अमेरिका आएका नेपाली ठुलो पल्टिने ,देब्रे र छोई नसक्नुका किन हुन्छन ?

इनेप्लिज २०७३ फागुन २२ गते ०:४३ मा प्रकाशित

नेपालीहरु बिश्वका कुनै देशमा गए कहिले घमण्डी ,ठूलो पल्टिने र मान्छे नगन्ने हुदैनन् l तर अमेरिका कुनै न कुनै तरिका बाट पुगेका नेपाली ठुला पल्टिने हुन्छन l नेपालीहरु खाडी मुलुक ,अफ्रिकन देश ,युरोप ,बेलायत ,अस्ट्रेलिया लगायत अन्य आदि देश जाँदा यस्तो हावा लाग्दैन l उनीहरु त्यस्ता दम्भ गर्ने गरि कुरा गर्दैनन् l तर अमेरिका पुगेका नेपाली देब्रे कुरा गर्ने हुन्छन l

त्यति मात्र हैन उनीहरु के के नै पाए भनेर छोई नसक्नुका पनि हुन्छन l उनीहरु सन्काहा हुन्छन l मान्छे नै नगन्ने हुन्छन l अमेरिका पुगे पछि अधिकांश नेपाली बटारिएका कुरा गर्ने पनि हुन्छन l त्यति मात्र कहाँ हो र ? अमेरिका पसे पछि साथीभाई बिर्सने ,छरछिमेकी बिर्सने ,आफन्त बिर्सने ,कुटुम्ब बिर्सने ,र त्यस्तै पर्यो भने आफुलाई जन्म दिने आमा बुवालाई पनि बिर्सने हुन्छन l

नेपाल मा हुदा संगै एकछिन नछुट्टिने साथी ,मित्र,आफन्त,नजदिक को नातेदार अमेरिका पुगे पछि देशलाई समेत बिर्सेर बिदेशी संस्कृतिमा रमाएर घमण्डी हुने गर्छन l यस्ता आरोप ,प्रत्यारोप तथा लान्छना अमेरिका पुगेका मानिसलाई लाग्ने गर्छ l अन्य मुलुक पुगेका भन्दा अमेरिका आएकालाई नेपालीलाई ज्यादा तोक्ने गरिन्छ l

के अमेरिका बसोबास गर्ने नेपालीहरु साच्चै कै ठुलो पल्टिने ,देब्रे कुरा गर्ने र छोई नसक्नुका हुन्छन त ? के यो कुरा सत्य हो त ? कि आरोप या लान्छना मात्र हुन् ? अमेरिकामा बस्नेलाई सोध्नु भयो झन्डै ३ लाख मध्ये केहि यस्ता रोगले ग्रसित हुन् पनि सक्छन l अमेरिका पसेका नेपालीहरु यस्ता छदै छैनन् भन्ने पनि होईन् l तर आम रुपमा हेर्ने हो भने सवै कुराहरु सत्य हुदैनन् l बिल्कुलै आधारहीन कुराहरु हुन् l केवल आरोप मात्र हुन् l लान्छना मात्र लगाईएको हो l

अमेरिका पसेका नेपालीहरु त्यस्ता हुदैन्न l त्यस्तो खालको सोच पनि राख्दैनन् l उनीहरु परिस्थिति र अमेरिकन जीवन शैलीको गुजुल्टो भित्र बेरिएका मात्र हुन् l अमेरिका आएका नेपाली झन् व्यवहारिक हुन् उन्मुख हुन्छन l बरु अमेरिका आएका नेपाली सप्रेका हुन्छन l अमेरिकाको बोझले सिधा भएका हुन्छन l

