सगूनले फेब्रुअरी ९, २०१७ देखि मिनी आइपीओ मार्फत विक्री खुल्ला गरेको कम्पनीको स्वामित्व शेयर सर्वसाधारणले मार्च ३०, २०१७ सम्म खरिद गर्न पाउने भएका छन् । सेयर खरिद गर्न नभ्याएका लगानीकर्ताहरुको आग्रहमा म्याद थप गरेको सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले सगूनको फेसबुक पेजबाट प्रत्यक्ष सम्बोधन गर्दे बताएका छन् ।
सगुनले यहि मार्च २७ तारिक मध्यरातीसम्म मात्र आवेदन गर्ने समय तोकेको थियो । सिटौलाका अनुसार अमेरिकाकोसमय अनुसार मार्च ३०, २०१७ को मध्यरातीसम्म फर्म भरिसक्नु पर्नेछ । सो समयलाई आधार मान्दा जुन देशमा जुन समय भएको हुन्छ सोहि समय सम्म आवेदन गर्न सकिनेछ । उदाहरणको लागि वासिङ्टन डिसीको सो मिति र समयमा अष्ट्रेलियाको सिड्नीमा मार्च ३१ दिउसोको ३ बजेको हुन्छ र सो समयसम्म पनि त्यहाँका इच्छुक लगानीकर्ताहरुले फर्म भर्न पाउनेछन् ।
त्यस्तै लगानी रकम पठाउनको लागि अन्तिम मिति सम्ममा फारम भरि सेकेको तर बैंक मार्फत पैसा पठाउन नभ्याएकाहरुले अन्तिम समयको ७२ घण्टा भित्रमा पैसा पठाउन सक्नेछन् । ७२ घण्टा भित्र लगानीकर्ताले बैंकमा गएर रकम ट्रान्सफर गर्ने समय हो, सगुनमा रकम आइपुग्नु पर्ने समय होइन । तर फर्म भरिसकेर जतिसक्दो चाँडो रकम पठाउँदा लगानी सुनिश्चित गर्न सकिने बताइएको छ ।
सिटौलाका अनुसार मार्च २७ सम्म दुइ हजार नौ सय भन्दा बढी सर्बसाधारणले २७ लाख डलरभन्दा बढी सगुनमा लगानी गरिसकेकाछन् । विश्वभरबाट नेपाली लगायत अन्य विभिन्न समुदायहरुबाट पनि लगानी आइरहेकोले लगानीकर्ताहरुको संख्या र विविध क्षेत्रको प्रतिनिधित्वले कम्पनीलाई उर्जा मिलेको बताए । विश्वव्यापीरुपमा आइरहेको उत्साहजनक सहभागिताले सगुनलाई आफ्नो लक्ष्यमा पुग्न बल पुगेको बताइएको छ ।
सर्वसाधारणहरुलाई निस्कानसन गरेको शेयर विक्रीको यो राउण्ड बन्द गरेपछि ब्रोकर डिलर बुस्टेड सेक्युरिटिज एलएलसीले बाँकी शेयर संस्थागत लगानीकर्ताहरु बीच विक्री गर्ने र सर्वसाधारणहरुका लागि यो अवसर पुनः प्राप्त हुन कठिन रहेको कुरा सिटौलाले सो सम्वोधनमा बताएका थिए ।
सगुनले भर्खरै अमेरिकाको ‘जब्स एक्ट’ अनुसार अमेरिकामा मिनि आइपीओ निस्कासन गर्ने अनुमति पाएको थियो । मिनि आइपीओ भोलि राम्रो प्रगति गर्ने सम्भावना भएका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति हो । यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अबसर पाउँछन् ।
मिनी आइपिओको मार्फत शेयर विक्री कार्यक्रम पश्चात सगुनले आफ्ना प्रोडक्ट वजारमा पूर्णरुपमा लाग्ने र आफ्नो ड्रिम प्रोडक्ट ‘सोसीयल स्मार्ट कार्ड’ बजारमा ल्याउने जनाएको छ । साथै आउँदो केहि महिना भित्रै सगुनको आफ्नो एप पनि निकाल्ने जनाएको छ ।
सिटौलाले आफ्नो सम्वोधनको क्रममा भने ‘सगून स्टार्टअप कम्पनी भएको हुँदा यसमा जोखिम छैन भनेर हामी भन्दैनौ । तर अबका दिनहरुमा यसको जोखिमको मात्रा दु्रत गतिमा घट्दै गएको हामीले महशुस गरेका छौँ ।’
सगुनका सहसस्थापक सिटौलाका अनुसार अहिले सेयर किन्ने सबैले सगुनको स्वामित्व पाउने बताए । ‘सगुनको सेयरभन्दा अहिले लगानी गर्नेले यसको स्वामित्व पाउने हो, उनले भने, सगुनको प्रगतिसँगै अहिलेका सबै लगानीकर्ता त्यसको सम्पत्तिको हकदार हुनेछन् ।’
सगुनमा लगानी गर्नको लागि कम्पनीको वेभसाइट https://www.sagoon.com/invest मा गएर फर्म भर्नुपर्ने र सगुनसंग सम्वन्धित कुनै पनि प्रकारका प्रश्न वा जिज्ञासाहरु भएमा [email protected] मार्फत सम्पर्क गर्न सकिने बताइएको छ ।
सगुनका सहसंस्थापक कविन्द्र सिटौलाको प्रत्यक्ष सम्वोधनः
https://www.facebook.com/sagoon.incorp/videos/757267827764261/
प्रतिक्रिया