गोर्खा रेजिमेन्टले विधाई गर्दा खुशी लागेको छ : नेता सुवास

इनेप्लिज २०७३ चैत २९ गते २३:४१ मा प्रकाशित

लण्डन, २९ चैत्र । गत महिना पारिवारिक भेटघाटका सिलसिलामा बेलायत भ्रमण आएका नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सदस्य तथा युवा नेता सुवास राई नेपाल फर्किएका छन् । लण्डन विमानस्थलबाट आज साँझ नेता सुवास काठमाण्डौं प्रस्थान गरेका हुन् ।

नेपाली काग्रेसमा आवद्व भइ सक्रिय राजनीतिक गोरेटोमा लागिरहेका नेता सुवास छोटो समयमा नै केन्द्रिय राजनीतिमा दरिलो पकड बनाएका एक युवा नेता हुन । केन्ट,फोक्सटनस्थित नेपाली रेष्टुरेन्ट लेमनलिफमा गोर्खा बटालियनका दरवन्दी विभागका प्रमुख क्याप्टेन डिल्लीकुमार राईले सम्मान कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा मेजर राज राईले नेता सुवासलाई राजनीतिक गोरेटोमा लागिरहन आश्वसन दिदै उत्पे्रणा दिएका थिए ।

नेता राईले गोर्खालीेहरुका हक हितकालागि आफ्नो क्षमताले भ्याए सम्म सदनमा आवाज राखिरहने प्रतिवद्वता व्यक्त गरेका थिए । गोर्खा रेजिमेन्टका गोर्खा मेजर गजेन्द्र आङ्गदेम्वे,क्याप्टेन मिलन राई, भोजपुर निवासी क्याप्टेन राम राई, रेजिमेन्टल सार्जन्ट मेजर वारेन्ट अफिसर वान संगम राई, वारेन्ट अफिसर टु शिवकुमार राई, अरुणहाङ्ग नेम्वाङ्ग, लाखबहादुर गुरुङ्ग, हवल्दार रिचर्ड गुरुङ्ग, काजि राई,संन्देश राई,भिम राई,धरान निवासी दुर्गा लिम्वु र राम लिम्वुलगायत सयौ गोर्खा सैनिकहरुले प्रोत्साहित गरेका थिए ।

विग्रेड अफ गोर्खाज अन्र्तगत दोश्रो गोर्खा रेजिमेन्टबाट अवकाश प्राप्त नेता सुवास राई नेपाली काग्रेस पार्टिको केन्द्रिय तहमा सक्रिय नेता बनिरहेका छन् । सुनसरी धरानमा बाल्यकाल विताएका राई वि.सं. २०५२ सालमा विग्रेड अफ गोर्खाजमा भर्ति भएका हुन् ।

बाल्यवस्थाबाटै राजनीतिक प्रति अत्यन्तै रुचि राखिरहने राईले दोश्रो गोर्खा रेजिमेन्ट बेलायतमा झण्डै दुई दशक सेवा गरेपछि अवकाश लिएका हुन् ।

गोर्खा बटालियनमा रहदा नेता सुवास एउटा जेहेन्दार सैनिक संगसगै राजनीतिमा पनि चासो राखिरहन्थे । उनि गोर्खा बटालियनबाट अवकाश लिए पछि नेपाली काग्रेसको १३औ महाधिवेशन सुनसरी क्षेत्र नंम्बर १ बाट महाधिवेशन प्रतिनिधि सदस्य चयन भएका हुन् । लाहुरे जीवनबाट सुरु गरेको संघर्षलाई अन्ततः लाहुरेहरुको दस्तावेजको रुपमा प्रस्तुत गरिरहेका छन् । लाहुरे भएर पनि नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि सदस्यमा चयन हुदा उत्कृष्ट चर्चा पाईरहेका छन् ।

गोर्खालीहरुको दुई सय बर्षको ईतिहासमा पहिलो पटक नेपाली काग्रेस महाधिवेशन प्रतिनीधि सदस्य निर्वाचित बनेर गोर्खाली ईतिहास जर्गेना गर्न सफल युवा राजनीतिक नेता सुवास राई गत महिना बेलायत भ्रमणमा रहदा उनलाई बेलायतमा रहेका संघ संगठन र जातिय संस्थाहरुले कार्यक्रम गर्दै सम्मान गरेका थिए ।

परिवार र आफन्त भेटघाटको सिलसिलामा आएका राई देश र समाजकालागि राजनीतिमा लागिरहने र पारिवारीक समय मात्र भनेर समाजबाट टाढा रहन नसक्ने बताए ।

उनले भने–‘बेलायतमा रहेका नेपालीहरुले दैनिक बेलायतको नियम कानुनको रुपमा प्रजातान्त्रिक अभ्यास गरिरहेका छन् ,जुन अभ्यासलाई नीतिगत र सैदान्तिक रुपमा अपनाउन सकिए मुलुकलाई पनि फाईदा हुन सक्छ ।’

राष्ट्रमा दुई दशक पछि हुन लागेको स्थानिय चुनावमा देश तथा प्रदेशमा रहेका परिवार तथा आफÞन्तहरुलाई सम्पर्क गरि आफ्नो पार्टी नेपाली काँग्रेसलाई सहयोग पुर्याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया