डीसीमा ईन्जिनियर्स रात्री(नाइट )-२०१७ भब्यता का साथ सम्पन्न

इनेप्लिज २०७३ फागुन १५ गते २३:०२ मा प्रकाशित

अमेरिकन सोसाइटी अफ नेप्लिज ईन्जिनियर्स ,डिसी शाखाको ईन्जिनियर्स नाईट (रात्री) २०१७ डीसी महानगर क्षेत्रको भर्जिनियामा भव्यता को साथ सम्पन्न भएको छ l बिगत बर्ष झैँ यस बर्षलाई पनि संस्थाका पदाधिकारी ,सदस्य ,शुभ चिन्तक तथा आमन्त्रित अतिथिहरु उपस्थिति रहेको उक्त ईन्जिनियर्स नाईट (रात्री)मुख्य रुपमा मनोरंजन गर्ने अभिप्रायले गरिएको हो l

तथापी उक्त रात्री कार्यक्रम भेटघाट रमाइलो गरिनुको साथै आमन्त्रित अतिथि ,बिशेष वक्ताहरुले केहि उत्प्रेरणा मुलक संदेश समेत आदान प्रदान गरेका थिए l अनौपचारिक कार्यक्रम रहेता पनि मुख्य अतिथि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (विद्या वारिधि )ले व्यक्तिगत तथा राजदुताबासको तर्फ बाट दिदै आफुलाई निमन्त्रणा दिएकोमा हर्ष व्यक्त गर्दै शुभकामना दिएका थिए l

यसै गरि वरिष्ट अभियन्ता विकास पाण्डेले अमेरिकामा आफुले अध्ययन गर्ने क्रममा नेपाली बिद्यार्थीहरुको उपस्थिति न्युनतम हुन्थ्यो भन्दै अमेरिका बाट फर्केर नेपाल पुगी मातृभूमिलाई केहि योगदान गरेको उत्प्रेरणा मुलक अनुभव र रोचक कथा सुनाएका थिए l उनले अमेरिका रहेका नेपाली अभियन्ताहरुले मातृभूमिलाई गरेको सहयोग को प्रशंसा गर्दै नेपाललाई आवश्यक परेको समयमा सहयोग सहयोग गर्न आव्हान गरेका थिए l

अनौपचारिक कार्यक्रम रहेता पनि डीसी शाखाका सभापति डिल्लीराम न्यौपानेले स्वागत मन्तब्य को साथै शाखाको अवस्था बारेमा चर्चा गरेका थिए भने संस्थाका सचिव उत्तम सेडाईले नया सदस्य तथा सदस्यका बारेमा बोलेका थिए l

पहिलो चरणको कार्यक्रम पश्च्यात सांस्कृतिक कार्यक्रममा दीप्ता पोख्रेलले नृत्य गरेकी थिइन् भने बिश्व कार्कीले कविता वाचन गरेका थिए l यसै गरि ठाकुर ढकाल ले हास्यव्यंग्य रुपमा रतन सुबेदीले गाएको गीतमा नृत्य प्रस्तुति गरेका थिए l यसै गरि निराजन अर्यालले गीत तथा मनमाया दाहालले नृत्य प्रस्तुति गरेकी थिइन् l रमेश खनालले चुटकिला प्रस्तुति गरेका थिए l ईन्जिनियर्स रात्रीमा रात्री भोज ,सांस्कृतिक कार्यक्रमको साथै डीजे कार्यक्रम को आयोजना पनि गरिएको थियो l

 

प्रतिक्रिया