निस्वार्थ र सत्य समाजसेवी एक नेपाली चेली “अनु ओन्ता जि”

इनेप्लिज २०७३ फागुन २० गते १७:४६ मा प्रकाशित

अनु ओन्ता शान्त छिन् तर अँधो र बहिरो छैनन् । मलाई अनुजि को बारेमा किन लेख्न मन लाग्यो भने चुनाबी अभियानको एक एक्लै पराएकी र् लडेर देखाउछु भन्ने एक बहादुर महिला देख्छु । सबैले पद ओगटन नपाई म यो गर्छु म त्यो गर्छु भनेर लेखेको देखे । आखिर जस्ले जस्तो नेत्रीत्व गर्छु भनेको छ ति सबै बाना भित्रको अहिले को कार्यकारी चलाएर बसेका प्रतिनिधिहरुनै हो ।

अनु जी भन्दा कसरी अलग ढंगमा जान सक्छ त ? यो सब एक महिला प्रतिनिधि माथी घोर राजनीति देख्छु । जहिले पनि जुन देशमा पनि महिला प्रतिनिधि उठेको बेला घनघोर राजनीति देख्छु । यो बाना को राजनीतिको पनि यही हाल देख्छु । अझ उदाहरण हेर्ने हो भने हिलारि माथिको राजनीति हेर्नुस् र् त्यसको परिणाम हेर्नुस ।

अनु वोन्ताजी बाहेक यदि अरुले बानामा सबै भन्दा राम्रो काम गर्न सक्छु भन्छ भने त्यो हावाको कुरा हो l यो चुनाबी अभियान हो । यो बानालाई टुक्रा पार्ने राजनीतिक षडयन्त्र हो । समाज सेवाको लागि पदमा पहिला मलाई जिताउनुस् अनी सफल कार्य गर्छु भन्छ भने त्यो राजनीतिक षडयन्त्र बाहेक अरु केही देख्दिन । आज सम्म बानाको लागि पहिला काम र् पछी भोट कस्ले मागेको छ । आफ्नो खल्ती बाट पैसाको पोको निकालेर कस्ले समाज सेवा गरेको छ् र ?

सबै प्रतिनिधिहरु एक नयाँ एजेंडा बोकेर हिंडेका छन् । बाना भित्रको नराम्रो काम देखाउदैमा सफल उमेद्वार नहुन पनि सक्छ । सफल उम्मेदवार त्यो हो जस्ले सन्थालाई एउटै बनाएर लैजान्छ । सफल उमेद्ववार त्यो हुनै सक्दैन जस्ले बानालाई टुक्रा पारेर लैजान्छ । स्मरण रहोस् ,आजको चार उमेद्ववार हिजोको पनि उमेद्ववार र् कार्यकारी संस्थापकहरु थिए । आज पदको लागि सफल कार्य गर्छु भन्नेहरुले हिजो चुनाव अगाडि किन गरेन त ?

सुनिन्छ बानाको चुनावमा नेपाली कांग्रेस र एमालेको घमासान पर्छ । तर बिचरा ,अनुजी आफ्नो त्यत्रो बिजिनेस छोडेर ५ सय २५ रुपैयाँको संस्थामाथि राजनीति गर्ने खाल्को म् देख्दिन l बरु परेकोलाई सहयोग गरेर हिंड्ने खाल्को कोमल मन भएको महिला हुन सबै बाल्टीमोरबासीलाई थाहा भएकै कुरा हो ।

अनुजी कुनै पार्टी सँग सङ्लग्न नभएको सोस्छ समाज सेवी हुन । कुन संघ संस्था त्यस्तो होला वाहाको सामाजिक कार्यमा खोत देख्न सकोश । अनुजी को स्पष्ट भनाइ देख्छु समाज सेवा गर्न मन चाहिन्छ कुनै राजनीतिक संरक्षण हैन । म अनु ओन्ता भएर समाज सेवा गर्न चाहन्छु कुनै पार्टी चिनाएर हैन । पार्टी चिनाएर राजनीति गरिन्छ समाज सेवा हैन भन्ने धारणा बोकेर हिंडेको महिला हुँ म भनिन्छ l

