मेरिल्याण्डकि १८ बर्षिय युवतीलाई सुरक्षित अवस्थामा मेरिल्याण्ड प्रहरीले फेला पारेको छ l गत शनिबार काम बाट हिडेकी १८ बर्षिय एन्जेलिका ईभानिया बाराहोना रिभास नाम गरेकी युवती लाई फेब्रुअरी २८ तारिख मंगलबार मेरिल्याण्ड राज्यको मोन्टोगोमेरी भिलेजमा बिहान फेला पारिएको मोन्टोगोमेरी प्रहरीले जनाएको छ l
बाराहोना रिभास मेरिल्याण्ड राज्यको वोक एक्सप्रेसमा उनको काम परिवर्तन (शिफ्ट )गर्नु भन्दा अगाडी उनि काम बाट बाहिर निस्केकी थिइन् l उनका परिवार तथा साथीभाईले उनि सम्पर्कमा नआए पछि चिन्तित भएका थिए l उनि काम सकेर हिडेको श्रब्य दृश्य पनि सार्बजनिक गरिएको छ l
बाराहोना रिभासको काका/मामा को १५ बर्षिय छोरी एलेक ज्यानडर रियेस भर्जिनियाको स्प्रिंग फिल्डमा केहि समय अगाडी मृत फेला परेकी थिईन l उनको हत्या काण्डमा प्रहरीले १० जनालाई हिरासतमा लिएको थियो भनि एनबिसी वाशिंगटनमा समाचार छ l प्रहरीले अन्य जानकारी सार्बजनिक गरेको छैन l
स्रोत :तस्बिर एनबिसी वाशिंगटन
प्रतिक्रिया