नाक भन्नाले नेपालको उत्तरी पहाडी भागमा पाइने याकको पोथिलाई पनि नाक नै भनिन्छ । नाक त उसरी अर्को खासै शब्दमा सासै तान्ने, फेर्ने अर्थात सुँघ्ने काम पनि नाकैको दुइवटा प्वाल भएको अोठ माथिको अवयव अथवा नासिका घाणेन्द्रिय वाट गरिन्छ । त्यसरी नै अर्को शब्दाँ भन्ने हो भने चराको चुच्चो भएको अर्थात सुँघ्ने चिजलाई पनि नाक भन्निछ । यसरी एउटा शब्दको धेरै अर्थ खोज्दा व्यर्थ समय घर्कन्छ ।
जे जे भने पनि नाक त नाकै हो नि याकै को पोथी भने पनि मान्छेको सास फेर्ने प्वाल भने पनि अर्थात चरी चुच्चे च को चुच्चे नाक भने पनि गैंडा र हात्तीको नाकको कुरा अरे पनि भैँसिको थेप्चे नाकका कुरा अरे पनि नाक त नाकै हो हजुर ।
उसरी त नाकलाई इज्यत प्रतिष्ठा, मान मर्यादा आदिमा पनि जोडी फलानाले त नाकै फाल्यो । फलानाले हेर न आजकाल नाक फूलाएर हिँडछ । फलानाले नाकै काट्यो भन्दै आदी इत्यादि साना-साना शब्द सँग जोडने र धेरै अर्थ गोड्ने चलन त प्रसस्तै छ ।
तर यहाँ नाकैको कुरा गर्दा दश गजा नाकै को पनि याद आएर मुटु चसक्क हुन्छ किन भने म कंचनपुर जिल्लाको पुनर्वास भन्ने ठाउँको नाकैयाँ हुर्क्या मान्छे नाकैको कुरा अर्दा वर्षौ देखिको यादले पोलेको मन र दुख्या नाकाँ अहिले त झन मेरै गाउँको भाईले नाकैका कारणाँ ज्यान गुमाउनु पर्दा असाध्यै दु:ख र दर्दको जलनले थिलो थिलो भएको छ मन ।
जे होस् कुरो त्यसो नभएर म यसपटक न्युअोर्काँ फागुन लाग्दा के हिउँ पर्ला र भनेर गएको थिएँ । बास्तवाँ नभन्दै म त्यहि बाटो न्युअोर्का नाक छाम्न गएँ । न्युअोर्काँ पुगेको दोस्रो दिन बिहानै नेपाली नाक एउटा होटलाँ पाल्नु भएको खबरले हामी पनि गयौ । नभन्दै नेपाली नाक बोकेर नेपालकै ठुला ठुला पदाँ आसिन सरकारी कर्मचारी मन्त्री ज्यूको दलवल सहित आगमनको खबरले नेपाली नाक हेर्न म पनि पुगें ।
त्यहाँ त पत्रकारको ताँती नेपाली टोपी पनि खाँटी हेर्दै रहर लाउदो हजुर, पत्रकारा नाक एनआरएनको ताँती एनआरएनएका नाक,सरकारी ताँती, सरकारी नाक मन्त्रिमण्डला ताँती मन्त्रिमण्डला नाक, नाक त कती हुन कती ? जती हेरयो उत्ती फरक हेर्न र कुरा सुन्न गजव ।
पत्रकार मंहोदय धेरै बेर देखी नेपाली नाकको हेर बिचार गर्दै हुनुहुन्थ्यो तर नेपाली नाक भने न्युअोर्का हिँउको चिसो बग्दै थियो भने नेपाली नाकलाई तल बग्न नदिएर माथि सुँक्क सुँक्क गर्दै तान्दै हुनुहुन्थ्यो ।
त्यो देखेर नव बिदेशी पत्रकार, न्युअोर्क बासी पत्रकारलाई चित्तै नबुझेर होला के सोध्ने के नसोध्ने भनेर प्रश्नका बारेमा सोच्दा सोच्दै ठयाक्कै एकजना होनहार पत्रकारले सोध्नु भयो ? ” हामीले पहिला देखी नै देखी रहेका थियौ । तपाईंहरु नाकवाट तल बग्दै गरेको द्रव्यलाई तल झर्न नदिएर सुँक्क सुँक्क गर्दै माथि तानी रहनु भएको छ । यो त सरासर गलत हो । यस किसीमको हजुरहरूको नेपाली नाकको हामी घोर भर्त्सना गर्दछौ ।”
त्यसको उत्तराँ नेपाली नाकका नाइकेले भन्नु भयो “हेर्नुहोस यहाँ हामी नेपालबाटै मन्त्रीमण्डल,नेताहरु पत्रकारहरु र सरकारी टोली अमेरिकाको न्युअोर्काँ झर्न नपाउँदै हिउँपातले न्युअोर्कलाई अस्तव्यस्त बनाएर अमेरिकी सरकारले नेपाली नाकलाई षड्यन्त्र गर्यो । त्यसको हिफाजताँ हामीले के गर्नु पर्छ भनेर सल्लाह गर्दै छौ हाम्रो मिटिँग शुरु हुँदैछ । यसलाई कसरी निकास दिने भन्ने बारेमा माथिबाट खबर आउँदैछ अनी बल्ल हामीले नेपाली नाक ठाडो पार्न जे गर्दा उपयुक्त हुन्छ त्यही गर्छौ । किनकी यो हाम्रो मात्रै नाक होइन ।
तपाईंहरुले राम्रोसँग यो कुरा बुझ्नु जरुरी छ कि यो नाक त नेपाली नाक हो । यो नाक त गोर्खाली नाक हो । त्यसैले यो त अब राष्ट्रिय नाक भइसक्यो ।” न्युअोर्कका पत्रकार महोदयले सोध्नु भयो _”त्यो नाक त पहिला पनि तपाईं सँगै थियो नि जब तपाईं मन्त्री,प्रधानमन्त्रि, पत्रकार तथा प्रशासक हुनुहुन्थेन हैन र ? भोली पनि तपाईंको पद सरकारी नहुँदा पनि तपाईंको नाक त रहन्छ नि हैन र ?”