जनताहरुलाई झुठो अश्वासन देखाएर राजनीति चल्दैन । कुनै पनि संघ संस्थाहरु त्यसको निती नियम अनुसार चल्छ । संस्थामा उमेदवारी र् चुनाव जितेर चुनिएर आएको प्रतिनिधिहरु द्वारा नै संस्थाको नाम र् काम कसरी अगाडि बढाउने निती निर्माण हुन्छ । एजेंडा जस्तो सुकै होस निजी सम्पत्ति द्वारा कसैले संस्थाको स्थापना गरेको कसैले देख्दिन ।

सफल कार्य गर्न समाजमा एजेंडा देखाएर हात फैलाउनै पर्छ । कोही पनि सफल उमेद्ववार हुन सक्दैन जस्ले समाजसेवाको लागि समाजमा हात नफैलाईकन काम गरेर देखाउन सक्छ । बाल्टिमोरबासीले अनुजीलाई काम गर्न नदिकन खोट लगाउनु मिल्दैन ।

यदि कुनै खोट अनुजी माथि लाग्छ भने चार अक्षर उम्मेदवारी माथि लाग्ने छ । किनकी ति चार उम्मेदवार संस्थाको राम्रो सन्चालन भन्दा नि पद को दाबिको लागि एक अर्काको चाप्लुसी गरी पद प्राप्तीको लागि खोतको श्रीजना गर्ने जमात देखिन्छ ।

आजको संस्थागत राजनीतिमा यदि अनुजी जस्तो निस्वार्थ समाज सेवीलाई हराउन राजनीति गरिन्छ भने त्यहा कुर्सीको मोहको जमात देखिन्छ । त्यस्ता कुर्सीका मोहको भएको उमेद्वारलाई हराएर समाजमा चिनाउनु जरुरी छ ।

आजको दिनमा अनुजीलाई जिताउनु भनेको सबै बाल्टिमोरबासीको जित हो । तर अनुजी हार्नु भनेको बानाको चार अध्यक्षले हार्नु हो । सबै राजनीतिक पार्टी ले हार्नु हो । बाल्टिमोरका प्रत्येक महिला बर्गले हार्नु हो । अनुजी लाई माया गर्ने र् वहाँको काममा विश्वाश गर्ने प्रतेक दाजुभाईहरुको हार हो । प्रत्येक नेवारी समाजको हार हो । प्रत्येक सँग संस्थाको हार हो । आउदो राजनीतिमा प्रत्येक चेली बेटीको हार हो । बाना सधैंको लागी चेली उम्मेदार माथि खेलिने एउटा चेसको गोटी बन्ने छ ।

स्मरण रहोस सबैलाई माया गर्ने सबैलाई समेटेर लैजाने एक कुसल चेलीको हार भनेको म्यारीलैंडबासीद्वारा एक कुसल समाज सेवी माथि राजनीतिक हत्या गरेको स्वत: देखिन्छ । आज पनि अनुजीको मुख बाट एउटै कुरा सुन्छु सबै मिल्नु पर्छ गल्ती सबै बाट हुन्छ त्यसलाई सबैले मिलेर सुधार्नु पर्छ भन्ने धारणा सुन्छु ।

यो एक सफल समाज सेवी को सफल धारणा हो । तीन वटा मर्दहरु मिलेर एक महिला समाजसेवी हराउनु भनेको आमेरिकमा पनि पार्टीका पछी लागि झोला बोक्नेहरु देखिन्छ भने एक निस्वार्थ महिला समाज सेवी जिताउनु भनेको एक “महिला चेली आमा दिदीबहिनी “माथिको ठुलो आस्था र् सम्मान देखिन्छ । आखिरमा समाजमा चाहिने काम समाज सेवा समाज नमिलिकन हुन सक्दैन ।

प्रतिक्रिया