नेजाको साधारण सभामा हार्दिक आमन्त्रण !!

इनेप्लिज २०७४ वैशाख १७ गते १:४० मा प्रकाशित

अमेरिका र क्यानडामा रहेका सवै नेपाली संचारकर्मीहरुको छाता संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा)को ११औं वार्षिक साधारण सभा यही मे महिनाको ६ तारिकमा वाशिंगटन डिसी क्षेत्रमा सम्पन्न हुन गइरहेको कुरा यहाँहरुमा विदितै छ ।

 सो सभाको उद्घाटन सत्रमा तपाई पत्रकार साथीहरु, डिसी मेट्रो क्षेत्रमा रहनु हुने सवै नेपाली संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजीवीहरु तथा लव्धप्रतिष्ठित व्यक्तित्वहरुलाई देहाय बमोजिमको स्थान, मिति र समयमा उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्न चाहन्छौं ।

 साथैं बाहिर स्टेटहरुबाट आउनु हुने पत्रकार साथीहरुलाई यहांहरू कुन माध्यमबाट कहिले सम्ममा डिसी पुग्दै हुनुहुन्छ कृपया आयोजक समितिलाई यथाशीघ्र जानकारी गराइदिनु हुन समेत अनुरोध गरिन्छ ।

 सो सभामा यहांको गरिमामय उपस्थिति हुने पूर्ण विश्वास गर्दै भावी दिनमा पनि यहॉबाट नेजालाई निरन्तर सहयोग भइरहने विश्वास प्रकट गर्न चाहन्छौं ।

 Inauguration Date: May 6 Saturday
Time: 10.30 AM
Venue: Best Western Battlefield inn 10820 Balls Ford Rd, Manassas, VA 20109
Nearest Airport: IAD (Dulles International Airport)

भवदीय,

 गुणराज लुईटेल,
संयोजक, ११औं वार्षिक साधारण सभा तयारी मूल समिति तथा उपाध्यक्ष, नेजा ।
सम्पर्क: 703-720-0360

 

प्रतिक्रिया