अमेरिकन व्यस्त जीवनको चपेटा मा अल्झिएका हुन्छन l तिब्र जीवन र दौडधुप को जिन्दगी यापन गर्दै जीवन घिसार्दा घिसार्दै समय चक्र चलेको नै भुली दिन्छन l संचारमा कमि रहन्छ l नेपाल छोडे पछि यति नया परिवेस र नया मित्र संग सम्बन्ध स्थापित हुदै जाँदा सबै कुरा हरु शिथिल हुदै जान्छ l अनि नेपालमा बस्ने सबै संग दोहोरो संचारमा कमि भै दिन्छ अनि अमेरिका पुगे पछि मानिस अमेरिकाको हावा लाग्छ भन्ने आरोप खेप्दछन l

मानिस संघर्ष गर्दा गर्दै उमेरले डाडो काटी दिन्छ l जीवन बनाउने र परिवारको कर्तब्यबाट मुक्ति नपाउने हुनाले अमेरिकामा भासीएको भासीयै भए पछि ठुलो संचारको खाडल आई दिन्छ l

सामाजिक संजालको यत्रो प्रगति र उन्नतिले सबैलाई नजदिक ल्याई दिएको भएता पनि अमेरिका पुगेकालाई यस्तो आरोप आउदछ l आरोप र लान्छना लगाउदै मा अमेरिका पुगेका नेपाली यस्ता हुन्छन भन्ने पनि हैनन् l अमेरिकामा बसोबास गर्ने लाई कस्ता कस्ता बात लगाइन्छ l बोल्नेको मुख थुन्न सकिन्न l बोल्ने ले जे भनेता पनि कुरा हुने पनि हैन l

किन यस्तो आरोप आउदछ ?

किनभने नेपालमा बस्नेले अमेरिका पुगेकाले नेपालको सम्पर्क र नेपाल जस्तो व्यवहार खोज्दछन l जस्तो नेपालमा थियो त्यस्तो नै अपेक्षा गरेको कारण त्यस्तो आरोप लाग्दछ l नेपालमा हुँदा एकै साथ ,एकै ठाउँ ,एकै थलो ,एकै गाउँ ,एकै छिमेकि ,एकै साथ संगै उठबस गर्ने साथीभाई ,आफ्नो मानिस अमेरिका आए पछि अमेरिकन जीवन संग पौठी जोरी खेल्नु पर्ने हुनाले त्यस्तै गर्न कदापी सक्दैनन l अनि नेपालमा यस्तो थियो त्यहाँ पुगे पछि यस्तो भएछ भन्ने दोषारोपण लाग्दछ l

त्यति मात्र हैन ,नेपाल हुँदा आर्थिक रुपले दयनीय थियो तर अमेरिका गएर भाडा माझेर कमाएर धक्कु दिन्छन पनि भन्ने गरिन्छ l त्यहि मान्छे अमेरिका आएर संघर्ष गरेर सम्पन्न हुदै जाँदा घुमाउरो पाराले दुखित जीवन यापन गरेर कमाएको पो हो त भन्ने पनि गरिन्छ l न कमाउदा पनि समाज द्वारा हेपिने ,कमाउदा पनि धर नै नपाइने l यस्ता प्रकारका लान्छना आफ्नै परिवार ,कुटुम्ब ,साथीभाई हितैसीले झटारो हान्ने गर्ने हुनाले बिस्तारै सम्पर्क बिहिन हुदै जाने क्रम बढ्ने स्वत हुन्छ l

मजदुरी काम गरेर शान देखाउने र फुर्ति देखाउने जस्ता पनि आरोप लाग्दछ l त्यति मात्र हैन अमेरिका भाडा माझ्न जानु हुदैन भन्ने गलत सोचाई अझ पनि हटेको छैन l अमेरिका छिरेका नेपाली कहाँ बाट कहा पुगे भन्ने हेक्का नै नराख्ने र समय ज्यादा भएका मानिस बाट यस्ता आरोप लगाउने गर्छन l अनि अमेरिका आएर संघर्ष गरेर उच्च पदमा पुगे पनि विचार र सोचमा परिवर्तन नआएकाले अमेरिका बाट जे भन्दा पनि हुन्छ भन्दै धाक दिन्छ भन्ने आरोप पनि नलाग्ने हैन l

