अमेरिकाको भर्जिनिया निवासी आईटी एनालिष्ट साथै सफल ब्याबसायी बाबु सुबेदीको प्रयासमा चितवन जिल्लाको शारदानगर क्याम्पसमा साईबर अपराध र सुरक्षा सम्बन्धी २ दिने प्रशिक्षण सम्पन्न ।

इनेप्लिज २०७३ चैत ११ गते १६:२५ मा प्रकाशित

हाल अमेरीकाको भर्जिनीया निबासी समाज सेवा अनी आफ्नो मात्रीभुमी प्रती सदैब सहयोगी हात बढाउने जुझारु आईटी एनालिष्ट साथै ब्याबसायि युवा बाबु सुबेदीको प्रयास र प्रायोजकमा पश्चिम चितवन स्थित शारदानगर क्याम्पसका बिधार्थीहरुलाई कसरि साईबर अपराधबाट बच्न सकिन्छ भन्ने बिषयमा २ दिने तालिम सम्पन्न् भयो । २ दिन देखि चलेको यो कार्यक्रमको आज अन्तिम दिन पनि  करिब ५ घण्टा सम्म चलेको थियो र सो तालिम क्याम्पसका बिधार्थीहरुलाई दिईएको थियो ।

साईबर प्रशिक्षक तथा साईबर सेक्युरिटी इन्टरनेसनलका संयोजक पुजा गुरुङ, प्रशिक्षक निरज अधिकारी, शुष्मा ढकाल, मुना सापकोटा र पारस पौडेलद्वारा करिब ७० सहभागि विद्यार्थीहरुलाई प्रयोगात्मक तालिम दिईएको थियो । र पहिलो दिनको कार्यक्रममा पनि करिब ८० भन्दा बढि बिधार्थीहरु सहभागि भएका थिए। सम्पुर्ण सहभागि विद्यार्थीहरु पुर्णरुपले लाभान्वित भएको प्रतिकृया कार्यक्रममा सहभागि हुनु हुने शिक्षक र विद्यार्थीहरुबाट प्राप्त भएको थियो । दुबै दिनको कार्यक्रमको सुरुवातमा प्रायोजक बाबु सुबेदीले विद्यार्थीहरुलाई पठाउनु भएको करिब ६ मिनेटको भिडियो सन्देशबाट सुरु गरिएको थियो ।

पहिलो दिनको कार्यक्रममा वाहाँका पिता स्याम सुबेदीद्वारा कार्यक्रमलाई स्वागत गर्नुका साथै प्रायोजक बाबु सुबेदीको स्कुल अबस्थाको बारेमा बिधार्थीहरुलाई सुनाउनु भएको थियो भने कार्यक्रमको अन्तिम दिन सह-प्राध्यापकद्वारा प्रायोजक बाबु सुबेदीको बारेमा प्रकास पार्नु भएको थियो। आफ्नै गाउँमा, आँफु पढेको क्याम्पसका सम्पुर्ण विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने बाबु सुबेदीलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ। अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन ।

यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ। यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने 703-298-6151 or [email protected] मा संपर्क गर्न सक्नु हुनेछ ।

आजका सहभागी बिधार्थीहरुको नामावली यस प्रकार छ । 1st Day Participants

 

प्रतिक्रिया