जीवनका रंगहरु ( Colors of Life)

इनेप्लिज २०७४ वैशाख २४ गते ११:४६ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l

यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – नर्थ क्यारोलाइना राज्यमा बसोबास गर्नु हुने माधव ढकाल एवम् सुषमा ढकाल |

अमेरिकामा बहुपहिचान बनाउन सफल यी जोडीले विभिन्न व्यवसाय सफलतापुर्वक संचलान गरिरहनु भएको छ भने सिनेमा निर्माण, कलाकारिता का साथै सामाजिक सेवामा पनि आवद्ध हुनुहुन्छ | यसका साथै बैंक ऑफ अमेरिकामा आवद्ध माधव ढकाल एक सफल बेङ्कर पनि हुनुहुन्छ |

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१) जीवन (Life) के हो ?

सर्वप्रथम जीवन एक वरदान हो अनि निरन्तर चल्ने अविरल यात्रा हो। वरदानरुपी जीवनलाई आशिर्वाद सम्झी हर क्षण हर पल जिम्मेवारीपुर्वक जिउनु जीवनको सार्थकता हो | जीवनरुपी यात्रामा सुख, दु:ख, हाँसो, खुशी जस्ता अनगिन्ति मोडहरु पार गर्दै अविरल अघि बढ्नु जिउनुको पूर्णता हो |

२) खुशी (Happiness) के हो ?

खुशी एकदमै सुनौलो अनुभुती हो जुन भौतिकबाद भन्दा धेरै माथि छ | आराम, सुविधा, पैसा, विलाशिता जस्ता भौतिक सुख भन्दा पनि धेरैमाथि, धेरै मुल्यवान आत्मा देखि को अनुभूति खुशी हो |

३) कर्तब्य (Responsibility) के हो ?

सामाजिक मूल्य र मान्यातको परीधी भित्र रही हरेकले निभाउनु पर्ने भूमिका नै कर्तब्य हो। जीवनको सम्पन्नता, सार्थकता नै कर्तव्य निर्वाह गर्नुमा रहेको हुन्छ | वरदानरुपी जीवनलाई आशिर्वादको रुपमा ग्रहण गर्नेले आफुले पुरा गर्ने हरेक कर्तव्यहरु मन, वचन र कर्मले पुरा गर्नु पर्दछ |

४) सम्बन्ध (Relationship) के हो ?

जीवन यात्रा पुरा गर्ने एउटा साहारा हो । सम्बन्ध विश्वास हो, सम्बन्ध समर्पण हो एवं सम्बन्ध साथ हो | सम्बन्धको साहाराले अघि बढ्ने जीवनयात्रामा सम्बन्धको ठुलो महत्व हुन्छ, सानातिना झिनामसिना कुराले खल्बलिन दिनु हुदैन सम्बन्ध | तोड्नुमा होइन जोड्नुमा एवं रोकिनुमा होइन निरन्तरतामा छ सम्बन्धको सार्थकता |
५) आत्मीयता (Intimacy) के हो ?

जीवन यात्राको क्रममा खुशी,कर्तब्य र सम्बन्धको सुखद अनुभुतीनै आत्मियता हो।

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता सुवास ढकाल

प्रतिक्रिया