ईनेप्लिज/रेडियो जिन्दगिको बार्षिक समारोह हुने जुन १७ तारिख

इनेप्लिज २०७४ वैशाख २६ गते १०:५५ मा प्रकाशित

 

सम्पूर्ण दाजुभाई/दिदि बहिनीहरु ,
 
अमेरिकाको डीसी महानगर क्षेत्रमा सन् २०१२ देखि संचालनमा आएको अंकीय (अनलाईन )समाचार तथा गत बर्ष देखि संचालित रेडियो जिन्दगि को सयुक्त आयोजनामा प्रथम बार्षिक समारोह गर्ने भएको छ l
 
जुन १७,२०१७ तारिखका दिन भर्जिनियाको आर्लिंगटनमा आर्लिंगटन केन्द्रिय पुस्तकालयमा शनिबार दिवा समयमा हुने उक्त समारोहमा विविध कार्यक्रमहरु हुने छ l सयुक्त बार्षिक उत्सवमा विविध कार्यक्रम को साथै नेपाल र नेपाली समुदायका लागि बिशेष काम गरि बिशेष योगदान दिने समुदायका व्यक्तिहरुलाई पनि पुरष्कृत तथा सम्मान गर्ने समेत लक्ष्य रहेको छ l
 
गत बर्ष देखि रेडियो जिन्दगिका हरेक कार्यक्रमलाई प्रत्यक्ष प्रसारणमा साथ दिदै आएको ईनेप्लिज स्थापना काल देखि नै अनवरत रुपमा समुदायमा काम गर्दै आई रहेको छ l डीसी महानगर क्षेत्रका कुनै पनि संघ/संस्थालाई उक्त दिन उक्त समयमा कार्यक्रम नराखी दिन आग्रह गर्दछौ l नेपाली समुदायलाई सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछौ l
 
स्थान : आर्लिंगटन केन्द्रिय पुस्तकालय
मिति : जुन १७ ,शनिबार
समय :१२ बजे
ठेगाना :1015 N Quincy St, Arlington, VA 22201
 
 
र जुन १७ तारिख शनिबारको दिन भित्ते पात्रो मा चिन्ह लगाएर राख्न हुन् हामी अनुरोध गर्दछौ l
 
धन्यवाद
 
 इनेप्लिज/रेडियो जिन्दगि
 

प्रतिक्रिया