हाल अमेरिकाको भर्जिनीया निबासी एक सफल व्यसायी तथा समाज सेवा अनि आफ्नो मातृभुमि प्रति सदैब सहयोगी हात बढाउने नेपाली सपुत राम न्यौपानेको प्रयास र प्रायोजकमा खोटाङ् जिल्ला स्थित सिम्पानी उच्च माध्यमिक विद्यायलयमा शिक्षक तथा बिधार्थीहरुलाई कसरी साईबर अपराधबाट बच्न सकिन्छ भन्ने बिषयमा सम्पन्न भयो ।
करिब १५ घण्टा सम्म चलेको तालिम कक्षा ८ देखि १२ सम्मका बिधार्थीहरुलाई दिईएको थियो । साईबर प्रशिक्षक तथा साईबर सेक्युरिटी इन्टरनेसनलका संयोजक निरज अधिकारी प्रयोगात्मकद्वारा तालिम सहभागि विद्यार्थीहरुलाई दिईएको थियो । कार्यक्रमबाट सहभागि विद्यार्थीहरु पुर्णरुपले लाभान्वित भएको प्रतिकृया कार्यक्रममा सहभागि हुनु हुने शिक्षक र विद्यार्थीहरुबाट प्राप्त भएको थियो । कार्यक्रमको सुरुवातमा प्रायोजक राम न्यौपानेले विद्यार्थीहरुलाई पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो ।
सह-प्रधानध्यापकले कार्यक्रमलाई स्वागत गर्नुका साथै प्रायोजक राम न्यौपानेको स्कुल अबस्थाको बारेमा बिधार्थीहरुलाई सुनाउनु भएको थियो । आँफु पढेको स्कुलका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने राम न्यौपानेलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।
साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ। अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ ।
डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ। यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने [email protected] मा संपर्क गर्न सक्नु हुनेछ ।
प्रतिक्रिया