेका ,पसेका मानिस छन् उनीहरुलाई अमेरिकाले बिशेष प्रदान गर्ने सुबिधा उपलब्ध गराउछ l त्यो सुबिधा प्राप्त भए पछि मानिस यतैको बनेको बनै छन् l

हजारौ जुक्ति लगाई मानिस खुरु खुरु आएका आयै छन् l अमेरिका जाने विचार गरेका छौ भने कुनै न कुनै उपाय गर्दा काम नगर्ला त ? अमेरिका जानु छ भने आजै देखि यस्ता उपायको खोजि किन नगर्ने ? यो पंक्तिकार पनि यसरि नै अमेरिका भासिएको भासियै छ l अप्ठ्यारो मान्नु पर्ने कुनै कुरै छैन ? अमेरिका जानै पर्ने र बसेको बसै गर्ने हो भने आजै किन कोसिस नगर्ने ?

प्रतिक्रिया