मेरो डान्स कप युएसए २०१७’ सिजन-२ को इपिसोड (कथाभाग) २ को भिडियो सार्बजनिक

इनेप्लिज २०७४ वैशाख २३ गते ११:१४ मा प्रकाशित

 

मेरो डान्स कप युएसए २०१७’ सिजन-२ को ईपिसोड़ (कथाभाग) २ को भिडियो सार्बजनिक भएको छ l प्रतिस्प्रद्धि मध्ये १५ जना बाहिरिएका छन् l एमडिसी नामबाट लोकप्रिय रहेको चर्चित कार्यक्रम अप्रिल २८ देखि प्रारम्भ भएको हो l

शृंखला ६ देखि मतदान र प्रत्यक्ष चयन जुलाई ८ तारिख देखि हुनेछ । अप्रिल २८ देखि प्रारम्भ भई अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने छ l

जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनोट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिने छ । एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहने छन् l

अमेरिका राष्ट्रभर विभिन्न राज्यमा छरिएर रहेका किशोरकिशोरी, युवायुवती, नव प्रतिभा तथा कलाकारका आफूभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै मञ्च उपलब्ध गराउनु समेत संस्थाको मुख्य उद्देश्य रहेको छ l

प्रतिक्रिया