ढुक्क हुनुहोस ! अध्यक्ष पदको दौडबाट पछि हट्ने छैन : गौरिराज जोशी ( एनआरएन अमेरिकाको आसन्न निर्बाचनमा अध्यक्ष पदका प्रत्यासी उम्मेदवार)

इनेप्लिज २०७३ चैत १९ गते ३:१० मा प्रकाशित

आसन्न एनआरएन अमेरिकाको निर्वाचनकै सर्बाधिक चर्चा छ, अहिले अमेरिकामा । सबैभन्दा ठुलो एनआरएन एनसिसीको रुपमा चिनिएको एनआरएन अमेरिकाको हालसालै सकिएको सदस्यता नविकरण अभियानले पून: एनआरएन अमेरिकालाई सबैभन्दा ठुलो बनाएको छ । त्यसो त चुनाबी माहौलमा बिभिन्न पदमा आ-आफ्नो नाम घोषणा गरेर प्रचार अभियानमा लागेका उम्मेद्वारहरुको ब्यस्तता कम छैन ।

एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेद्ववारी घोषणा गरेका उम्मेद्वारहरु पनि निकै ब्यस्त देखिन्छन । यसै बिच सर्बाधिक चर्चामा रहेको एउटा नाम हो, अध्यक्ष पदका प्रत्यासी गौरीराज जोशी । टेक्सासलाई कर्मक्षेत्र बनाएर समाजसेवालाई अगाडी बढाउंदै अहिले एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासी रहेका जोशी सम्भावित विजेताको रुपमा देखिएका छन । युवाहरुलाई समाबेश गराएर प्रवासमा एकता ल्याउने महत्वाकांक्षी नारा लिएर आएका जोशीसंग पत्रकार गोकुल ढकालको सहयोगमा किशन रेग्मीले गरेको सम्वाद ।

प्रतिक्रिया