क्यानडाका बालप्रतीभामा अर्को नाम : पासाङ्ग नामग्यान शेर्पा

इनेप्लिज २०७३ चैत २८ गते ९:१९ मा प्रकाशित

भनिन्छ प्रतीभाले सधै आकाश खोज्ने गर्छ । त्यो आकाश हामी अविभावक, समुदाय, संस्थाले उपलब्ध गराउन सक्नु पर्छ । आकाश नपाएका प्रतीभाहरु समयको अन्ध्यारोमा त्यसै बिलाएर जान्छन् । उदाईरहेको प्रतीभाले आकाश पाउँदै गयो भने त्यसले लक्ष्य प्राप्त गर्न सन्छ । पचासको दशकदेखि नेपालीहरुको आगमन शुरु भएको क्यानाडामा विस्तारै विस्तारै नेपालीका सन्नतिहरुले क्यानाडामा आफ्नो पहिचान बनाउन थालेका छन् । आजको मितिमा क्यानाडामा बसोबास गर्ने नेपाली समुदायबाट दिनानुदिन नयाँ प्रतीभाहरुको उदय हुन थालेको समाचार सुन्न पाइन्छ । अझ फेस बुकका माध्यमबाट यस्ता प्रतीभाहरुको जानकारी अविभावकहरुबाटै प्रेषित गरिन्छ । नयाँ गनतब्यको खोजिमा आफ्ना अविभावक आमाबुवासँग क्यानाडा प्रवेश गरेका र यही जन्मेका नेपाली बालबालिकाहरुले विस्तारै क्यानाडामा आफ्नो आकाश पैmलाउँदै गईरहेका छन् । यस्तै प्रतीभाहरुको फेहरिस्तमा मैले टाई काण्डोका राष्ट्रिय खेलाडी राजकुमार राईका सुपुत्र सतिस राईको नाम पहिलोपटक सुनेको भेटेको र उनको मार्सल आर्टको कला प्रतीभा हेर्ने मौका पाएको थिए । राजकुमार राईले क्यानाडा आएपछि टाई काण्डो कक्षा संचालन गर्न थाल्नु भएको थियो । आजभन्दा बीस वर्षअघि शिव लेप्चाले शुरु गर्नु भएको पहिलो टाई काण्डो ईन्टिच्युटमा प्रशिक्षक भएर मार्सल आर्टको तालिम दिदै सतिसलाई पनि सिकाउनु भयो । बुवासँग तालिम लिएर सतिसले सन् २००१ म कक्षा ८ मा पढ्ने क्रममा नै टाई काण्डोमा ब्लेक बेल्ट लिएका थिए । हाल सतिस आफ्नै मार्सल आर्ट ईन्टिच्युट संचालन गर्दै आइरहेका छन् । त्यसपछि अर्को प्रतीभा आस्था तामङ्ग मास्केको नाम पनि पहिलोपटक सुनेको भेटेको र उनलाई सुन्ने मौका पाएको थिए । उनको गायन प्रतीभा आफैमा एउटा उदाहरण बन्दै गईरहेको थियो । त्यसपछि क्यानाडाको आकासमा नेपाली बालप्रतीभाहरुले विस्तारै आफ्नो स्थान बनाउँदै जान थालेको देखिन्छ । यसअघि पनि नेपाली बाल प्रतीभा रहेको अनुमान गर्न सकिन्छ र त्यो खोजको विषय पर्यो ।
