मेरिल्याण्ड बस बिसौनी मा दुई किशोरकिशोरीलाई गोलि प्रहार

इनेप्लिज २०७३ फागुन १४ गते ११:३० मा प्रकाशित

फेब्रुअरी २५ ,अमेरिकाको मेरिल्याण्ड राज्यको मेट्रो स्टेसनमा सार्बजनिक यातायातको साधन यात्री बाहक गाडी (बस )पर्खि रहेका दुई किशोर किशोरीलाई एक शंकास्पद व्यक्तिले गोलि चलाएका छन् l

डीसी महानगर क्षेत्र प्रहरीका अनुसार आज एका बिहानै प्रिन्स जर्ज स्टेसन को नेलर सडकमा किशोर तथा किशोरीलाई गोलि चलाएको जनाएको छ l ति किशोर किशोरी बिहान २ बजे यात्री बाहक गाडी (बस )पर्खि रहेको समयमा घटना घट्न पुगेको हो l गोलि चलाउने संदिग्ध व्यक्तिले १६ बर्षिय युवती तथा १५ बर्षिय युवालाई गाडीको प्रतिक्षा गरि रहेको अवस्थामा गोलि चलाएका थिए l

प्रहरी अधिकारीका अनुसार किशोरको अवस्था चिन्ताजनक रहेको तथा किशोरीको अवस्था जीवन जोखिम नरहेको बताईएको छ l डीसी मेट्रो तथा प्रिन्स जर्ज काउन्टी प्रहरीले अनुसन्धान जारी राखेका छन् र अहिले सम्म कुनै पक्राउ गरिएको जानकारी नभएको प्रहरीले जनाएको डीसी क्षेत्रको संचार मध्यम डब्लुटि ओ पी ले समाचार लेखेको छ l

प्रतिक्रिया