पटक पटक सामाजिक संजाल आफ्नो मनको भाव अमेरिका मा बस्नेलाई दनक दिने पनि गरिन्छ l त्यो कुराले पनि अमेरिका कुनै कारण बाट नेपाल नगएकाको मान प्रतिष्ठा मा धक्का लाग्ने सम्झने हुँदा संचार मा कटौती गर्ने विचार गरि भै रहेको सम्बन्ध बिच्छेद हुन्छ l ठुलो भयो अब बोल्न र सम्पर्क पनि नगर्ने भएछ भनि नाना थरिका वात लगाईन्छ l नेपालमा आफुले सापटी दिएर अमेरिका गएको अहिले आफुलाई न पुछ्ने भएछन भनि पनि भनिन्छ l

झन् महिला मान्छे अमेरिका एकल आए भने अनेक नकारात्मक टीका टिप्पणी र धज्जी उडाउने पनि सुन्ने गरिन्छ l अनि उनीहरु यस्तो समाज या संसार बाट आफैटाडिदै जाने हुन्छन l अनि ठुली भईछ भन्ने आलोचना गरिन्छ l

किन अमेरिका आएका नेपाली साच्चै नै स्वार्थी हुन्छन त ?

अमेरिकामा नेपाली केवल कमाउन आएका हुन् l परिवारलाई सुख दिने र आफ्नो जीवन बनाउने ध्येयले आएका हुन्छन l कुरा सत प्रतिसत यहि कटु सत्य र यथार्थ हो l समाज सेवा गर्न अमेरिका आएका हुदैनन् l अनि फुर्सद पनि हुदैनन् l काम को चाप र छिटो जीवन चल्ने हुनाले जीवन शैलीलाई अमेरिकन जीवन शैलीमा ढाल्न व्यस्त हुने हुनाले जन्मेको देश र मातृभूमि लाई सम्झे पनि साथीभाई ,ईष्ट मित्र ,आफन्त ,कुटुम्ब हितैषी आदी ईत्यादी संग सोचे जस्तै सम्पर्कमा हुन् सक्दैनन् l अमेरिकाचिट्ठा परेर र पारिवारिक प्रायोजन गरेको बाहेक अधिकांसले कागज बनाएका हुन्छन l समय त्यता लाग्ने कसरि अमेरिका टिक्ने भन्ने ठुलो सवाल हुने हुनाले जसरी भए पनि अमेरिका बस्ने हुनाले अमेरिका आएका मानिसको ध्यान त्यस तर्फ हुन्छ l

देश छोडी अमेरिका छिरे पछि साथीभाई आफन्त बन्धु आई ईत्यादी भनेको गौण हुन्छ l त्यो तर्फ ध्यान कम जाने हुनाले अमेरिका गए पछि टिम्बुर खाएर बटा रिएको आरोप पनि लाग्दछ तर सत्यता त्यसो हुदैन l अपबाद भनेको फरक बिषय वस्तु हुन्छ l

अनि उनीहरु केवल डलर कमाउन आएको हुनाले संचारमा धनि भन्दा आफु धनि हुने र राम्रो जीवन यापन गर्ने लक्ष्यमा उन्मुख हुने हुँदा सबै भुल्दै जाने हुनाले नेपाल संग को सम्पर्क अप्रत्याशित रुपमा घट्न जान्छ l अनि ,अमेरिकामा गएर ज्यादा कमाए पछि हामीलाई बिर्स्यो र हामीलाई बाल मतलब ठान्यो भन्ने सोचिन्छ l तर पनि सामाजिक संजाल मार्फत सम्पर्कमा रहेता पनि त्यो हुन् नसक्दा अमेरिकामा बस्नेलाई आरोप लाग्दछ l

