ध्रुब क्षेत्री , आम्सिक रुपमा नेपालमा धेरै परिवर्तन भएका थिए तर वास्तविक जनताको हक र अधिकार को लागि संघीय राज्य प्रणालि र गणतन्त्र नेपाल मुलभूत रुपमा बाँकि थियो त्यसैको उपलब्दीका खातिर लामो समय संगर्ष गर्दै जनयुद्ध देखी लोकतान्त्रिक आन्दोलन सम्म आफ्नो जिबन को पुर्बार्ध गुजारेका र संबिधान मार्फत उक्त उपलब्दी हासिल गर्न सफल भएका गैडाकोटका लोक प्रिया हस्ती श्री आशिष बि सी, ले अबको निकास आर्थिक बिकास भन्ने नारालाइ जनतामा लागु गर्न र कुनै पनि बिभाग वा ठाऊको नेतृत्व गर्नु आबस्याक संजी हाल गैडाकोट नगरपालिका को मेयरपदमा आफ्नो उम्मेदवारी दिएर त्यहाँ का स्थानीय बासिन्दा को सेवा गर्ने बताएका छन्!
नयाँ शक्ती पाटि नेपाल का प्रभावसाली युवा नेता तथा केन्द्रिय सदस्य आसिस बि.सि. नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका को नगर प्रमुख मेयरको सम्भाबित उमेदवारका रुपमा तल उल्लेखित आफ्नो चुनाबी एजेन्डा सहित जनता समक्ष जादै रहेको बताए ।
बि सी. का एजेन्डा यस्ता छन्:-
१.गैंडाकोट नगरपालिका भित्रका सुकुम्बासी बस्तिलाइ ब्यबस्थित गर्दै लालपुर्जा वितरण.
२. बिधुतिय महसुल शुल्क तिर्न बिगत २३ बर्ष देखिको लामो जनताले पाएको दुख लाइ अन्त्य गर्नको लागी बिधुत महसुल शुल्क तिर्न बाताबरण नगरपालिका र मातहतका कार्यलयमा ब्यबस्थित गर्ने
३. गैंडाकोट नगरपालिका हाम्रो नगरपालिका अभियान मार्फत गैंडाकोट नगरपालिका लाइ पर्यटन क्षेत्र घोषणा गर्ने ।
४ सास्कृतिक तथा धार्मिक क्षेत्रहरू लाइ पुरातत्त्व बिभाग मार्फत संरक्षण तथा सम्बर्द्धन गर्ने ।
५ जनता ले मध्यवर्ती क्षेत्र बाट पाएको दुखको अन्त्य गर्नको लागी गैंडाकोट नगरपालिका लाइ मध्यवर्ती क्षेत्र मुक्त गर्ने ।
६ भुमिसुधार कर लागु गर्ने तथा बैज्ञानिक भुमिसुधार लागु गर्ने ।
७ गैंडाकोट नगरपालिका भित्र सरकारी अस्पताल को बिकास गरि जनतालाइ स्वस्थ क्षेत्रमा सेवा दिने ।
८ रतनपुर क्षेत्रमा जाने बाटो र ढोडेनि जाने सडक पिच पक्की निर्माण गरि रतनपुर क्षेत्र बिधुत ,शिक्षा ,कृषि आदिमा बिकास गर्ने
९ गैंडाकोट नगर शहर बिकास को लागी नगर शहर बजार निर्माण र जनताको उत्पादन कृषि बस्तुजन्य लाइ सहकारी बजार ब्यबस्था निर्माण गर्ने
१० अमारापुरी मुकुन्दपुर क्षेत्र लाइ बिकास को लागी पर्यटन क्षेत्र ,कृषि ,स्वास्थ ,शिक्षा र बिधुत महसुल शुल्क तिर्ने कार्यलय बनाउने ।
११ समाबेसी रुपमा दलित ,जनजाति ,थारु ,सुकुम्बासी ,मुस्लिम समुदाय क्षेत्रहरू को लागी बिभिन्न कार्यक्रम द्वारा जनचेतना मुलुक र शिपमुलुक कार्यक्रम ल्याउने ।
१२ ब्यबस्तिथ बजारको निर्माण गर्ने, जस्ता दिर्गकालिन र जनताका दैनिक आबस्यकताका बारेमा जनतामा जाने र आफुले जीतेमा यी एजेन्डा जसरि पनि लागु गर्ने बताएका छन्!
प्रतिक्रिया