नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चलचित्र ‘सेतो सूर्य’ को प्रदर्शनबाट सुरु हुने

इनेप्लिज २०७३ चैत २२ गते २२:०३ मा प्रकाशित
वासिङ्गटन डिसी,  ४ अप्रिल,  २०१७ | नेपाल—अमेरिका फिल्म सोसाइटीले आयोजना गर्ने पहिलो नेपाल—अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (Nepal-America International Film Festival-2017) यहि ५—७ मे २०१७ हुन गइ रहेको कुरा सगौरव घोषणा गर्दछौं ।
यस वर्ष देखि प्रत्येक वर्ष आयोजना गरिने यो चलचित्र महोत्सवको पहिलो संस्करण अमेरिकाको वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिँदैछ । आगामी ५ मे शुक्रबार शुरु हुने महोत्सवमा दीपक रौंनियारद्धारा निर्देशित ‘सेतो सूर्य’ उद्घाटन चलचित्रको रुपमा प्रदर्शन गरिनेछ ।
चलचित्र  ‘सेतो सूर्यु भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र अमेरिकाको पामस्पिङ्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत भइ विश्वका स्थापित चलचित्र महोत्सवहरुमा सहभागी भइसकेको चलचित्र हो । यसैगरी महोत्सवको समानपमा भने मीन बहादुर भामद्धारा निर्देशित भेनिस अन्तराष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत, विश्वका स्थापित चलचित्र महोत्सवहरुमा सहभागी भइसकेका र ओस्कर अवार्डका लागि नेपालका तर्फबाट छनोट चर्चित चलचित्र ‘कालोपोथी’को प्रदर्शन गरिनेछ ।
चलचित्र महोत्सवको उद्घाटन युनिभर्सिटी अफ मेरिल्याडको होफ थिएटर कलेज पार्कमा रेडकार्पेट सहित विशिष्ट पाहुनाहरुको उपस्थितिमा आयोजना हुनेछ भने चलचित्र महोत्सवको समापन तथा पुरस्कार वितरण समारोह  मेरिल्याण्डस्थित सिल्भरस्प्रिङ्गको एएफआइ सिल्भर थिएटर  तथा कल्चर सेन्टरमा आयोजना हुनेछ । महोत्सवमा यसवर्ष विशेषगरी नेपाल, दक्षिण एशिया अमेरिकासहित विभिन्न देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र गरी २० ओटा चलचित्रहरु प्रदर्शन गरिनेछ ।
प्रदर्शनपछि चलचित्रबारे दर्शक र चलचित्र निर्माता/निर्देशक तथा कलाकारसँग छलफल गर्ने कार्यक्रम पनि रहनेछ । यसका साथै ७ मे अर्थात महोत्सवको अन्तिम दिन नेपाली डायस्पोरा र चलचित्र विषयक प्यानल छलफल आयोजना गरिनेछ भने प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।
यो महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरु, नेपाललगायगत विभिन्न देशका चलचित्रसम्बन्धी संघसंस्था र महोत्सवहरुसँगको सहकार्यमा आयोजना गरिनेछ । नेपाली डायस्पोरा समुदायमा चलचित्र संस्कृति (Film Culture)  निर्माणका लागि यो महोत्सवले प्रभावकारी भूमिका खेल्नेछ ।
चलचित्र प्रदर्शन कार्यक्रम तालिका र कार्यक्रमको सम्पुर्ण विवरणहरु वेभसाइटमा उपलब्ध छ । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि चललिचत्रकर्मी, समीक्षक, पत्रकार, चलचित्रसम्बन्धी संघसंस्था र सरोकारवालाहरुबाट सल्लाह सुझाबको हामी सधै स्वागत गर्नेछौं । नेपाल—अमेरिका फिल्म सोसाइटीले अन्य कार्यक्रमहरु पनि निरन्तर आयोजना गर्दै जानेछ ।
चलचित्रको पुरा विवरणको लागि यो लिंक हेर्नु होला अथवा  एट्याच फाइल हेर्नु होला |
http://nafilmsociety.org/festival-lineup/
थप जानकारीहरु भएमा हामीलाई संपर्क गर्नुहोला । Email: [email protected]

प्रतिक्रिया