पोल्यान्डमा दर्पण छायां 2 प्रदर्शन भएको छ । पानी अभियान सहयोगार्थ प्रदर्शन गरिएको दर्पण छाया 2 मा पोल्यान्डमा आफ्नो अमूल्य समय छोडेर अनुकुल मौसम नहुदा नहुदै पनि झन्डै १०० जना फिल्म हेर्न आउनु हुने सम्पुर्ण दर्शक प्रति व्यवस्थापक श्री सुरज कार्कीले आभार प्रकट गर्नु भएको छ ।नेपाली सिनेमा विश्व बजारमा फस्टाउनु पर्छ नेपाली सिनेमाको प्रवर्द्धन हुनु नै नेपाली कलाकारको पहिचान विश्वमा बन्नु हो भन्दै पोल्यान्डमा नेपाली फिल्म प्रदर्शन गराउन पाएकोमा श्री कार्कीले खुशी व्यक्त गर्नु भएको थियो । विभिन्न कठिनाइका वावजुद दर्पण छायां प्रदर्शन पोल्यान्डको हलमा प्रदर्शन भएको थियो । झन्डै १०० जना उपस्थिति भै प्रदर्शन गरिएको सिनेमा आफैमा सामाजिक थियो नै । सामाजिक फिल्म भएकोले व्यवसायिक्तासित दाज्न नसकिने सामाजिक फिल्मको मूल्य अमुल्य हुन्छ त्यहा पैसा मात्र हेरिदैन फिल्मले दिन खोजेको सन्देश महत्वपूर्ण हुन्छ ।
रु ५००१ पानी अभियानमा सुरज कार्कीको टिमले सहयोग गरेको थियो । त्यसो त फिल्म हेर्न पुगेका रुपेन्द्र खड्काबाट २४ हजार व्यक्तिगत रुपमा पानी अभियानमा सहयोग गरेका थिए भने फिल्म प्रदर्शनमा उल्लेख्य भुमिका खेल्नु भएका श्री ज्ञानेन्द्र भन्डारी , युवराज अडाइ ले पनि व्यक्तिगत तवरबाट अभियानमा विशेष सहयोग गर्नु भएको थियो ।फिल्म प्रदर्शन गर्न र गराउनमा उल्लेख्य भुमिका बिनय अधिकारी , नारायण चालिसे , जीवन कुमार केसी , रुपेन्द्र खड्का युवराज अडाइ झकेन्द्र सापकोटा उमेश थापा ज्ञानेन्द्र भन्डारीले खेल्नु भएको थियो भने नेपाली सिनेमा माया गर्नुहुने फूटबल परिवार विभिन्न ठाउँमा काम गर्ने हरेक व्यक्तिहरु प्रति श्री सुरज कार्कीले आभार प्रकट गर्नु भएको थियो भने उक्त फिल्म हेर्न एन आर एन ए पोल्यान्ड अध्यक्ष डा श्री वोध राज सुवेदी जनसम्पर्क समिति अध्यक्ष डा श्री एलिनि पोखरेल सुवेदी इनास पोल्यान्ड अध्यक्ष श्री श्री कृष्ण न्यौपाने पानी अभियानकर्ता मित्रलाल पार्दे लगायत झन्डै १०० जना व्यक्तिहरु पुग्नु भएको थियो र सबैले आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियोे । फिल्मप्रति दर्शकहरुको मिश्रित प्रतिक्रिया प्राप्त भएको थियो ।
प्रतिक्रिया