“हो हो रहन्छ ।” नेपाली नाकले जंगिदै भन्नु भयो -” यो मेरो नेता नाक हो । राजनीतिमाँ नेता नाक भने पछी धेरै नेता र कार्यकर्ता सँग जोडीएको नाक हुन्छ । उहाँ प्रशासनको मान्छे उहाँले प्रशासनका माथिका सँग सोध्नु पर्छ, उहाँ नेपाल सरकारको पत्रकार हो । त्यसैले सरकारी पत्रकारको नाक, उहाँ मन्त्री, अर्थात प्रधानमन्त्रि जो सुकै भएपनि समग्र भन्ने हो भन्ने हो भने यो बिदेश हाम्रो नेपाली नाकले, अब हाम्रो नाकरुपी द्रव्यलाई भित्र तान्ने कि बाहिर फाल्ने भन्ने निर्णयको फोन आउंदैछ ।”
त्यसैबेला न्युअोर्कका एकजना बरिष्ठ पत्रकारले सोध्नु भयो हैन यो अमेरिकन नेप्लिजहरु प्रसस्तै पाईन्छन् । ल लाउनुहोस् यो मुलायम कागजले हजुरको पुछनुहोस अनी यो द्रव्य मुखबाट भित्र छिर्यो भने यहाँ सबैको अगाडि लाज होला ।
नेपाली नाकले तुरुन्तै कट्केर जवाफ दिनु भयो ” हामी विदेशी दलाल होइनौ ।” विदेशाँ जुन पायो त्यही कागजले हाम्रो नेपाली नाक पुछ्ने ? यो के भन्न खोज्नु भएको तपाईहरूले ? यहाँ हाम्रो इज्जतको सवाल छ । हामीले सबैलाई व्यालेन्स गरेर हिँड्नु पर्छ । हामी मिली जुली सरकारका मन्त्री हौं । त्यो सरकारलाई मिलाउने अर्को ठूलो निकायको निगाहले सबैलाई व्यालेन्स गरेर चल्न र चलाउनु पर्छ ।” भनेर जंगिदै गर्दा फ्याट नाकरुपी द्रव्य मुख भित्र प्याट्ट छिर्यो त्यो देखेर नेता नाकले द्रव्यको गोपनियता भंग गर्ने गरी न्युअोर्क पत्रकारले देखाउन लाग्या लाईभलाई मलाई पहाड बनेर छेकी नेताजीले साइड लगाइ दिए ।
त्यसैबेला सर्वप्रथम नेपाली नाकको मुख्य नाइकेको फोनको घण्टि बज्यो “हेल्लो नमस्ते जी आपको मैंने यहाँसे प्रणाम किया ” उताबाट आवाज आयो हाँ वेटा आर्सिवाद है तुम सरकारमे जुग जुग जिअो ।” नेपाली नाकले सोध्नु भयो । “मेरा नाक बहुत बरसना चाहता हाए मालिक ! रोकते रोकते नाकका द्रब्य थोड़ा फिसल गया मालिक क्याकरे हमलोग यहाँ बहुत परेसान है ।’ उताबाट उतर आयो ” ठीक हाए घबराने कि कोइ बात नही उधर हमारा स्टोर हाए अपना देशी स्टोरमे जाके देशी रुमाल खरिदना और अपना द्रव्य देशी रुमालमै राख्ना हाँ वेटा ? और बिल जोहोगी अपना दुतावासने सब चुक्ता करदेगा ।”
लाइन तुरुन्त डिस्कनेक्ट भयो । नेपाली नाकले भन्नु भयो “तपाईंहरुले जे पायो त्यही लेख्नु होला नि यो हाम्रो तराइको भाषा हो । हाम्रा तराइका विरादरी नेताहरुसँगको कुरा हो । त्यसैले यो हाम्रो नेपाली भाषा पनि हो र हाम्रो भाषा हाम्रो भेष हाम्रो प्राण भन्दा प्यारो हुन्छ । फेरि अर्को देशसँग जोडेर कुरा गर्नु भयो र लेख्नु भयो भने हामी चुप लागेर बस्ने वाला छैनौ ।” नेपाली नाकले कट्केर भन्नु भयो ।
त्यहाँ प्रश्न गर्न आएका प्रश्न कर्ताहरु सबै मुखा मुख मात्रै गरे कोही पनि बोल्नै सकेनन । फेरि नेपाली नाकले जोड्ले भन्नु भयो ” त्यसैले म भन्छु नेपाली नाक यहाँहरु सबैले भन्नु होस जीन्दावाद जिन्दावाद ! ” सबैले विस्तारै एकले अर्काको मुखमा हेरा हेर गर्दै भन्नु भयो “ज़िन्दाबाद ज़िन्दाबाद ”
प्रतिक्रिया