मंगलबार, साउन १९ २०७८
काठमाडौं २२:२९
वासिङटन डिसी 12:44

सार्वजनिक बहसको आयोजना

इनेप्लिज २०७३ चैत ९ गते १:१४ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार संघ नेजाले नेपाली समुदयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कार्यक्रम गर्दै आएको बिदितै छ, गैर आवासीय नेपालीहरूको सङ्गठन ( एनआरएन) अमेरिकाको निर्वाचन आगामी मे महिनाको अन्तिम साता हुने भएको छ। आगामी नेतृत्वका लागि दर्जनौले विभिन्न पदहरुमा आ-आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उम्मेद्वारहरुले नेपालीहरुको वृहत्तर हितमा आफ्नो योजना , दृष्टिकोण र योग्यतालाई प्रस्ट पार्न र समुदायलाई उम्मेद्वारहरु सँग साक्षात्कार गर्ने वातावरण सिर्जना गर्ने योजना अनुसारनेपाल अमेरिका पत्रकार सङ्घ ( नेजा)ले अमेरिका प्रमुख चार सहरहरूमा स्थानीय समुदाय र उम्मेद्वारहरुका बिच सार्वजनिक बहसको आयोजना गर्ने भएकोछ ।

एनआरएन अमेरिका र त्यसका राज्य स्तरिय शाखाहरु तथा स्थानीय सङ्घ-संस्थाहरू सँगको सयुंक्त आयोजनामा सञ्चालनमा हुने सार्वजनिक बहसमा ( एनआरएन) अमेरिकाको भावी नेतृत्व, खास गरी, अध्यक्ष पदका आकांक्षीहरुसंग अमेरिकाको नेपाली समुदायसँग सम्बधित विभिन्न पक्षहरूमा सार्वजनिक बहस गरिनेछ। बहसको खाका, विषय तथा प्रश्नहरू नेजाको सार्वजनिक बहस समुहलेतय गर्नेछ ।

सार्वजनिक बहसको लागि तय भएका मिति तथा सहरहरु:

अप्रिल १५ शनिवार– डालस, टेक्सस

अप्रिल २९ शनिवार – न्यु योर्क

मे ६ , शनिवार – वासिङ्टन डिसी

मे १३, शनिवार – सान फ्रान्सिस्को, क्यालिफोर्निया

धन्यवाद ।

बाल जोशी
सयोंजक, सार्वजनिक बहस
नेपाल अमेरिका पत्रकार सङ्घ ( नेजा)

प्रतिक्रिया