त्यसपछि सास्वत कोईरालाको नाम क्यानाडाको क्रिकेट समुहमा देखेपछि नेपाली समुदायलाई गर्व महसुस भएको थियो । कक्षा ९ मा अध्ययनरत् रहदा उनले सन् २००८ मा मेयर कप टुर्नामेन्टमा सफलतम् खेल प्रतीभा देखाएर सन् २०१० मा बेलायतको लण्डनमा भएको विश्व मेयर कप क्रिकेट प्रतियोगितामा क्यानाडाबाट प्रतिनिधित्व गरेका थिए । यसरी नै सुदिप कर्माचार्यले विन्सटोन चर्चिल विद्यालयमा अध्ययनरत् रहदा १० कक्षाबाट १७ वर्ष मुनिका सन् २०१३ को उत्तर अमेरिका अन्तर विद्यालय फुटबल प्रतियोगितामा क्यानाडाको प्रतिनिधित्व गर्दै अमेरिकाको साउथ क्यारोलोनामा खेल्न पुगेका थिए । मार्सल आर्टको कुरा गर्नु पर्दा नेपालीहरु दक्षिण एशियामा मात्र नभएर विश्वस्तरीय प्रतियोगितामा पनि अब्बल खेलाडीका रुपमा परिचित हुँदै आएका छन् । तिनै नेपालीका सन्ततीहरु अहिले नेपालबाहिर आफ्नो प्रतीभा देखाएर बेग्लै पहिचान बनाउन सफल भएका छन् ।
अर्का बाल प्रतीभाको सूचिमा विधान वर्माको नाम लिन सकिन्छ । सानैदेखि मार्सल आर्टसँगै लेखनका शौकिन विधानले ८ वर्षको उमेरमा २००७ मा मार्सल आर्टमा बेल्ट पाएका थिए । उनलाई अचानक क्यानाडाको लोकप्रिय च्यानल ट्वान्टी फोर आवर्समा देखेपछि नेपाली समुदायलाई गर्व अनुभव भएको थियो । खेलकूदका अतिरिक्त कविता लेखनमा रुचि राख्ने विधान अहिले विशाल टोरोन्टोमा चर्चाको विषयमा रहेको युनिफेक्ट समूहसँग आवद्ध छन् । यो समुह चेतना मूलक लययुक्त काव्यात्मक प्रस्तुतिका माध्यमबाट समाजका विसंगतिमाथि प्रकाश पारेर सामाजिक चृतना जगाउने का मगर्दै आएको छ । ¥यापसंगीतलाई माध्यम बनाएर कुलतबाट युवाहरुलाई जोगाउने कार्यमा युवाहरुको समुह युनिटी युथ लिडरको नामले परिचित युनिफेक्टलाई विभिन्न संघसंस्थाले पनि युवाहरुलाई सही मार्गमा परिचालन गर्न प्रयोग गर्दै आएको छ । फ्रान्सेली भाषाका ज्ञाता विधान लेखनमा विशेष रुचि राख्दछन् । विधानका रचनाहरु स्टार भ्वाईससँगै विभिन्न पत्रिकामा प्रकाशित हुँदै आएको छ । विशेष गरेर युनिफेक्टका माध्यमबाट चर्चामा रहेका विधान विद्यालय र क्याम्पसमा गएर यस विधाका बारेमा कक्षा पनि संचालन गर्ने गर्दछन् ।
१९ वर्षीय विधानको अर्को प्रतीभा भनेको क्यानाडामा जन्मेर पनि उनी प्रष्टसँग नेपाली बोल्ने गर्दछन् । ६ वर्षको उमेरमा एकपटक मात्र नेपाल पुगेका विधानसँग कुरा गर्दा नेपालमा नेपालीसँग बोलेको जस्तै लाग्छ । यसका लागि उनका अविभावक विश्व र बिना वर्मा धन्यवादका पात्र हुन । जसले घरमा सधै नेपाली वातावरण बनाईनै राखे । यसरीनै घरमा नेपाली वातावरण बनाईरहे र घरमा नेपालीमा कुरा गर्ने बानी बसाले हाम्रो भाषासँगै परम्परा र संस्कृति सधै बाँची रहने छ ।