अमेरिका पुगेका नेपालीहरु दैनिक दुई देखि ३ वटा ठाउँमा काम पनि गर्न बाध्य हुन्छन अनि उनीहरु सम्पर्क बस्न सक्ने अवस्था हुदैन l नेपालीहरु ८ घण्टा देखि १६ घण्टा सम्म पनि काम गर्छन l अनि उनीहरु संग कसरि कुरा गर्न सम्भव हुन्छ l यस्तो अवस्था संग जुध्नु पर्ने हुनाले नेपालमा रहेका सबै संग सम्बन्ध घट्दछ l अनि पैसा ले मात्तिएका भन्ने आरोप लाग्दछ l

अनेक जुक्ति लगाई अमेरिका छिरेका ले आफ्नो जीवन र भविष्य मात्र हेर्ने हुनाले सवै कुरा थाती राख्दछन अनि चोर बाटो बाट अमेरिका पुगेका नेपाली को त्यत्रो शान भन्ने पनि आरोप लाग्दछ l ३० देखि ४० लाख सम्म दलाललाई पैसा खुवाएर मेक्सिको ,ब्राजिल र बोलिभिया आदि देश हुदै ज्यान हत्केलामा राखेर अमेरिका पुगेका नेपालीले आफ्ना परिवार बाहेक अन्य संग सम्पर्क गर्न चाहदैनन् l किनभने कसैले झोस दिए भने प्रहरीले झ्यालखाना लान्छ भन्ने पनि त्यतिकै त्राहिमाम हुन्छ l

अनि जो कोहि सम्पर्क बिहिन पनि हुन्छन l बदमासी गरि पुरुष या महिलाले अमेरिका मै नेपाल मै पति या पत्नी हुँदा हुदै घरजम गर्नु भनेको बिषय भनेको छुट्टै कुरा हुन्छ l उनीहरु सम्पर्क बिहिन हुन्छन l अमेरिकामा दुख गरि काम गरेको छ भने खिल्ली उडाउने काम पनि गरिने हुनाले अमेरिकामा जसरि भए पनि टिकेका नेपाली यस्ता बाट टाडा रहन चाहन्छन l

अमेरिकामा ठुला पल्टिएका नेपालीलाई अमेरिकाले कठालो समातेर खेदे पनि हुने चाहना किन हुन्छ ?

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प भए पछि अमेरिका लुकेर बसेका या जीवन बिताउने सपना लिएका त्यस्ता खालका ठुलो पल्टिने ,देब्रे कुरा गर्ने र छोई नसक्नुका नेपाली लाई नेपाल फर्काई दिए पनि हुन्छ भन्ने सामाजिक संजालमा नेपाल बस्ने नेपालीले आक्रोश पोखेको देखिन्छ l

राष्ट्रपति ट्रम्प बा भन्ने सम्बोधन गर्दै ,मान्छे नगन्ने र शरणार्थी भएर अमेरिका बसि कानुनि कागजात बनाई ठुला पल्टिने आरोप लगाउदै अमेरिका पुगेका नेपालीलाई धपाउ ट्रम्प बा भनि सामाजिक संजालमा लेखिन्छ l अमेरिका पुगेका नेपाली यस्ता त्यस्ता भनेर आरोप र लान्छना लगाई रहेको पाइन्छ l

अवसरको भुमि आएका नेपालीहरु नेपाल फर्कने न्युनतम सम्भावना छ l बरु साखा सन्तान ल्याउन तल्लिन छ्न नेपालीहरु l जे जस्ता आरोप र लान्छना लगाएता पनि ,काग कराउदै जान्छ पीना सुक्दै जान्छ सिद्धान्त अपनाउनु नै बेस l भन्ने को मुख थुन्न सकिदैन l लगाउने ले लगाई रहन्छन l सुन्नेले सुनी रहन्छन l आफ्नो काम गर्नेले काम गरि रहन्छन l अमेरिका मा रहेका नेपालीले जीवन बनाउने दाऊमा यसरि नै समय खर्ची रहन्छन l

तथास्तु :

प्रतिक्रिया