भारतीय महिला समाचार वाचिका ले आफ्नै पतिको मृत्यु भएको समाचार प्रत्यक्ष प्रसारणमा यसरी वाचन गरिन (भिडियो सहित )

इनेप्लिज २०७३ चैत २७ गते २३:३३ मा प्रकाशित

एसोसिएट प्रेस

भारतमा स्थानीय टेलीभिजन(दूरदर्शन)मा काम गर्दै आएकी भारतीय एक महिला समाचार वाचिका ले आफ्नै पतिको मृत्यु भएको समाचार प्रत्यक्ष प्रसारणमा वाचन गरेकी छिन् l उनले तात्तातो समाचार (ब्रेकिङ्ग न्युज )वाचन गर्ने क्रममा उनलाई सम्बाददाताले ३ जनाको मृत्यु भएको सुनाएका थिए l नाम लिने क्रममा उनले आफनै पतिको मृत्यु भएको खबर पढ्नु पर्यो l

सुप्रित कौर नाम गरेकी संचारकर्मी भारतको आइबिसी२४ च्यानलमा बिहानको समाचार पढ्ने क्रममा दुखद समाचार आफनै कानले सुन्नु पर्यो l भारतको छत्तिसगढ बाट संचालनमा रहेको उक्त संचार माध्यमले गत शनिबार घातक सडक दुर्घटना बारेमा समाचार उनका समाचार दाताले जानकारी दिएका थिए ।

सम्बाददाताले ३ जनाको घाइतेको नाम लिएका थिएनन् तर कौरले उनका पति हर्सद कवाड़े मृत्यु हुनेहरुमा भएको महसुस गरेको समाचार एपीले लेखेको छ ।

त्यस्तो बिपतमा केहि क्षणको अलागी उनको आवाज काम्यो तर उनले आफुलाई सम्हालिन l र समाचार १० मिनेट सम्म नसकुन्जेल समाचार निरन्तर जारी राखेको उक्त संचार माध्यमका प्रमुख सम्पादक रवि कान्त मित्तलले जनाए l

जव उनले समाचार वाचन गर्न सकिन उनि त्यस पछि रुन थालिन l त्यस पछि उनले अझ बिस्तृत रुपमा सम्बाददातालाई खबर संग मागिन l

केहि बर्ष अगाडी मात्र बिवाहमा बाधिएकी थिइन् भने छत्तिसगढको रायपुरमा बसोबास गर्ने एपीले लेखेको छ l ९ बर्ष अगाडी देखि समाचार वाचिका को रुपमा काम गर्दै आएकी कौर चर्चित समाचार वाचक हुन् l उनको त्यो हिम्मत देखि सामाजिक संजालमा उनको चर्चा परिचर्चा र प्रसंसा हुन् थालेको छ l

प्रतिक्रिया