सार्वजनिक बहस

इनेप्लिज २०७४ वैशाख ११ गते ११:४४ मा प्रकाशित

 

नेपाल अमेरिका पत्रकार संघ, नेजाले नेपाली समुदायसँग प्रत्यक्ष सरोकार
राख्ने विषयमा कार्यक्रम गर्दै आएको बिदितै छ । विभिन्न कारण गैर आवासीय
नेपाली संघ ( एनआरएन) अमेरिकाको निर्वाचनको तालिकामा केही हेरफेर भएका
कारण नेजाले गर्ने पूर्व घोषित बहस कार्यक्रमको मितिमा समेत परिवर्तन
भएको जानकारी नै छ । त्यसै सिलसिलामा एनआरएन अमेरिका निर्वाचन समिति
सँगको छलफल पश्चात् नेजाले अध्यक्ष पदका आकांक्षीहरुसंग निम्न मिति र
स्थानमा हुने ।

सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त उत्साही छौँ । आसन्न निर्वाचनमा
अध्यक्ष पदमा उम्मेदवारको रूपमा रहनु भएका आकांक्षीहरुलाई नेजाले बहसमा
सहभागि हुनकाका लागि पत्राचार गरिसकेको छ । सार्वजनिक सरोकारका
विषयहरूमाआकांक्षीहरुसंग गहकिलो वहस हुनेछ ।

हालसम्म प्रकाशित बहसको समय तालिका

मे ६, शनिवार – वासिङ्टन डिसी
मे १४, आइतबार – डालस, टेक्सस

उम्मेदवारहरुले नेपालीहरूको वृहत्तर हितमा आफ्नो योजना , दृष्टिकोण र
योग्यतालाई प्रस्ट पार्न र समुदायलाई उम्मेदवारहरुसँग साक्षात्कार गर्ने
वातावरण सिर्जना गर्ने योजना अनुसार नेपाल अमेरिका पत्रकार संघ ( नेजा)ले
अमेरिकाका प्रमुख सहरहरूमा स्थानीय समुदाय र उम्मेद्वारहरुका बिच
सार्वजनिक बहसको आयोजना गर्न लागेको हो । निर्वाचनको कार्य तालिका
प्रकाशित भए पछि अन्य सहरहरूमा हुन सक्ने बहसको मिति तथा स्थानहरुका
बारेमा हामी पुन सूचना प्रकाशित गर्नेछौ । एनआरएन अमेरिका र त्यसका राज्य
स्तरिय शाखाहरु तथा स्थानीय संघ संस्थाहरू सँगको सयुंक्त आयोजनामा
सञ्चालनमा हुने सार्वजनिक बहसमा एनआरएन अमेरिकाको भावी नेतृत्व, खास गरी,
अध्यक्ष पदका आकांक्षीहरुसंग अमेरिकाको नेपाली समुदायसँग सम्बन्धित
विभिन्न पक्षहरूमा सार्वजनिक बहस गरिनेछ । बहसको खाका, विषय तथा
प्रश्नहरू नेजाको सार्वजनिक बहस समूहले तय गर्नेछ ।

तोया दाहाल
महासचिव,
नेपाल अमेरिका पत्रकार संघ (नेजा

Nepal America Journalists’ Association (NEAJA), USA

प्रतिक्रिया