आमा सदैव जीवित भै दिए हुन्थ्यो भन्ने हरेक छोरा छोरीलाई लाग्दछ l प्रकृतिको नियम ,धर्तीमा आए पछि धर्ति छोड्ने पर्छ l मानिस मरणशील प्राणी हो l ८४ लाख जुनी पछि आउने मानिस को चोला ,कुन बेला यमराजले टपक्क टिप्छन थाहै हुदैन l
आफुलाई जन्म दिने आमा कहिले पनि आफुलाई छोडेर नजाउँन जस्तो लाग्दछ l अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा ३० बर्ष देखि बसोबास गर्दै आएकी प्रभा भट्टराई देउजा यस्तै पिडा बाट अझ पनि छटपटी रहेकी छिन् l आँशु निरन्तर खसेका खसै छन l आमा बितेको झन्डै ४५ दिन हुन् आटेको भएता पनि नयन रसाएको रसायै छन् l सम्झना र आमाले गरेका क्रियाकलाव सम्झंदै दैनिकी काट्न बाध्य छिन् भर्जिनियाकि प्रभा भट्टराई देउजा l
मुटु दह्रो बनाएता पनि आखिर आफुलाई जन्म दिने आमा भएकोले स्मृति पटल बाट आमा को प्रतिबिम्ब हटाउन सकिने छाट देख्दिनन उनि l उन्ले ईनेप्लिज संग दुख पोख्दै आमा भनेको यस्तो चिज रहेछ भन्दै भावुक पटक पटक भईन l
कमजोर छैनन् उनि ,महसुर महिला हुन् उनि ,आँटी छिन् काम गर्न l तर पनि जव आमाले आफु संग ३० बर्ष भन्दा ज्यादा अमेरिकामा बिताएको क्षण सम्झने बितिकै उनको मुटुमा दुखाई सुरु हुन्छ l जति नै आँट र हिम्मत गरे पनि आमाले उनलाई दिएको उपदेश र आदेश को सम्झना गरे रुन मन लाग्छ भन्दै आशु बर बर्ती खसालिन l
कसै संग भेट हुँदा पनि मन थाम्न सक्दिनन l कुराकानी हुन साथ दुख हिस्सा गर्न चाहन्छिन l अनि आँशुको मुहान बाट बलिन्द्र धारा बग्न थाल्छ l आँखा बाट खसेका आशुको मापन गर्ने नै हो भने आमा बिते देखि खडकुला को खडकुला भन्दा नै ज्यादा भै सकेको छ l
उनले आमाको सम्झना र अतित सुनाउने क्रममा आमा मेरो लागि अन्डा जस्तो लाग्दथ्यो भनिन l त्यस्तो खालको अन्डा जो कहिले नफुटोस बन्ने लाग्दथ्यो ,तर उनि फुटीन ,उनले भावुक हुदै भनिन l अझ हामी संग कुराकानी गर्दै अझ अतित खोतल्दै ,२१ बर्ष सम्म आफ्नी आमा संग आफु अमेरिकामा बसेको बताइन l नेपाल मा भन्दा अमेरिकामा म मेरी ममतामयि आमा संग समय बिताए l
८७ बर्षको उमेरमा गत जनवरी ३० तारिखमा सदा को लागि मलाई छोडेर गईन भन्दै हरेक दिन घर भित्र पस्दा छोरी आयौ भनेर सोधेको सम्झनाले अझ पनि घर छिर्दा त्यो आवाज कानमा गुन्जिदा सहन सक्दिन भन्दै दुख पोखिन l
उनले कुराकानी कै क्रममा अमेरिकामा सबै भन्दा पहिला जागिर खाए पछि आमालाई कमाएको प्रथम तलवले एउटा आफुलाई र अर्को आमा लाई मोतिको कानको कुण्डल (टप) ल्याएर दिएको थिये l आमाले निकै मन पराएको भएता पनि ,दुई वटा मध्ये एउटा सानो अर्को ठुलो ल्याएको थिए ,ठुलो तिमि लगाऊ र म सानो लगाउछु भनि धेरै कर गरेको स्मरण गरिन l
