नेपाल अमेरिका पत्रकार संघ (नेजा )को साधारण सभाको उद्घाटन लगतै एनआरएनका अध्यक्ष पदका प्रत्यासीहरुको सशक्त बहस कार्यक्रम हुने भएको छ l उक्त बहस कार्यक्रमको लागि अध्यक्ष का उम्मेदवारहरु रबिना थापा ,केसव पौडेल ,गौरी जोशी ,डिल्ली भट्टराई ,राम सी पोख्रेल तथा कृष्ण पोख्रेल सहभागी हुने जानकारी दिई सकेका छन् l र बाहिर बाट आउनु हुने अध्यक्षका प्रत्यासीहरु आज साँझ सम्म डीसी आई पुग्ने भएका छन् l
उद्घाटन कार्यक्रममा नेजा द्वारा स्थापित पत्रकारिता पुरस्कारहरु समेत हस्तान्तरण गरिने छ l मनाससको स्थानीय लोकप्रिय सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज बाट संचालित पाठशालाका बिद्यार्थीहरुले नेपाली राष्ट्र गान ,अमेरिकन राष्ट्रगान तथा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुति गर्ने छन् l
उद्घाटन समारोह कै बीचमा प्रसिद्ध नृत्यांगना बिनिता न्यौपाने तथा बिबेचना निरौला को बिसेष प्रस्तुति सहित रहने छ l
नेजाको साधारण सभामा सहभागी हुन् नेपाल लगायत अमेरिकाका बिभिन्न राज्यहरु बाट संचार कर्मी ,आमन्त्रित अतिथि तथा विशिष्ट व्यक्तिहरु आउने क्रम जारीको साथै आई पुग्ने क्रम बढ्दो छ l
मे ६ तारिख बिहान १०;३० बजे शुरु
कार्यक्रम: नेजा एघारौं वार्षिक साधारण सभा
Inauguration Date: May 6 Saturday
Time: 10.30 AM Sharp
Vanue: Best Western Battlefield inn 10820 Balls Ford Rd, Manassas, VA 20109
प्रतिक्रिया