अमेरिकामा “नेपाल चिनाउने कार्यक्रम” नेपाली दुतावास, वाशिंगटन डिसीमा सम्पन्न

इनेप्लिज २०७४ वैशाख २४ गते १०:५८ मा प्रकाशित


अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित नेपाली दुतावासमानेपाल चिनाऊने कार्यक्रम हिजो शनिबार सम्पन्न भएको छ ।राजधानी वाशिंगटन डिसीमा भएका संसारभरीकै दुतावासहरुले भाग लिने पासपोर्ट डिसी एराउंड द वोर्ल्ड एम्बेसी टुर नामको आआफ्नो मुलुकको सांस्कृतिक तथा भौगोलिक चिनारी गराउने यो कार्यक्रममा आएका करिब एक हजार ? बिदेशीहरुलाई नेपाली सेल रोटी सहितको नेपाली खाना निशुल्क खुवाईएको थियो ।


यसैगरी नेपाल पर्यटन बिकाश बोर्डले तयार पारेको सगरमाथा लगायत नेपालको सम्पुर्ण हिमालहरुको पोस्टर तथा नेपाल घुम्न जानको लागी आबस्यक पर्ने सम्पूर्ण जानाकारी भएको ब्रुशरहरु सहभागी बिदेशीहरुलाई वितरण गरिएको कुरा दुतावासका प्रथम सचिब चक्र बहादुर सुबेदीले बताए।


नेपाली दुतावासका इकोनोमिक काऊन्सिलर कैलाशराज पोखरेलका अनुसार पासपोर्ट डिसी नाम दिईएको अमेरिकामा नेपाल चिनाऊन पाईने सुनौलो अवसर भएको यो बार्षिक कार्यक्रम अमेरिका स्थित नेपाली दुतावासको सबैभन्दा ठुलो कार्यक्रम भएकोले गत बर्षहरुमा नेपाली संघ संस्थाहरुको सहयोग लिएर गर्ने गरिन्थ्यो भने यो बर्ष कुनै पनी संस्थालाई सहभागी नगराएर नेपाली दुतावास आफैले आयोजना गर्यो।


दुतावासले अनुरोध नगरे पनी शेरचन, गौचन, तुलाचन, भट्टचन हरुको संस्था थकाली समाज युएसए भने स्वोत स्फुर्त रुपमा हरेक बर्ष जस्तै हिमाल पारी मुस्ताङ्गको थकाली, थकाल्नी को भेष, भुषा मा ऊपस्थित भएको देखिन्थ्यो। नेपाल बारे जानाकारी लिन आएका बिदेशीहरुलाई नेपाल प्रति आकर्षीत गराऊयज्ञमान शाक्यको लाखे नाच र नेपाली लोक गीत तथा पन्चेबाजाको गीत स्पिकरमा टोलै थर्किनेगरी दिनभर घन्काएर वाशिंगटन डिसी शहरको बातावरण अमेरिका नभएर नेपालको म्याग्दी, बाग्लुंग, पाल्पा, दमौली, पोखरा जस्तो लाग्दथ्यो।


अमेरिकामा नेपाल चिनाउने सबैभन्दा ठुलो यो कार्यक्रम सफल बनाउनमा रात दिन खटेका दुतावासका प्रथम सचिब चक्र सुबेदी, द्वितीय सचिब दिपक शर्मा, कुमार श्रेष्ठ, ऊद्धब घिमिरे, चालकहरु, राजदुत निवासका स्टाफहरु र थकाली समाज युएसए लाई इकोनोमिक काऊन्सिलर कैलाशराज पोखरेलले अन्तमा धन्यबाद दिएका थिए ।

प्रतिक्रिया