संगीतकै माध्यमबाट आफ्नो प्रतीभा पस्केर क्यालगरीका संगीतमा ट्रङ्सका नामले परिचित अभी बस्ताकोटी आज संगीतको विशेष अध्ययनमा व्यस्त भएका छन् । संगीतप्रति रुचि राख्दै आएका अभीले २०१५ को टेन एट टेन अनलाईन रेडियो अन्तराष्ट्रिय संगीत निर्माण प्रतियोगितामा क्यालगरीबाट प्रतिनिधित्व गर्दै दोस्रो रनरअप हुन सफल भएका थिए । यही सफलतापछि उनलाई बिट ड्रप र डिजे संगीत प्रक्रियाका बारेमा विशेष अध्ययन गर्न चौबिस सय डलर छात्रवृति प्राप्त भएको थियो । यसरी संगीतको लतले उनलाई डो¥याउदै संगीतमय वातावरणमा पु¥याइदिएको छ । उनले २०१६ को वार्षिक समर फेष्टिभलमा हिपहप क्यानडाको प्रस्तुति गरेका थिए । त्यसपछि उनले टेन एट टेन रेडियोका लागि संगीत निर्माण गरेर प्रशारण गराउन थाले । पहिलोपटक सेल्स गेम जस्तो सांगीतिक कार्यक्रम निर्माण गरेर टेन एट टेन रेडियोबाट प्रशारण गराएर धेरैनै अन्तराष्ट्रिय पुरस्कारहरु प्राप्त गर्न सफल भएका थिए । उनले अहिलेसम्म पचासवटाभन्दा बढी म्युजिक ट्रेक निर्माण गरेर विश्वका धेरैनै संगीतकारहरुसँग काम गर्ने मौका पाएका छन् । हाल अभी बस्ताकोटी आफ्नो पहिलो संगीत एल्बम निर्माण गर्नमा व्यस्त छन् । उनको सफलतानै समुदायको खुशी हो ।
यस्तै प्रतीभावान नेपाली सन्ततिको लाममा पछिल्लो पंक्तीमा पासाङ्ग नामग्यान शेर्पाको नाम आएको छ । ११ वर्षीय पासाङ्गले क्यानाडाको प्रतीनिधित्व गर्दै अलग्रेभ यूथ क्लब पोर्चुगलको आयोजनामा अन्डर सेभेन्टीनको अलग्रेभ युथ कपस् द न्यू बल्र्ड कप प्रतियोगितामा रोबर्ट क्यानडा सकर एकेडेमीबाट खेल्दै छन् । नेपाली समुदायमा चिरपरिचित गायक मिङ्गमा नोर्गे शेर्पाको छोरा पासाङ्ग नामग्यान शेर्पालाई तीन वर्षको उमेरदेखि नै फुटबलप्रति रुचि जाग्दै आएको बारे मिङ्मा बताउछन् । खेलकूदका अन्य विधामा पनि रुचि राख्दै आएका पासाङ्गले सितारियो कारातेको अभ्यास पनि गर्दै आएका थिए । विस्तारै छोरोको झुकाउ फुटबलतिर बढ्दै गएपछि बुवाले पनि छोरोको प्रतीभा निखार्न आफ्नो समय उभारेर छोरोको अभ्यासलाई निरन्तरता दिन सम्बन्धित अभ्यासस्थलसम्म पु¥याउने र ल्याउने कामलाई निरन्तरता दिदै गए । यही घरायसी सहयोगबाट आज पासाङ्ग आफ्नो आमा बुवाको लागि मात्र नभएर पुरै क्यानेडियाली नेपाली समुदायको नाममा अझ भनौं क्यानाडा राष्ट्रको प्रतिनिधित्व गर्दै अण्डर सेभेन्टिन फुटबल प्रतियोगितामा सहभागिता जनाउन पोर्चुगल जाँदैछन् । विश्वका महान फुटबल खेलाडी मेसी र नेमारलाई आफ्नो आदर्श मान्दै आएका पासाङ्गलाई यही खेलप्रति बढी रुचि भएकोले यसैलाई निरन्तरता दिने ईच्छा पोख्छन् ।