त्यो क्षणको आफुले किनेर दिएको मोतिको कानको टप निकै महत्वपूर्ण भएकोले आमालाई दाह संस्कारमा अन्तिम बिदाईमा त्यहि लगाई दिएर सदा को लागि बिदा गरे बन्दै पुन : भावुक भईन l
उनले आफ्नो आमाको बारेमा अझ थप स्मरण गरे भर्जिनियाको सेन्टर भिल स्थित आफ्नो घरको पछाडी लगेर आमाले रोपेको हरियो रायो को साग देखाईन l उनि छैनन् तथापी उनको यो देखेर मन सन्तुष्टि हुन्छ भनिन l
आमा को वाक्य बस्नु अगाडी अन्तिम समय मा आफ्नी नातिनी प्रकृति देउजालाई अंग्रेजी मा नै “आई लव यु ” म तिमि लाई माया गर्छु भने पछि कुनै शब्द पनि नसुनेर नै संसार बाट बिदा भईन भन्दै बिलौना गरिन l आफु १९८५ मा अमेरिका आएको बताईन l सङ्घर्ष गर्दै यहि पढेर र अहिले ओ अवस्था सम्म आई पुगेको छु l यो सबै मेरो आमा को कृपा हो भनिन l आमाले जे भने पनि राम्रो हुन्थ्यो भन्दै अब घर मा आउदा कसले आमा जस्तो भन्छ भन्दै दुख बिसाउदै गर्दा भर्जिनिया सेन्टरभिल स्थित उनको घरमा उनका पतिले आफूले पनि त्यसो गर्ने गरेको प्रभा देउजालाई स्मरण गराए l
उनले आमाको छोरा पनि छोरी पनि मै हु भनिन l मृत्यु पछि कुनै कसर आफुले नछोडेको र हिन्दु धर्म अनुसार सवै बिधि गर्न लगाएकोमा म गर्व गर्छु भनिन l वहाले दिएको संस्कार र मातृत्व भनेको कस्तो गहिरो हुदो रहेछ भन्दै आमा लाई अमेरिकामा पनि पण्डित द्वारा धर्म ग्रन्थ समेत आफु संगै बसेर पनि सुन्न लगाए भनिन l
३० बर्ष अगाडी अमेरिका आएको भन्दै आफुले बिहे गर्नु अगाडी नै आफ्ना पति संग म आमालाई आफु संग राख्ने प्रस्ताव गरेको बताइन l किनभने म आमा लाई अति माया गर्थे भन्दै अमेरिका जस्तो मुलुकमा आमा को दाह संस्कारमा हौशला दिन मानिसको भिड देखेर अझ हर्षका आशु झरेको बताइन l
शायद आमाको जाने बेला भएर होला ,मेरो हात कस्सिएर समात्नु हुन्थ्यो l अमेरिकन जीवन नै झन्डै ३० बर्ष बिताएकी मेरी आमा स्व जया भट्टराई सदैव मेरो प्रेरणाको श्रोत हुनु हुन्थ्यो भन्दै त्यो प्रेरणा ले अझ म काम गरि रहेको कुराकानीमा दुख पोखिन l उनले हामी संग कुराकानीको अन्त्यमा बलियो बन्ने कोशिसमा छु भन्दै भाबुक हुदै आमा कसैले गुमाउनु नपरोस भनिन l
अमेरिका पहिला आउने मध्य मा नै पर्ने प्रभा भट्टराई देउजा एक हुन् l १९८५ मा अमेरिका आएकी उनि सिद्धार्थ बनस्थली हुदै अमेरिकाको भर्जिनियाको मेरी माउन्ट बिश्व बिद्यालय बाट उच्च शिक्षा हासिल गरेकी छिन् भने हाल उनि ओराकलमा कार्यरत छिन् l
उनि पति कुमार देउजा तथा एक मात्र होनहार प्रतिभाशाली छोरी प्रकृति देउजा साथ भर्जिनियाको सेन्टरभिलमा बस्दछिन l
प्रतिक्रिया