दुई दशक भन्दा अगाडी आफ्ना कुनै पनि सन्तानलाई मुग्लान पठाए उतै भासिन्छ भन्ने ठुलो डर हुन्थ्यो l अभिभावकले आफ्ना सन्तानलाई मातृभूमि फर्कन जोड दिन्थे र अध्ययन सके पछि मातृभूमि फर्कन्थे l उच्च शिक्षा हासिल गरि देशको सेवा गर्ने भन्ने मुख्य ध्येय हुन्थ्यो l अब त्यो कुरा परिवर्तन भएको हामीले देखेका छौ l
अभिभावकको मुख मै स्वदेश फर्कनु भन्ने अमृत बाणी दिन्थे l मातृभूमि फर्के हाम्रो सेवा गरेस भन्ने शुभ आशिक दिन्थे l ईश्वरको कृपाले बडो मुस्किलले पाएको सन्तानले बिदेशमा घरजम गरि उतै बस्छ भन्ने ठुलो चिन्ता हुन्थ्यो l
झाक्री ,धामी ,बैध्य ,जोखना र चिकित्सकको परामर्श बाट कोखबाट सौभाग्यले जन्मेको एक मात्र सन्तानले बेईमान गर्ला भनि गहभरी आशु झार्थे l त्यो आशु भित्र बेदना लुकेको हुन्थ्यो l बुढेसकालको एक मात्र सहारा परदेशिए पछि बिचल्ली हुने हुन्छ भनि भगवान संग प्रार्थना गर्दै सन्तानको बुद्धि नबिग्रियोस् भन्ने कामना गर्दथे l
तर अब यो कुरा गौण हुदैछ l यसो भन्ने अभिभावक संग ठाउँ नै हुदैन l मातापिता बिबस छन् l आफुले भोगेको जस्तो कन्त बिजोक आफ्ना पढे लेखेको बिद्ध्वान ,बुद्धिजीवी सन्तानले यस्तो अवस्थाबाट गुज्रिनु नपरोश भन्ने हृदय देखि नै चाहना राख्दछन l र ,मातृभूमि आउने र स्थाई बसोबास गर्ने योजना समेत रहेको छ भने पनि देशको दुर्दशा देखि सन्तानलाई उतै बस भन्ने आग्रह गर्न थालेका छन् l
नेपालको अवस्था देखि बुवाआमाका बचनमा केहि परिवर्तन भएको देखिन्छ l तर ब्यबहारमा र अहिलेका पिढी आफ्ना आमा बुवा संग बस्दैनन l दुई दशक या तीन दशक अगाडी अमेरिका आएका सन्तानलाई पढ्नु ,नेपालमा घर बनाउनु ,तीन पुस्ते कमाउनु र अन्त्यमा स्वदेश फर्कनु है भनि पटक पटक सम्झाउने गर्थे l र ,अमेरिका भासिएकाले न्युनतमले त्यो धर्म निभाएका थिए l अझ पनि मातृभूमि प्रतिको माया बिदेशिएका संग झन् झाङ्गिएको हुन्छ l
नेपालमा मै आफ्नो सम्पत्ति जोड्ने र आफ्ना मातापिता सेवा हेतु फर्कने क्रम पनि न्यूनतम हुदै गइ रहेको छ l अब अमेरिकामा जाकिएका नेपालीले मातृभूमि जाने र देश को सेवा गरुला भन्ने सोच्न पनि छोड्ने अवस्था आई सकेको छ l छोराछोरी हुर्के र बढे पछि नेपाल फर्कने सोच राख्ने नेपाली पनि अब मस्तिष्क परिवर्तन भएको छ l
अमेरिका आएका नेपाली अब भावनामा बग्ने छैनन् l अमेरिकाका देश कहिले सुध्रिन्छ भनि पशुपतिनाथ लाई सम्झन्छन l लामो समय देखि समस्यै समस्यामा जेलिएको राष्ट्र अब थलिन्छ भन्ने सोचाई तर्फ गै रहेको छ l कुनै निकास देखिदैन भन्ने मानस पटलमा उब्जिन थालेको छ l कसले निकास दिने भन्ने तर्फ मुख एक अर्कामा ताक्ने अवस्थाको श्रीजना भएको देखिन्छ l
किन अभिभावकले आवाजमा परिवर्तन हुन् थालेको छ त ?
मूलकको राजनैतिक दलको आचरण ,राजनैतिक दाउ पेच ,खिचातानी ,कुर्सिको लडाई ,सत्ता कब्जा आदि ईत्यादि क्रियाकलाबका प्रत्यक्षदर्शी भनेका यिनै अभिभावक भए l उनीहरुले खाई नपाई जोहो गरेर राखेको रकमले जसरि भए पनि अमेरिका पठाउने सपना साकार भएका अभिभावकले यस्तो धमिलिएको वातावरणमा आफ्ना सन्तानलाई कसरि मुलक फर्क भन्लान त ? के खान अमेरिका छोडेर स्वदेश आउनु भन्ने सोच्दछन ?
अमेरिका बसोबास गर्ने नेपालीले किन नेपालको सम्पत्ति बेच बिखन गर्छन ?
नेपाल छोडी अमेरिकामा घरबार किन्न नेपालको पैसाले घर किन्नु अगाडी केहि रकम दिन सहयोग हुने हुनाले उता बेचेर यता लगानी गर्ने नेपालीहरु प्रसस्त छन् l नेपालमा जग्गा राखेर काम छैन भनि भटाभट एक मुस्ट रकम अमेरिका ल्याई लगानी गर्न सुरु गरि सकेका छन् l
अमेरिकामा बस्ने नेपालीले नेपालमा घर र सम्पत्ति जोड्न किन आँट गर्दैनन् l
अमेरिकामा अहोरात्र काममा खटिई डलर कमाएका नेपालीलाई नेपालमा भन्दा अमेरिकामा लगानी गर्न फाईदा हुन् थालेको छ l अमेरिकाका सवै राज्यमा नेपालीहरु ब्यबसायमा संलग्न छन् l अमेरिकामा हड्ताल र बन्दको कारण लगानी डूवदैन l
पहिले को जस्तो अमेरिकामा बस्ने नेपालीले नेपालमा जग्गा खेति र घर किन्ने सोच्दैनन l किनभने त्यहाँ बस्ने अभिभावकले त्यो कुरामा प्रोत्साहन गर्न छोडेका छन् l यता भएका सन्तानले घर घडेरी बेची यता लगानी गर्ने भएकोले नेपालमा सम्पत्ति नभएकोले आफ्ना परिवारलाई अमेरिका ल्याउन थालेका छन् l
हड्ताल र बन्दले लाखौ लाख बिद्यालय बन्द हुदा भबिस्यका कर्णधार भनिएका बिद्यार्थीको भबिश्य अन्धकारमय हुन् पुगेको छ l विगतमा झन्डै १ सय २० दिन देखि तराईमा चलेको आन्दोलनको कारण जनजीबन अस्तव्यस्त रह्यो । करिब ३ हजार कलकारखाना बन्द भए भने २ लाख भन्दा बढी मजदुरहरुले तराईमा रोजगारी गुमाएका छन् l लाखौ बिद्यार्थी यसको मारमा परेका छन् l
यस्तो वातावरणमा अभिभावकले आफना सन्तानलाई नेपाल फर्कनु कसरि भन्ने आँट गर्लान त ? अभिभावकको मन भित्र चिसो पस्न थालेको छ l भारतले नेपाललाई सिक्किम त बनाउने हैन भनि शंका र उपशंका लिएर बस्न बिबस छन l भारतले २०४५ सालमा गरेको आर्थिक नाकाबन्दी फेरी दोहोर्याई दिएको छ l
कोशी र कर्णालीमा गिद्धे दृष्टि परेकोले यहि कारण कतै सिक्किमीकरण गर्न भारतले कल्पना गरेको बृहत ढाचा (ग्रान्ड डिजायन )मा नेपाल रहन्छ कि रहदैन भन्ने पनि सोच आउने गरेको छ l नेपालमा यस्तो तमाशा देख्ने अभिभावकले आफ्ना सन्तान फेरी यस्तो कठिन र जटिल अवस्थामा आएर जीवन ब्यर्थ त बनाऊ दैनन् भन्ने सोच्न बाध्य पनि छन् l
आफ्ना सन्तानलाई अभिभावकले किन अमेरिका लिएर जा भन्न थालेका छन् ?
देश चरम समस्याले ग्रसित छ l कति खेर के हुन्छ सबै अन्यौलमा छन् l देशका नेताहरु कुहिरो भित्र हराएका काग जस्तै भएका छन् l अमेरिकामा बसोबास गरेकोले नेपालमा भाडा लगाएर खान मुस्किल छ l आफन्तले अमेरिकामा गएका छन् भनि उनीहरुलाई पैसाको के कमि भनि भाडा दिन कप्टी गरि दिदा झन् झगडा हुन् गै अमेरिकामा हुनेले घर बेच्न बाध्य हुन्छन l
बृद्ध मातापिताका सबै सन्तान अमेरिका र बिदेशमा भै दिदा बुढेस कालमा कठिन जीवन भोग्नु पर्ने हुन्छ l सबै सन्तान अमेरिका र बिदेशमा जाने गरेकोले आफ्ना बाबुआमा हेर्ने कोहि नहुदा वृद्धा आश्रममा राख्नुको सट्टा अमेरिका ल्याउने चलन सुरु भै सकेको छ l
नेपालमा रहेका अभिभावकले नेपालको स्थिति देखि यता आएर बस्न ठिक छैन भन्न गार्हो मान्न छोडेका छन् l नेपाल पहिलाको जस्तो छैन आदि कुराहरु अभिभावकले खुला रुपले भनि दिन्छन l अमेरिकामा बस्ने मानिसलाई अप्ठ्यारो हुन्छ र यहाँ जीवन गुजारा गर्न कठिन हुन्छ भन्ने कुरामा अभिभावक मौन बस्दैनन् l
अमेरिकामा अलिक उमेर पुगेका बृद्ध लाई अझ हेरचाह हुने र सबै सुबिधा पाइने हुनाले अमेरिका बसेका सन्तानले आमाबुवालाई ल्याउन थालेका छन् l अधिकांस अभिभावक नेपाल मै रत्तिएकोले यता मन नगर्ने पनि हुन्छन l पटक पटकको नेपालले भोग्नु परेको र विषम परिस्थितिमा अभिभावक संग कुनै बिकल्प हुदैन l
र मुखै फोडेर अभिभावकले अमेरिका भासिएका सन्तानलाई मातृभूमि फर्कन सल्लाह दिन छाडेका छन् l बरु अभिभावकले अमेरिका हामीलाई पनि लैजाऊ भन्ने आग्रह गर्न थालेका छन l अनगिन्ती बुवाआमा नेपाल छोडी अमेरिका बसी सराई गर्न थालेका छन् l यो क्रम बढ्दो छ l
प्रतिक्रिया