शसस्त्र द्वन्द्वको युग समाप्तका नायक

इनेप्लिज २०७३ चैत ८ गते १३:१३ मा प्रकाशित

मानिस  जन्मिदा नाम हुदैंन । जन्मिसके नाम राखिन्छ । श्रृष्टिमा नामसँगै सम्मान पाउँछ । मुत्यु पछि इतिहास हुन्छ । त्यहि इतिहासका पात्रलाई पछिल्ला पुस्ताहरुले सम्झिरहन्छ । कुनै मासिनहरु बाचेपनि मरेतुल्य छन भने कुनै पानिहरु मरेपनि बाचे तुल्य छन । यस्तै मरेर पनि बाचिरहेका छन, स्वर्गीय गिरिजाप्रसाद कोइराला । चैत्र ७ गते गिजिाप्रसाद कोइरालाको मृत्यु भएको सात वर्ष पुगेको छ । ‘कि त मृत्यु कि त मुक्ति ।’ को नारा लगाई वि.स. २०५२ साल फागुन १ गतेदेखि सुरु गरिएको सशस्त्र विद्रोह र द्वन्द्वको सुरुवात गरेको तत्कालिन नेकपा माओवादी एकएक भूमिगत भयो । सामान्ति राजतन्त्रको अन्त्य, देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने भन्दै चालेको त्यो कदम निकै अपत्यारसिलो थियो ।

मानिहरुको अपहरण गरी आफ्नो कब्जामा लिई जवरजस्ति पार्टीको कार्यक्रता भनाई बन्दुक चलाउन लगाईएको थियो । कसैसँग नझुकि राष्ट्र र राष्ट्रियताका नारा लगाई सरकालाई विपक्ष बनाई जङ्गल पसो । असत्ययुग समाप्त गरी शान्तिपूर्ण सहकार्यको युग प्रारम्भ घोषणा गर्ने एक नायक हुन । तत्कालिन ने.क.पा. माओवादीका अध्यक्ष पुष्पकमल प्रचण्ड र तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला वीच २०६३ साल मंसिर ५ गते विस्तुत शान्ति सम्झौतामा हस्ताक्षर गरी नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ युको सुरुवात भएको थियो । नेपाली कांग्रेसका सभापति समेत रहेका कोइराला हत्या, हिंसा र आतङकको युग समाप्त भई शान्ति र लोकतन्त्रको युग पुनः प्रारम्भ भएको रुपमा अथ्याउने पात्र हुन । यतिमात्र हैन, नेपाली जनता जस्तो सुकै संङकट आईपरेपनि आफ्ना समस्याहरु आफैं समाधान गर्न सक्षम छन भने विश्वलाई अच्चमित गर्ने ब्यक्ति पनि हुन ।


लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन ।
सम्पर्क नम्बर :

+9779812553618

+9779748082068

इमेल : [email protected]

प्रतिक्रिया