ऐतिहासिक कामबाटै इतिहास लेखन

इनेप्लिज २०७३ फागुन १६ गते १६:१९ मा प्रकाशित

 

अहिलेसम्मको इतिहासलाई नजिकबाट नियाल्दा जार्दा जसले विश्वको सर्वोकृष्ट काम गरेको छ, त्यसको इतिहास रहन्छ । छोटो समयमा उसले गरेका कामले विश्वमा ठूलै तरङ्ग ल्याईदिन्छ । जीवनभर कुनै पनि ब्यक्तिले म इतिहासको पानामा कैद हुन्छु भनेर दुःख गरिरहे त्यसको इतिहास नहुन पनि सक्छ । समयको माग, अनुकुल परिस्थिति साथै आम मानिसको इच्छा, आकांक्षा अनुसार सवैलाई अच्चमित पार्ने काम गर्छ भने त्यसको इतिहास रहन्छ, अन्यथा इतिहास रहदैंन । संसारमा नराम्रो काम गर्नेको पनि इतिहास हुन्छ तर त्यो इतिहास दुनियाँमा घृणित हुन्छ । मानिस आफैमा गलत हुदैंन, मात्र उसको चालचलन, बोलिचालि र ब्यवहारले मात्र राम्रो र नराम्रा हुन्छ । त्यसै मध्यको दैलेख जिल्लामा रहेका चारवटा संचार संस्था मिलेर दैलेख पर्यटन महोत्सवको कामको थालनि गर्नु ऐतिहासिक काम हो । यो काम नेपालको मात्र नभएर विश्वको पहिलो नमूना काम हो । धमाका पत्रिका प्रकाशन भएको दश वर्ष, रेडियो धुव्रतारा सामुदायिक एफ.एम संचालनमा आएको आठ वर्ष, साझा प्रतिविम्व साप्ताहिक पत्रिका छ वर्ष र रिपोर्टर्स क्लव दैलेखको शाखा स्थापना भएको पाँच वर्ष पुगेको छ । यी चारवटा संचारमाध्यमहरु आयोजक भएर आफ्नो स्थापनाको छोटो समयमा जिल्लाको इतिहास लेख्नको लागि गर्न लागेको काम संसारको एउटा उदाहरण हो । यो पंक्तिकार यी वाक्यशं लेखिरहदा यो महोत्सवबाट असन्तुष्टि छु, किन भने साझा प्रतिविम्व पत्रिकालाई निरन्तर प्रकाशनमा हुनुमा मेरो धेरै योगदान छ । रात दिन नभनि आफ्नो जिम्मेवारी अनुसार काम गरेको छु । अहिले आएर साझा प्रतिविम्वको सह–सम्पादकको जिम्मेवारी पाएको छु, यसमा मलाई खुसी छ । तर पत्रिकाको प्रकाशक मण्डले मलाई महोत्सवको कुनै पनि जिम्मेवारी तहसम्ममा मलाई पु¥याउन सकेन । ‘काम गर्ने कालु, मकै खाने भालु’ भने जस्तै भएको मलाई आज आभास भएको छ । पत्रिका प्रकाशनको मण्डलाई नियाल्ने हो भने, मण्डलमा एक दर्जन नाम लेखिएका छन । उनीहरुलाई काम भन्दा पनि नाम चाहिएको छ । नाम धारीका ब्यक्तिले गर्दा आज म पत्रिका प्रकाशन मण्डलबाट रुट्ट छु । महोत्वसमा अन्य सवै पत्रकार साथिहरुको नाम उच्चाहरण गरिरहदा म पनि त्यहि महोत्सवको स्टेजमा थिए । तर नियत नै गलत भएका मानिसहरुले गर्दा आज म आयोजक पक्षबाट मात्र हैन आफुले काम गर्ने पत्रिका र सिङ्गो पत्रकारिता पेसालाई धिर्कान पुगेको छु । यो विषयवस्तुमा कुनै दिन चर्चा÷परिचर्चा होला । साझा प्रतिविम्वमा वहसको विषय हुन सक्छ । ‘सत्य तितो हुन्छ, तर सत्यले समाज परिवत गर्न महत्वपूर्ण भूमिका हुन्छ ।’ महोत्सवमा होमिएका औलामा गनिने महान पत्रकारलाई भन्न चाहान्छु ‘गौडामा बस्यो भने, हात्तिलाई पनि धाप लगाउन पाईन्छ ।

 

