जावलाखेल मैदानमा अन्डरसाईड ब्याण्डले दियो बेजोड प्रस्तुति (भिडीयो सहित)

इनेप्लिज २०७३ चैत ६ गते १९:३८ मा प्रकाशित

 

हालै मात्र ललितपुर स्थित जावलाखेल मैदानमा १३ औ ईन्टर कलेज ब्याण्ड कम्पेडिशन सफलता पुर्वक सु–सम्पन्न भएको छ । उपत्यकामा छरिएर रहेका बिभिन्न कलेजहरुले भाग लिएको उक्त प्रतियोगितामा पाठशाला कलेजका स्क्रिमिङ्ग मारियोनेट ब्याण्डले प्रथम स्थान हासिल गरेको छ भने दोश्रोेमा ब्रिटिश मोडेल कलेजका एलिक्ट ब्याण्ड र तेश्रो स्थानमा रोयल म्यूजिक एकाडेमीका दि इन्सेप्शन ब्याण्ड लाई सफलता प्राप्त भएको छ ।

त्यस्तै जर्जको फेबरेटमा कालेडोस्कोप म्युजिक एकेडेमीको डिस्ट्रोइकम् ब्याण्ड र दर्शक÷श्रोता को फेबरेटमा एभरग्रीन हायर सेकेण्डरी कलेजको संघर्स ब्याण्डले हासिल गरेको छ । सो कार्यक्रममा अतिथि ब्याण्डको रुपमा निम्त्याईएको अन्डरसाइड ब्याण्डले आफ्नो बेजोड प्रस्तुतिको प्रर्दशन गरेको छ । ४ बटा आफ्नो फेवरेट र केही नयाँ गित सहित स्टेज प्रवेश गरेको ब्याण्डले बिद्यार्थीहरुलाई केहिवेर मेटालिक संगितमा झुमाएको थियो स्मरण रहोस् अन्डरसाईडलाई नेपालकै पश्चिमा जगतको झल्को दिने ब्याण्डको रुपमा चिनिन्छ । यसका अतिरिक्त तम्बलविद इन्क र स्याडोज ब्याण्ड पनि अतिथिको रुपमा रहि आफ्नो प्रतिभाको प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया