(स्थानीय प्रतिनीधी , बर्क्ली क्यालिफोर्निया, मार्च ४ , २०१७ ) “सेवा नै धर्म हो” र “हामी सेवा गर्छौ” भन्ने मूल मन्त्र बोकेको विश्वको सर्वाधिक ठूलो सेवा सस्था लायन्स क्लब्स इन्टरन्यास्नलको छातामुनी रहेर अमेरीकामा नेपालीहरूको सर्वाधिक ठूलो लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णले सुरु गरेको वार्षिक रक्तदान कार्यक्रम यहि मार्च ४, तारिकमा रेडक्रसको डोनर्स सेन्टर ओकल्याण्डमा भव्यताका साथ् सम्पन्न भयो।
उक्त कार्यक्रम हरेक बर्ष ब्लड डोनर्स अफ अमेरिकासित मिलेर रक्त दान गरिरहेको थियो भने पहिलोपल्ट गत बर्ष देखि बर्क्ली अन्नपुर्णले स्पोन्सर गरेको अरु दुईवटा नेपाली लायन्स कल्ब फ्रिमोंट सगरमाथा र बर्क्ली मकालुको पनि संयुक्त आयोजनमा सम्पन्न भएको थियो l
यस बर्ष अझ तीन वटा नेपाली लायन्स क्लबहरु यस क्षेत्रमा स्थापना भएकोले अझ उत्साहका साथ् पाचै वटा लायन्स क्लबको सहभागिता र स्थानीय समुदायका सदस्यहरुको उल्लेखनीय सहभागितामा सम्पन्न भएको जानकारी रक्तदान संयोजक प्रथम उपाध्यक्ष कौशल राणाले जानकारी गराउनु भयो।
बिहान ७ बजे देखि बेलुकी चार बजे सम्म संचालन गरिएको उक्त कार्यक्रममा ७८ जना सहभागी रहेको जानकारी बर्क्ली अन्नपुर्ण का अध्यक्ष मनिल बाबु श्रेष्ठले दिनु भएको छ। वहाले सबै लाई धन्यबाद दिदै हरेक बर्ष झैँ यस बर्षपनि बे एरियाका बिभिन्न संघ संस्थाहरु को प्रतिनिधि र सम्पूर्ण कल्ब को उल्लेख्य सहभागिता रहेकोमा सबैको योगदान को कदर गर्दै आउदो दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा राख्नु भएको छ।
१९१७ मा स्थापना भएको अन्तरास्ट्रिय लायन्स कल्बको सस्थापक अमेरिका सिकागोका मेल्विन जोन्स हुन्। सिकागोका एक ३८ बर्षिय युवा ब्यापारीले समाज र रास्ट्रको सेवा गर्ने उध्येश्यले खोलेको यस संस्थाले अहिले एक सय बर्ष मनाउने भब्य तयारीमा लागेको छ। स्थापनाको तीन बर्षमै अन्तरास्ट्रिय संस्था बनेको यो एउटा सामाजिक र मानव सेवामा समर्प्रित गैर राजनैतिक संस्था हो।
हालै लायन्स कल्ब नेपालका अन्तरास्ट्रिय निर्देशक संजय खेतानको अनुसार अहिले नेपाल विश्वमा पहिलो सदस्य बृद्दी गर्ने देशको सुचिमा परेको छ भने नेपालमा जस्तै अमेरिकामा रहेको नेपाली समुदायमा लायन्स क्लबको लोकप्रियता बढिरहेको र सेवा मुलक कार्यक्रममा सक्रिय रहेको छ।
बर्क्ली अन्नपुर्णका सस्थापक अध्यक्ष , क्यालिफोर्निया डिस्ट्रिक ४ सी प्रथम वाइस डिस्ट्रिक गवर्नर लायन राजेन थापाको पहल र नेपालको पहिलो इन्टरनेसनल डाइरेक्टर संजय खेतान र अन्य लायन्सक क्लबको को उपस्थितिमा हालै न्यु योर्क,भर्जिनिया लगायत थुपै सहरहरुमा नेपाली लायन्स क्लबको स्थापना भएको छ।
दस बर्ष अघि अमेरिकाको बर्क्ली क्यलिफ़ोर्नियामा स्थापना भएको बर्क्ली अन्नपुर्ण लायन्स क्लबले बिभिन्न सामाजिक र मानवसेवाको कार्य गर्दै आएको छ। हालै यस क्लबले निर्बर्तामान अध्यक्ष ध्रुव थापाको सक्रियतामा अत्याधुनिक आखा जाज्ने क्यामेरा समेत किनेर समुदायमा सेवा दिने कार्यक्रम तय गरेको छ भने यहि आउदो नोभेम्बरमा ४० जनाको एउटा टोलि नेपालमा अखा सिबिरको लागि जाने तय भई सकेको छ ।
बर्क्ली अन्नपुर्णले बिगत सात बर्ष देखि निरन्तर रुपमा रक्तदान कार्यक्रमकोपनि आयोजना गर्दै आएको र यस पुनित कार्यमा ब्लड नया लायन्स कल्बहरु बर्क्ली मकालु, फ्रेमंट सगरमाथा, सान लियांद्रो मनकामना , सन् फ्रान्सिस्को बुद्धको समेत संयुक्त आयोजकको रुपमा सहभागी रहेको थियो।
त्यसै गरि यस क्षेत्रको पाचै वटा नेपाली लायन्स क्लबले संयुक्त रुपमा भब्य sports festival को समेत आयोजना गरि सकेको छ। जसको संयोजकत्व फ्रिमं ट सगरमाथाले गरेको थियो।
यस बर्षको रक्त दाङ कार्यक्रममा बे एरिया लगायत लास एञ्जलस र टेक्सास बाट आएका N R N अमेरिकाको अध्यक्ष पदका उम्मेदवार गौरी जोशीले समेत रक्त दान गर्नु भएको थियो भने संयोजक राणाले डबल पावर रक्त दान गर्दै हामीमा भएको रगतले यदि एकजना मात्रैको पनि जीवन रक्षा गर्न सक्यो भने त्यो भन्दा ठुलो पुन्य अरु के होला ? हामी न त ईश्वर हौ न कुनै डाक्टरनै तर पनि हामीमा एउटा जीवन बचाउन सक्ने इस्वरिय शक्ति छ र त्यसको उपयोग मानब कल्याणमा लगाउन पाउनु भनेको यो हाम्रो लागि एउटा सौभाग्य हो।
यो संसार एक अबिरल दु:ख कष्ट , प्राकृतिक बिपत्ति र दुर्घटनाहरूको एक अथाह भवसागर हो। कति बेला के हुन्छ कसैले भन्न सक्दैन र हामीलाई कतिबेला रगतको आवस्यकता हुनसक्छ हामि कल्पना समेत गर्न सक्दैनौ। अमेरीकामा दैनिक सयौ मानिस कार दुर्घटनामा मर्छन भने अन्य बिभिन्न रोग जस्तै क्यान्सर जस्तो रोगहरूबाट त कति कति।
यसरी लाखौँ मानिसहरू अकालमानै मरिरहेका छन्। यी मर्ने मध्ये धेरैलाई तपाईं हामिले गरेको रक्तदानबाट बचाउँन सक्छौ । हामिले दिएको रगत २४ घण्टाभित्र हाम्रो सरिरमा परिपूर्ती हुन्छ तर हाम्रो रगतले कसैको ज्यान बचाइरहेको हुन्छ। त्यसैले हामि भन्न सक्छौँ, “रक्तदान जीवन दान हो।” जीवनदान जस्तो ठूलो दान सायदै अरुहोला। रक्तदानले एउटा अनौठो सन्तोष र खुशिको प्रस्फुटन गर्दछ। हो, रक्तदान मनलाई शान्ति दिन र चित्त सुद्दी गर्न समेत सक्षम छ। रक्तदान गर्नु धर्म हो, विरता हो, मानव सेवा हो ।
प्रतिक्रिया