’ यति लेखिरहदा ‘बुझ्नेलाई इसार नै काफि हुन्छ ।’ म मात्र हैन महोत्सव र इतिहास लेखनमा आयोजक रहेका चारवटा संचार संस्थामा काम गर्ने धेरै पत्रकार छन । उनीहरु पनि म जस्तै रुट्ट भएका छन । यहि महिनाको १२ गतेदेखि २२ गतेसम्म जिल्लाको पर्यटन विकास र इतिहास लेखनका लागि दैलेख पर्यटन महोत्सव २०७३ साथै राष्ट्रिय कृषि, उद्यम घरेलु तथा ब्यापारमेला संचालन भईरहेको छ । यो काम यी चारवटा संचार संस्थाको स्थापना हुदाँ सत्य, तथ्य, खोज, मिशन र ब्यावसायीक रुपमा कलम चलाउने र आम नागरिकलाई सूचनाबाट सूसूचित गर्ने काम भनि स्थापना भएका हुन । यी संचार माध्यमको यहि बाहेक अन्य कुनै पनि लक्ष्य र उद्देश्य लिएका हुदैंनन् । स्थापना कालमा कसैले नसोचेको अर्थात आफ्नो पेशा भन्दा बाहिरको काम गरौंला भनेर कुनै पनि संचारमाध्यका संचालकहरुले सोचेका पनि हुदैंनन् र सोच्नु पनि हुदैंन हुदैन । तर संयोग पनि कस्तो आउँदो रैछ ! जुन कसैले नचाहेको काम गर्नु प¥यो । त्यहि असोचनीय र अप्रत्यासिलो काम नै ऐतिहासक हुन पुग्दैं छ । हामी एक्काईसौं शताब्दीका मानिसहरु भनिरहदा हामीलाई आफ्नो जिल्लाको पहिचान, महत्व र इतिहास के हो ? बुझ्न सकेनौं । संसारका केही यस्ता इतिहास छन जुन अहिले पनि हामीले सहजिदै पढ्न र देख्न पाएका छौं । तर हामी भने आफ्नै जिल्लाको पहिचान, महत्व र इतिहास के कस्तो हो भन्ने विषय वस्तुमा अनविज्ञ भयौं । त्यसैको खोजिका लागि आज केही सीमित संचारमाध्यमले जिल्लामा रहेका ऐतिहासिक, साँस्कृतिक, धार्मिक पर्यटकीय महत्वका इतिहासहरुको खोजी गरी विज्ञहरुवोलाई दैलेखको इतिहासको लिपिवद्ध लेखन कार्य सुरुवात गर्ने । लेखिने इतिहासहरु नेपाली र अंग्रेजी भाषामा गर्ने । दैलेखमा खानीको रुपमा रहेका पेट्रोलियम पदार्थको उत्खनन् कार्य र जलविद्युत आयोजनाहरुको निमार्ण कार्यका लागि राज्यको ध्यानाकर्षण गराउने । जिल्लामा लुकेर रहेका स्थानीय लोक सँस्कृतिको संरक्षण तथा उजाग गदैं इतिहास लेखनमा समावेश गर्ने । आन्तरीक तथा बाह्य जिल्लाबाट लद्युउद्यम, कृषि, घरेलु तथा ब्यापारका लागि विभिन्न उत्पादनहरु दैलेखमाल्याई त्यसको ब्यापक प्रचार÷प्रसार र बजारीकरणमा सहयोग र्ने । दैलेखलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने । जिल्लामा रहेका विद्युत उत्पादनसँगै आर्थिक, सामाजिक राजनीतिक विषयहरुको खोजी गरी देखिएका सम्भाब्यताहरुलाई उजागर गर्ने । कोटीलामा मानव निर्मित ताल निर्माण गरी पञ्चकोशीद्धार बनाउने लगाएतका कार्यमा जोड दिने गरी जुन काम अघि बढेको छ । यो आफैमा गौरव हो । दैलेख जिल्ला प्राकृतिक स्रोत साधन, धार्मिक र ऐतिहासिक सम्पदाले भरिपूर्ण जिल्ला हो । यहाँ सयौं वर्ष देखि प्राकृतिक स्रोतहरु माटोमूनि दविएर रहेका छन । तीनलाई उत्खनन् गरी प्रयोगमा ल्याउने हो भने, दैलेख जिल्लामात्र आत्मनिर्भर नभएर देश नै आत्मनिर्भर बनी मासिक करोडौंको रुपैयाँ बराबरको स्रोत साधन नियात गर्ने सक्ने प्रचुर सम्भावना रहेको जिल्ला हो । पञ्चकोशी तिर्थस्थल सयौं वर्षदेखि निरन्तर पानी माथि बलिरहेको ज्वाला, अर्थात पेट्रोलियम पदार्थ रहेको, दश हजार मेगावाट विद्युत उत्पाद हुने नदी, कानाईनेटिक ढुङ्गा, तामा, फलाम र बाईसे÷चौविसे राज्य मध्ये दुईवटा राज्य भएको जिल्ला हो । त्यसैले यो दैलेख जिल्ला आफैमा एक फरक पहिचान भएको जिल्ला भएपनि त्यसलाई प्रमाणित गर्न कुनै पुस्ता लागेन । नेपाली भाषाको पहिलो शिला, करिव तीन दजन जात जातिको उद्गम स्थलन र नेपालको भन्ने देशको नाम यहि जिल्लाबाट रहन गएको भन्दा पनि त्यसको प्रमाणित गर्ने हामीसँग कुनै आधार नै भएन । त्यसैले जिल्लाको इतिहास लेख्न अनिवार्य थियो । यति मात्र नभई इतिहास लेखनसँगै जिल्लाका इतिहासिक, प्राकृतिक स्रोत साधन र कला सँस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन जिल्लावासी यतिखेर रातादिन आ–आफ्नो क्षेत्रबाट विभिन्न प्रयास गरिरहेका छन । जसले आज दैलेख नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन पुग्ने छ । यस भन्दा अघिका महोत्सवले पनि जिल्लालाई देश विदेशसम्म चिनाउनको लागि महत्वपूण काम गरेका थिएन । त्यसैले अहिले आएर जीवनमा एक पटक अनिवाय दैलेख जिल्ला घुम्नुपर्ने ठाउँ हो भन्ने गरेका छन । जिल्लाको इतिहास लेखनको लागि दैलेख पर्यटन महोत्सव २०७३ लाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदैं संचालन भईरहेको महोत्सव र जिल्लाको इतिहास लेखनको काम अन्तिमसम्म पुगेर टुङ्गीयोस् मेरो अपेक्षा छ ।


लेखक साझा प्रतिविम्व राष्ट्रिय साप्ताहिकका सह–सम्पादक हुन ।
सम्पर्क नम्बर :– 9779812553618,9779748082068
इमेल : [email protected]

प्रतिक्रिया