३० मार्च २०१७ देखि सर्वसाधारणको लागि खुल्ला गरेको स्वामित्व शेयर विक्री बन्द गरेको सगुनमा लगानी गर्ने अवसर पुनः प्राप्त हुने भएको छ । सगुनका संस्थापक गोविन्द गिरीको नाममा जारी गरिएको प्रेश विज्ञप्तीमा सो कुरा जनाइएको छ ।
९ फेबु्रअरी, २०१७ देखि सगूनले स्वामित्व शेयर विक्री खुल्ला गरेको थियो । प्रेश विज्ञप्ती अनुसार विश्वका विभिन्न ६१ वटा देशहरुबाट ३४४६ व्यक्तिहरुले लगानी गरेको र ३१ लाख ६ हजार ६४५ अमेरिकी डलर लगानीको प्रतिवद्धता व्यक्त भएको जनाइएको र सो रकम सगूनको खातामा आउने क्रम जारी छ ।
प्रेश विज्ञप्तीमा भनिएको छ – ‘ अबको दोश्रो चरणमा शेयर विक्री गर्ने जिम्मा अमेरिकाको बुस्टेड सेक्युरिटिज एलएलसीले लिएको जानकारी गराउन चाहन्छौँ । बुस्टेड सेक्युरिटी अमेरिकामा लामो समय देखि सेयर सम्बन्धी काम गर्दै आएको कम्पनी हो । पहिलो चरणमा लगानी गर्न नपाएका अमेरिकाका टेक्सस, एरिजोना, फ्लोरिडा, लगायत विश्वभरका अन्य भागबाट लगानी गर्ने चाहना गर्दागर्दै छुट्न गएका व्यक्तिहरुले सो ब्रोकर कम्पनी मार्फत खरिद गर्न सक्नेछन् । तर शेयर विक्रीको सम्पूर्ण जिम्मेवारी सोही कम्पनीको हुने भएकोले लगानी गर्नु पर्ने न्यूनतम रकम, शेयर विक्री खुल्ला र अन्त्य लगायतका बारेमा ब्रोकर कम्पनीले नै निर्धारण गर्नेछ । सो सम्वन्धमा ब्रोकर कम्पनीले उपलब्ध गराउने सूचना र जानकारी सगुन मार्फत पनि उपलब्ध गराइनेछ ।’
यस विषयमा सगूनका संस्थापक गोविन्द गिरीलाई सम्पर्क गरि थप प्रष्ट पार्न अनुरोध गर्दा उनले भने – ‘हो अबको चरणमो ब्रोकर कम्पनीले सगुनको बाँकी शेयर विक्री गर्ने काम गर्दैछ र पहिलो राउण्डमा लगानी गर्न छुटेका इच्छुक सबैले सोहि ब्रोकर कम्पनी मार्फत लगानी गर्न पाउँछन् ।’
गिरीले अगाडी भने ‘अबको राउण्डमा शेयर विक्रीको सम्पूर्ण व्यवस्थापन र निर्णय ब्रोकर कम्पनीले नै गर्ने हुन्छ । सगूनको भूमिका केहि पनि हुन्न । सो कम्पनीले संस्थागत लगानीकर्ताहरुको बीचमा शेयर विक्री गर्ने बताइरहेको हुंदा न्यूनतम लगानी रकम कति निर्धारण गर्नेछ भन्ने विषयमा हालसम्म हामीलाई कुनै जानकारी छैन । तर पहिलो चरणमा अमेरिकाका टेक्सास लगायत चार वटा राज्यहरुकोे कानूनी व्यवस्थाको कारणले चाहना र क्षमता हुंदा पनि सगुनमा लगानी गर्न कसैले पाएनन् । ती राज्य लगायत बाहिर देशहरुबाट पनि लगानीको अवसर पुनः खुल्ला गर्नु प¥यो भन्ने अनुरोधहरु प्राप्त भइरहेका छन् । अब अर्को चरणमा सबैले ब्रोकर डिलर मार्फत लगानी गर्न पाउनु हुनेछ ।’
पहिलो चरणमा जस्तै सगुन आफैंले शेयर विक्री किन नगर्ने र किन ब्रोकर कम्पनी मार्फत नै जानु परेको हो भन्ने विषयमा सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले यसो भने – ‘सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिसनले तोके अुनसार ब्रोकर कम्पनी मार्फत नै शेयर विक्री गर्नु पर्नेछ । त्यसैले पहिलो चरणमा पनि सगुन आफैंले शेयर विक्री गरेको होइन, हामीले त मार्केटिङ गरेको मात्र हो । शेयर विक्री लगायत लगानी रकमको व्यवस्थापन अर्कै कम्पनी मार्फत नै गरिएको थियो । तर अबको चरणमा पूर्णरुपमा ब्रोकर कम्पनी मार्र्फत नै शेयर विक्री कार्यक्रम हुनेछ ।’
‘तर पहिलो चरणमा लगानी गर्न नपाउने सर्वसाधारणहरुकोलगि समेत उपयुक्त हुने गरि लगानीको न्यूनतम रकम तोक्न ब्रोकर कम्पनीलाई अनुरोध गरिरहेका छौँ । ठूला लगानीकर्ताहरुको बीचमा शेयर विक्रिी गर्ने योजनाकासाथ ब्रोकर कम्पनी अगाडि बढेकोले हाल विक्री भएर बाँकी रहेका शेयरहरु विक्री भइसकेको खण्डमा सर्वसाधारणहरुले लगानी गर्न सक्ने अवस्था भएमा पनि लगानी गर्न नपाउने हुनसक्छ ।’ सिटौलाले बताए ।
सगुनका आधिकारिक व्यक्तिहरुका अनुसार ब्रोकर कम्पनीले शेयर विक्री सम्वन्धी सबै सूचनाहरु, लगायतका सबै जानकारी र सूचनाहरुसगुनको साइटमा पनि उपलब्ध हुनेछ तर सगुन आफैंले दोश्रो चरणमा शेयर विक्री सम्वन्धी कुनै पनि काम गर्ने छैन । प्रेश विज्ञप्तीमा उल्लेख गरिए अुनसार अमेरिकाका टेक्सास लगायतका राज्यहरुबाट पनि यस चरणमा सगुनमा लगानी गर्न पाइने छ तर न्यूनतम रकम कति हुने भन्ने ब्रोकर कम्पनीले निर्धारण गरेपछि सर्वसाधारणहरुमा सगुनले पनि जानकारी उपलब्ध गराउने छ ।
सगुनले अबको केहि महिना भित्रमा एप र यस वर्षको अन्तसम्ममा सोसीयल स्मार्ट कार्ड बजारमा ल्याउने जनाएको छ ।
विश्व भरि छरिएर रहेका नेपालीहरुको बीचमा नेपालीले शुरु गरेको सगुनले आशाका किरणहरु छर्न सफल भएको देखिन्छ । तर श्रोत, साधन र प्रविधिले पूर्ण भएका बजारमा स्थापित सामाजिक सञ्जालहरु र इकमर्श साइटहरुको बीचबाट उभिएर आफूलाई स्थापित गराउन सगुनले थुप्रै चुनौतिहरुको पनि सामना गर्नु पर्ने हुनसक्छ ।
थप जानकारीको लागिः https://www.sagoon.com/invest
ब्रोकर कम्पनी सम्वन्धी जानकारीको लागिः http://www.boustead1828.com/
प्रतिक्रिया