एकै दिन कांग्रेस र माओवादी छोडी १३०० जना एमालेमा प्रवेश(भिडियो सहित)

इनेप्लिज २०७३ चैत २० गते १५:५८ मा प्रकाशित

CPN-UML Chairman KP Sharma Oli said that the ruling parties are faired  to conduct the local level elections slated for May 14 because of the “landslide victory” of his party.

Addressing a mass meeting of UML organised in Pokhara, Oli said  that the elections must be conducted at any cost, despite the disruption threat from some parties.

The former Prime Minister added that the reliance on Indian import brought about the shortage of food and petroleum products in the nation many often, so more border crossing-points with China should be opened up and the trade and transit treaty with the northern neighbour  should be implemented.watch video of kp oli speech at pokhara.

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बुढो बाह्रसिङे पार्टी भएको बताएका छन् । नेकपा एमाले कास्कीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै एमाले मात्रै देशको भक्ती पार्टी भएको दाबी गरे । उनले पहिले कांग्रेस देशभक्त पार्टी भएपनि हाल झाडीमा सिङ अल्झेको बाह्रसिङे हलचल गर्न सक्दैन कांग्रेस त्यस्तै भएको बताए ।

अध्यक्ष ओलीले नेपाल र नेपालीको हित विपरित संविधान संशोधन नहुने बताए । उनले देशका आवश्यकता र प्राथमिकताको आधारमा संविधान संशोधन गर्न सकिने तर बाहिरका कुनैको निदेशनका आधारमा राष्ट्रको हित वितरित आएको संविधान संसोधनको पक्षमा एमाले नउभिने दावी गरे । ओलीले केहि राजनीतिक दलहरुले हार्ने डरले निर्वाचन हुन नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए ।

उनले माओवादी केन्द्रको बारेमा भने आफूले कुनै टिप्पणी गर्न नचाहेको उनले बताए । ‘माओवादीको बारेमा केही भन्नु पर्छ जस्तो मलाई लाग्दैन,’ उनले भने । नेता ओलीले विभिन्न पार्टीबाट एमालेमा प्रबेश गरेका करिब १३०० जनालाई पार्टी प्रबेश गराएका थिए । सभा अघि पोखरा विभिन्न ठाउँबाट ¥याली आई चिप्लेढुङ्गामा सभामा परिणत भएको थियो ।

https://www.youtube.com/watch?v=KRkIBRHbcJ0

प्रतिक्रिया