एफबिआई निर्देशक जेम्स कोमे बर्खास्त (ताजा समाचार )

इनेप्लिज २०७४ वैशाख २६ गते २२:२३ मा प्रकाशित

राष्ट्रपति ट्रम्प द्वारा संघीय बिभाग अन्वेषणका निर्देशक जेम्स कोमे बर्खास्त भएका छन् l कोमे निलम्बित भएको जानकारी व्हाइट हाउसले दिएको छ l राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई हटाउन महान्यायाधिवक्ता तथा उप महान्यायाधिवक्ता ले गरेको सिफारिसलाई स्वीकृत गरेका छन् l

व्हाइट हाउसका छापा प्रवक्ता सन् स्पाईसर ले एक एक बिज्ञप्ति कोमे निस्कासित भएको जनाएका छन् l उनि निस्कासित लगतै उनको स्थानमा अर्को निर्देशक खोज्न सुरु गरिएको छ भनि फक्स न्युजले लेखेको छ l

उनि आज मंगलबार मे ९ तारिखका दिन निस्कासित भएका हुन् l कोमे ले रसिया तथा ट्रम्प निर्वाचन अभियानको अनुसन्धान पुष्टि भएको बताएका थिए l निर्देशक कोमेले सन् २०१६ को निर्वाचन को ३ हप्ता अगाडी राष्ट्रपतिको महिला उम्मेदवार हिलारी क्लिन्टनलाई एफबिआइले पुन: बिधुतिय डाक (ईमेल )अनुसन्धान गर्ने भने हिलारी लाई ठुलो धक्का लाग्नुको साथै निर्वाचन समेत हारेकी थिइन् l कोमे ले १ हप्ता अगाडी मात्र हिलारीको बिधुतिय डाक (ईमेल )अनुसन्धानमा केहि नपाईएको भनेका थिए l

कोमे लाई पूर्व राष्ट्रपति बराक ओबामाले नियुक्ति गरेका थिए l अझ पनि डेमोक्रेटिक दल तथा हिलारीका समर्थकहरु यिनै कोमेको कारण हिलारी क्लिन्टन हारेको ठान्दछन l कोमेलाई बर्खास्त गर्नु अगाडी राष्ट्रपति डोनाल्ड ट्र म्प ले सधै उनको प्रशंसा गर्थे तर रसिया र ट्रंप निर्वाचन अभियान सम्बधि मुद्धालाई अगाडी बढाए भने ठुलो संकट आउने देखेर यसो गरेका हुन् भनि संचार माध्यममा समाचार छाएको छ l

प्रतिक्रिया