क्यालिफोर्नियाको लेक टाहोमा पहिल्यै गैसकेको भएता पनि साथीहरुको स्वरमा पोईला जाने भने झै फेरी लौत नी भनेर हामी खाजा खाई वरि जिपिएसलाई लेक टाहोको एड्रेस दिएर बाटो लाग्यौ। हाम्रो हाँसो र गीतले हामी मात्र हैन वरिपरिका खोलानाला पहाड पनि मुस्कुराएको जस्तो देखिन्थ्यो। बाटोमा बिश्राम गर्दै प्रकृतिको आनदसँगै फोटोमा उनलाई पनि हामीसँग कैद गर्दै साउथ लेकटाहो पूयौ। गाडि पार्क गरेर केहि खाजा खायौ कपडा फेर्यौ र हिउले हानाहान खेल खेल्दै हाईकिङ्ग गर्यौ ।
त्यसपछि एक घन्टाको लेकको किनारै किनार हुदै नोर्थ टाहोको हम्प्टोन इन होटेलमा पुगेर रमाईलो गर्यौ जाकुजीको आनन्द पछि सबैजना निद्रदेविको काखमा आराम गर्न पुग्यौ। बिहान पेटभरी मजासँग ब्रेकफास्ट खायौ र सबैको सल्लाहाले सबैको जीवनको पहिलो अनुभव स्किबाईक गर्ने उमङ्गका साथ लेक टाहो स्नोवोमोबाईल टुरको अड्रेस आईफोनमा खोज्दा पाईनौ र नजिकैको व्यक्तिबाट सबै जानकारी लिएर त्यहाँ पुग्यौ।
आधा घण्टा बाँकी भएकोले ठिक समयमा मात्र आउनु भनेर त्यहाँको सेक्युरेटिको अनुसार पछि ठिक समयमा हामी फेरी त्यहाँ पुग्यौ। हिउँले भरिको केहि भिरालो ठाउँमा स्कीबाईक गर्नेहरु हिउँको कपडा लगाएर तैयारी सोचमा थिए।
हाम्रो टोली पुगेर केहि अलमल हुनु स्वाभिक नै थियो, जीवनमा पहिलो चोटो त्यस ठाउँमा पुग्दैछौ र केहि नयाँ अनुभव गर्दैछौ त्यसैले पनि गरि हाल्नु भन्दा पहिला केहि बुझ्दा राम्रो भनेर हामीले सोध्यौ। अनलाईनमा दर्ता नगरेकोले हामीले त्याहाँ फम भर्यौ र दस्तुर सिंगल १६०, डबल १९० डलर रहेछ।
जस जान नचाहेकोले हामी चारजनाले दुई डबलको बाईकमा जान तैयार भयौ, स्किबाईकको लागि आफूसँग नभएको कुरा वा शंका लागेको कुरालाई रेण्ट्मा लियौ एक जोरको ५ डलरको दरले र सबैजना जोशका साथ होश पनि पुर्याएर रमाईलो गर्न वोरेण्ट टेसनलाई ध्यान दिएर सुन्यौ।
सबै कुरा राम्ररि बुझे बस गाईड्ले भनेको एउटा कुराले मनमा अलि डर पैदा भयो – ब्रेक र ग्यास एकैचोटि नाथिच्नु यदि यस्तो भएमा यो बाईक पल्टनेछ। शुरुमा बिष्णु बैनीले चलाउँन म पछि बसे। बाईक स्टार्ट गरिन र ग्यास थिच्नासाथ उफ्रन थाल्यो गाईडले पल्टन्छ भनेको कुरा दिमागमा आएर देब्रे पट्टिको भिर देखेर बाईक उफ्रेर यस भीरबाट खस्यो भने ठुलो समस्यामा पर्नेछ भनेर बिष्णु म चलाउछु हुन्छ? भनेर सोधे, हुन्छ दिदि भनेर उनले भने पछि म अघाडि बसेर बाईक स्टार्ट गरे, बाईक उफ़्रेन थाल्यो ह्याण्डिल कन्टोल गर्ने गाह्रो भयो, त्यहिँ भिर दिमागमा आएर बाईक सजिलोसँग चलाउन सकिन। गाईड्ले बेलाबेलामा मात्र हेरेर हातले ईसरा दिन्थे आएर केहि सिकाउने र साहास दिने काम किन नगरेको होला भने झैँ लाग्यो, यस्तै बिस्तारै गर्दै चलाउदै थिए मेरो मनमा टक्क – Brave Women (Worldwide) साहासी महिला (विश्वव्यापी) जुन मेरो संयोजत्वमा छाप्न गैरहेको छ त्यो कुरा आयो।
“यदि तिमीले यो गिभ अप गर्छौ भने त्यो स्मारिका छाप्ने काम तिमि कसरि पुरा गर्न सक्छौ?” त्यसपछि धेरै डर भाग्यो र सजिलै चलाए। केहिछिन पछि बैनीले पनि निर्धक्क चलाईन म पछाडि बसेर प्रकृतिको आनन्द लिदै यु डुईङ्घ ग्रेट भन्दै गरे। लक्ष्मी र अर्जुनले त शुरुमा नै मजासँग चलाएका थिए। गाईड्ले ह्याभेन स्की माउण्टेन एवं तालको सिन देख्ने ठाउँमा रोखेर फोटो भिडियो खिचिदियो र खुशी र उमंगले मात्र नभई नयाँ अनुभव प्राप्त गरेर हँसिलो मुहार लिएर धन्यबाद दिएर त्याहाँबाट हामी बिदा भयौ।
अमेरिकन सभ्यताले यो बुझ्दछ्की आफूले पनि त्यसै गरेर सिकेको भनेर यदि अरुलाई आफ्नो यस कुरामा रुचि जगाउन सकेन भने आफ्नो सपना पनि त पुरा हुदैन यो कुरा उनीहरु एकदम राम्रोसँग बुझ्दछ। हामी बाटोमा अप्ठयारोमा थियौ एक स्किबाईक आएको देखेर मैले बाईक रोकेर बसे तर उनि त हामीलाई साथ दिन आएको रहेछ, उनले पनि केहि भनेन ठिक छ भन्ने साईन दिएर गयो।
अमेरिकाबाट हामीले धन लान सकेन भनेर पछुताउनु पर्दैन त्यो भन्दा धेरै महत्वपूर्ण कुरा यहाँको बिकसित सोचलाई आफू भित्र बिकास गर्नु नै ठुलो प्राप्ति हो जस्तो मलाई लाग्छ। धन भन्दा अनमोल बिकसित सोचले आफ्नो मात्र बिकास हैन परिवार समाजको बिकास गर्न सक्छ, धनले घमण्ड नमित्याउला भन्न सकिदैन तर बिकसित सोचले त्यो भन्दा धेरै माथि सोच्न सक्छ।
प्रतिक्रिया