युएइमा हुने २५६१ औं बुद्ध जयन्तीको सम्पुर्ण तयारी पुरा

इनेप्लिज २०७४ वैशाख २४ गते १९:२३ मा प्रकाशित

युएईमा क्रियासील रहदै आएका ४५ भन्दा बढी नेपाली संघसस्था तथा व्यवसायीहरुको संयुक्त आयोजनामा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६१ औं जन्म जयन्तीलाई भब्य तरिकाले मनाउन भएका छन।

स्मरण रहोस वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ। अबुधाबीको मुसफाह स्थित मलायली समाजम हलमा मे १२ सुक्रबार का दिन हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कुरा मूल आयोजक समितिका सदस्य गोविन्द ढकालले मजदुर अनलाईन लाई जानकारी दिए ।

बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिए अनुसार आजभन्दा २५५८ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हाल नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रिय बिभुती शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मभूमी नेपाल हो भन्ने अभिप्रया बोकेको यस कार्यक्रमले नेपालको पर्यटक प्रबर्द्धनसंगै अन्य देशले गौतम बुद्धको बारेमा छरेको भ्रम चिर्नको लागि पनि यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाई छ।

बौद्ध महासंघको पुर्व अध्यक्ष एवं बौद्ध धर्म गुरु खेन्पो भगेन्द्र सिला को प्रवचन सहित नेपालबाट आउने चर्चित सेलो गायक रोज मोक्तान, लोक गायक खुमन अधिकारी र लोक गायिक कोपिला गुरुङको साथमा युएइमा रहेका नेपाली कलाकारहरुले साकृतिक कार्यक्रम प्रस्तुत रहने कुरा आयोजकले मजदुर अनलाईन लाई जानकारी दिएका छन् ।

युएई का विभिन्न राज्यहरुबाट निशुल्क यातायात सुबिधा रहने हुदा आफ्नो समाजका प्रतिनिधिलाई सम्पर्क गरी कार्यक्रम मा उपस्थित भई कार्यक्रमलाइ भब्य र सभ्य किसिमले सम्पन्न गर्न सहयोग गरिदिनुहुन यु ए इ बासि सम्पूर्ण नेपाली तथा गैर नेपालीहरुलाइ आयोजक टिम ले हार्दिक अनुरोध गरेको छ।

आयोजक संघसस्थाहरु यस प्रकार छन।
१) नेपाली समाज, युएर्इ२) नेपाल आदिवासी जनजाती महासंघ, युएर्इ३) नमस्ते ट्राभल, युएर्इ४) नेपाल विस्व सहयोग संघ, युएई५) नेपलिज सोसल कलब, युएर्इ६) शेर्पा किदुग,युएर्इ७) किरात याक्थुङ चुम्लुङ,युएर्इ८) तमु समाज,युएर्इ९) गोरखा सेवा समाज,युएर्इ१०) सुनुवार सेवा समाज,युएर्इ११) काभ्रे सेवा समाज,युएर्इ१२) नेपाली समुदाय,युएर्इ१३) थारु समाज,युएर्इ१४) अन्तरास्ट्रिय नेपाली कलाकार समाज,युएर्इ१५) दलित एकता संजाल,युएर्इ१६) लुम्बिनी वेल्फेर सोसाइटी,युएर्इ१७) पर्बत सेवा समाज,युएर्इ१८) रुपन्देही सेवा समाज,युएर्इ१९) नवलपरासी सेवा समाज,युएर्इ२०) कास्की आदर्श सेवा समाज,युएर्इ२१) सर्लाही सेवा समाज,युएर्इ२२) किरात राइ यायोख्या,युएर्इ२३) नेपाली जनप्रगतिशिल मंच,युएर्इ२४) नेपाल मगर संघ शाखा,युएर्इ२५) लि: ल फङ घले समाज,युएई२६ ) शिलेट ट्राभल्स एण्ड टुर्स, युएई२७) चितवन समाज, युएई२८) प्रबासी नेपाली एकता समाज, युएई२९) तामांग समाज, युएई३०) अल सम्हा टावर क्याफ्टेरिया युएई३१) अर्घाखाची सम्पर्क समिति,युएई३२) स्यांजा सहयोग समाज,युएई
३३) हमालय वर्ल्ड ट्राभल,युएई३४) नेपाली कलाकार समूह,युएई३५) प्रबासी भुजेल समाज सेवा समिति,युएई३६) अन्तराष्ट्रिय नेपाली समाज, युएर्इ३७) त्रिशुली समाज,युएर्इ३८) प्रबासी नेपाली माझी समाज,युएर्इ
३९) नेपालीको सगरमाथा रेष्टुरेन्ट, युएर्इ४०) मितेरी समाज,युएर्इ४१) धादिंग समाज,युएर्इ४२) क्युमत अल जबल रेष्टुरेन्ट, युएर्इ४३) फिस्टेल ट्राभल, युएर्इ४४) म्याग्दी प्रबासी नेपाली संघ, युएर्इ४५) नेवा पुच, युएर्इ

प्रतिक्रिया