गत शनिवार ८ अप्रेलका दिन पासाङ्ग आफ्नो आमासँग पोर्चुगलका लागि टोरोन्टोबाट उढी सकेका छन् । अलग्रेभ यूथ क्लब पोर्चुगलको आयोजनामा अण्डर सेभेन्टिन अलग्रेभ युथ कपस् द न्यू वलर््ड कप यही अप्रिल ९ देखि १५ सम्म पोर्चुगलमा हुँदैछ । यस फुटवल प्रतियोगितामा विश्वका ३ हजार २ सय खेलाडीहरुको सहभागीता रहने छ । अण्डर सेभेन्टिनको वलर््ड कपमा पाँचवटा महादेशका दुईसय समूहले भाग लिदैछन् । रोबर्ट क्यानडा सकर एकेडेमीको तर्फबाट पासाङ्ग नामग्यान शेर्पा आफ्नो सहभागिता जनाउदै मिड फिल्डर र स्ट्राईकर भएर खेल्दै छन् । उनको प्रतीभाले खेलले उचाई चुम्ने संभावना उनका अविभावकहरुले देखेका छन् । पासाङ्गको फुटबल खेल्ने रहर सानोदेखि नै रहेको थियो । उनले विद्यालय स्तरबाट यसअघि पनि विभिन्न फुटबल प्रतियोगितामा सहभागी बनेर आफ्नो खेल प्रतिभा देखाएर बफेलो सिटी गोल्ड मेडल, काटा डेमो प्रोभेन्सियल गोल्ड मेडल, कुमेटे सिल्भर मेडल लगायतका पुरस्कारबाट विभूषित भईसहेका छन् ।

अहिले क्यानाडाका नेपाली समुदाय पासाङ्गको सफलताको लागि प्रार्थना गर्दै विजयको समाचार कुरी बसेका छन् । क्यानाडामा नेपाली समुदायको संस्थागत विकास हुँदै गईरहेको छ । यहाँका संस्थाहरुले वार्षिक क्यालेण्डर बनाएर विभिन्न मनोरञ्जनात्कम कार्यक्रमहरुको आयोजना गर्ने गराउने गर्दै आईरहेकाछन् । यस्ता संस्थाहरुबाट बाल प्रतीभालाई प्रोत्साहित गर्ने कार्यक्रमहरुको पनि आयोजना हुनु पर्छ । नेपाली कक्षा संचालन गर्नमा संस्थाहरु क्रियशिल भएर लागेका छन् । यसले नेपाली भाषालाई बचाई राख्ने छ । यस्तै नेपाली कक्षाहरुमा अतिरिक्त क्रियाकलापका कार्यक्रमहरुले स्थान पाउँदै जानु पर्छ । खेलकूदको नामबाट पनि संस्था बनेको छ । साहित्यको नामबाट पनि संस्था बनेको छ । संगीतको नामबाट पनि संस्था बनेको छ । यी संस्थाहरुबाट बाल प्रतीभालाई प्रोत्साहित गर्दै उनीहरुको प्रतीभालाई मूल्याङ्कन गर्ने प्रतियोगितात्मक कार्यक्रमको आयोजना पनि हुनु जरुरी छ । संस्थाले मञ्चमा बालबालिकालाई नचाएर आफ्नो कार्यक्रम सफल बनाउने गर्छन । यी कलाकारहरुको प्रतीभाको मूल्याफ््कन पनि हुन जरुरी देखिन्छ । बाल प्रतीभालाई आकाश दिनेकाम संस्थाहरुले गर्दै गयो भने नेपाली समुदायबाट भोलीका सतीस, आस्था, साश्वत, सुदिप, विधान र धेरै पासाङ्गहरु जस्तो प्रतीभा देख्न पाइन्थ्यो ।

(डा.गोविन्दसिंह रावत)

प्रतिक्रिया